Showing posts with label rukmangat katuwal. Show all posts
Showing posts with label rukmangat katuwal. Show all posts

Friday, June 12, 2009

वक्तव्यबाजी नगर्न रक्षामन्त्रीको निर्देशन

वक्तव्यबाजी नगर्न रक्षामन्त्रीको निर्देशन

कान्तिपुर संवाददाता

काठमाडौं, रक्षामन्त्री विद्या भण्डारीले प्रधानसेनापति रुक्मांगद कटवाललाई राजनीतिक विषयमा वक्तव्यबाजी नगर्न शुक्रबार निर्देशन दिएकी छन् । उनले दिउँसो ४ बजे सेनापतिलाई मन्त्रालयमा बोलाएर राजनीतिक वक्तव्यबाजीले राम्रो नगर्ने बताएकी हुन् ।

रथी कुलबहादुर खडकालाई अनुशासनको कारबाही गर्न जंगी अड्डाले सुरु गरेको प्रक्रियामा सरकारले हस्तक्षेप गरी राजनीति प्रवेश गराएको सेनाको कानुन विभागका प्रमुख बीएकुमार शर्माको भनाइ प्रकाशित भएपछि उनले सेनापतिलाई उक्त निर्देशन दिएकी हुन् ।

यसअघि प्रधानमन्त्री माधव नेपालले भण्डारीसँग उनको भनाइबारे चासो राखेका थिए । प्रधानमन्त्रीसँगको छलफलपछि रक्षामन्त्रीले सेनापतिलाई बोलाएर सोधपुछ गरेकी हुन् । 'सेनापतिको विषय राजनीतिक हो, यसलाई राजनीतिक तहबाट नै चाँडै टुंगो लगाइन्छ,' भण्डारीलाई उद्धृत गर्दै स्रोतले भन्यो, 'यस्तो विषयमा सेनाले राजनीतिक वक्तव्यबाजी दिनु राम्रो होइन ।'

भण्डारीले सेनापतिलाई अखबारमा आएको विषयहरूलाई लिएर उत्तेजित नहुन र सेनाको चेन अफ कमान्डमा यथावत रूपले काम गर्न पनि निर्देशन दिएकी थिइन् । 'सेनाको चेन अफ कमान्ड र सैनिक कानुन उल्लंघन हुने काम सरकारले हुन दिन्न,' उनलाई उद्धृत गर्दै स्रोतले भन्यो ।

रथी खडकालाई सरकारले स्वाभाविक अवकाशमा जान दिने र सरकारले सेनाको चेन अफ कमान्ड नचलाउने भन्दै उनले कटवाललाई आश्वस्त पारेकी थिइन् । उमेरको हदका कारण रथी खडकाले असार ५ गते अवकाश पाउँदैछन् ।

सेनाकै पि्रन्सिपल स्टाफ अफिसर्सले गत बिहीबार र कानुन विभागले आइतबार रथी खडकालाई अनुशासनको कारबाही गर्न सेनापतिलाई सुझाव दिएका थिए । त्यसका लागि कोर्ट आफ इन्क्वाइरी बोर्ड गठन गर्न सिफारिस गरिए पनि सरकारले सैद्धान्तिक सहमति नदिएपछि प्रक्रिया अघि बढ्न सकेको छैन ।

गत सोमबार सेनापति कटवालले रक्षामन्त्री भण्डारीलाई भेटी सहमति लिने प्रयास गरेका

थिए । तर उनले रथी खडकालाई पूर्ववर्ती सरकारले कामु सेनापति नियुक्त गरेकाले यो विषय राजनीतिक भएको भन्दै कोर्ट मार्सल प्रक्रिया रोक्न भनेकी थिइन् । माओवादीले सरकारलाई खडकामाथि कारबाही भए स्वीकार्य नहुने भन्दै दबाब दिँदै आएको छ ।

बिहीबार कान्तिपुरसँग सेनाको कानुन विभाग प्रमुख शर्माले रथी खडकालाई गर्न लागिएको कारबाहीको प्रक्रिया रोक्दा सैनिक कानुन, परम्परा र अनुशासन कायम गर्न नसकी अराजकताको स्थिति आउने दाबी गरेका थिए ।

Posted on: 2009-06-12 20:19:16

source:

http://www.ekantipur.com/kolnepalinews.php?&nid=198979

Sunday, June 7, 2009

रथी खड्कासहित तीन जर्नेलको कर्णेल कमान्डेट पद खोसुवा

रथी खड्कासहित तीन जर्नेलको कर्णेल कमान्डेट पद खोसुवा


भोजराज भाट, काठमाडौं जेठ २४
नेपाली सेनाको जंगी अड्डाले सेकेन्डम्यान बलाध्यक्ष रथी कुलबहादुर खड्कासहित तीन जना जर्नेलको कर्णेल कमान्डेट पद खोसेको छ। गत बुधबार बसेको सेनाको प्रिन्सपल स्टाफ अफिसर जनरल (पीएसओज)को बैठकले सैनिक अनुशासन उलंग्घन गरेको अभियोग लगाउँदै त्यस्तो निर्णय गरेको हो। रथी खड्काबाहेक कर्णेल कमान्डेट पद खोसिएकामा सैनिक शिक्षा निर्देशनालयका निर्देशक एवं सहायकरथी दीपक गुरुङ र पूर्व उपरथी राजेन्द्रबहादुर थापा छन्। पीएसओज बैठकको निर्णयलाई उद्धत गर्दै उनीहरुलाई आइतबार जंगी अड्डाले कर्णेल कमान्डेट पद मुक्त गरेको पत्र दिएको छ। 
सेनामा गणपति भएपछि सम्बन्धित गणले बहालवाला वा अवकासप्राप्त जर्नेललाई मानार्थ कर्णेल कमान्डेट पद दिने चलन छ। सामान्यतया १० वर्षका लागि दिइने यस्तो पद ग्रहणवाला जर्नेललाई गणको पस्जा वार्षिकोत्सवलगायत विभिन्न कार्यक्रममा सम्मानस्वरुप बोलाइने गरिन्छ।
कर्णेल कमान्डेटबाट मुक्त गरिएका रथी खड्का र सहायक रथी गुरुङ दुवैको मातृ गण कालीप्रसाद गण हो। यो सेनाको इन्जिनियरिङ गण हो। अवकासप्राप्त थापा भने देवीदल गणका हुन्।
एकीकृत नेकपा माओवादी नेतृत्वको सरकारले रुक्मांगत कटवाललाई हटाई रथी खड्कालाई कायममुकायम प्रधानसेनापति बनाएको थियो। राष्ट्रपति रामवरण यादवले सरकारको निर्णय उल्ट्याई कटवाललाई पुनर्बहाली गरेका थिए।
यादवको निर्देशनबाट पुरानै जिम्मेवारी सम्हाल्दै आइरहेका सेनापति कटवालको अनुमतिबिना विभिन्न साचार माध्यमलाई अन्तर्वार्ता दिएको आरोप खड्कामाथि लगाइएको छ। 
सहायक रथी गुरुङ र पूर्व उपरथी थापालाई पनि रथी खड्का निकट भई सेनाभित्रको गोप्य सूचना चुहावट गरेको अभियोग लगाइएको छ। यसबारे आइतबार बेलुका टेलिफोन सम्पर्क गर्दा सैनिक प्रवक्ता एवं सहायकरथी रमिन्द्र क्षेत्रीले नागरिकसित भने 'मेरो जानकारीमा छैन। भोलि सोमबार कार्यालय समयमा सम्पर्क गर्नुभयो भने केही जानकारी दिउँला।'

पूर्व उपरथी थापाले भने आइतबार जंगी अड्डाबाट कर्णेल कमान्डेटबाट मुक्त गरिएको पत्र बुझेको स्वीकारे। 'मैले सेनामा परिवर्तन हुनुपर्छ भनेर आवाज उठाइरहेकाले यस्तो कारबाही हुनुलाई स्वभाविकरुपमा लिएको छ' थापाले भने 'सेनामा तजविज अधिकारको दुरुपयोग छ भनेर मैले उठाउने गरेको आवाज भनेकै सम्भवत यस्तै हो। होइन भने रिटायर्ड भएको १० महिनापछि कारबाही गर्नुको कुनै अर्थ छैन। यो व्यक्तिवादी निर्णय भयो।'

उनले संकटकालपछि आफूलाई लगातार ३२ महिना लडाइँको मोर्चामा खटाइएको र त्यसपछि प्रधानमन्त्री मातहतको सुरक्षा परिषद्मा बसेकाले पनि जंगी अड्डाका 'गोप्य सूचना' लिक गराएको भनी आफूलाई लगाइएको आरोप निराधार भएको पुष्टि हुने बताए। थापाले भने 'मैले सेनाको तल्लो अफिसर र दर्जाको हितमा साचार माध्यममा लेख लेखेको थिएँ त्यसैमा कसैको चित्त नबुझेको हुन सक्छ। मैले व्यक्तिभन्दा संस्था ठूलो हुन्छ भन्दा कसैले मन नपरेको हुन सक्छ।'

रथी खड्काले भने कमान्डेट पद खोसिएकोबारे विस्तृत प्रतिक्रिया दिन चाहेनन्। उनले यति मात्रै भने 'मैले आइतबार अफिसमा त्यस्तो पत्र आएको सुनेको छु अरु मलाई थाहा छैन।'

गत बिहीबार बसेको पीएसओज बैठकले रथी खड्कालाई कोटमार्शल गर्न सिफारिस गरेको थियो। खड्कालाई कोर्टमार्शल गर्नेबारेमा सेनापति कटवालले रक्षामन्त्री विद्यादेवी भण्डारीसँग छलफल गरेका थिए। प्रधानमन्त्री माधवकुमार नेपाल भने खड्कालाई तत्काल कारबाही गर्ने पक्षमा नभएकाले कारबाहीको प्रक्रिया हालका लागि थाँती रहेको छ। 
प्रधानमन्त्री निकट स्रोतका अनुसार नेपालले खड्कालाई सुरक्षा सल्लाहकारमा पनि ल्याउन नचाहेको र नियमित प्रक्रियाअन्तर्गत उनको अवकास होस् भन्ने चाहेका छन्। खड्काको असार ५ मा अवकास हुँदैछ। जंगीअड्डास्थित एक उपरथीका विश्लेषणमा 'खड्कालाई कारबाही गर्दा परिस्थिति प्रतिकूल देखिने भएकाले उनीमाथि मानसिक दबाब दिन नैतिक कारबाही गरिएको हो। यद्यपि यसले अरुहरुलाई त्यस्तो विभागीय कारबाही भने हुँदैन।'
खड्कामाथि कारबाहीको दबाब आइरहेको छ ः रक्षा मन्त्री
रक्षामन्त्री विद्यादेवी भण्डारीले नेपाली सेनाका 'सेकेन्डम्यान' बलाध्यक्ष रथी कुलबहादुर खड्कामाथि अनुशासनको कारबाही गर्न दबाब आइरहेको खुलासा गरेकी छिन्। तर त्यही आधारमा तत्काल रथी खड्कालाई कारबाही गर्ने पक्षमा सरकार नरहेको उनले बताइन्। 
सुनुवार समाजको २० औं वार्षिक सभालाई सम्बोधन गरेर फर्कने क्रममा साचारकर्मीसँग भण्डारीले भनिन् 'मैले बाहिर पनि यस्तै कुरा सुनेँ' खड्कामाथि जोडदार ढंगले फौजको अनुशासनको कुरा उठिरहेको छ। अनुशासनको कुरालाई कसरी हल गर्ने भन्ने छलफलमा छौं। सकभर राजनीतिक तवरबाटै सुल्झाउने सोचेका छौं।'
माओवादी 'नेतृत्वको सरकारले उक्साएर नेपाली सेनालाई विभाजन ल्याउने कोसिस गरेको' उनको आरोप थियो। 'तत्कालिन प्रधानमन्त्रीले सेनापतिलाई हटाउने आफ्नो निर्णय लागू गराउन नसक्दा राजिनामा गर्नुभयो। त्यसले पनि पुरानो निर्णय स्वतः बदर भएको ठहर्छ' भण्डारीले भनिन् 'अहिलेको हकमा कामु भनेको निष्क्रिय भइसकेको छ। उहाँ खड्का चाँडै रिटायर्ड हुनेछ।'

रथी खड्कालाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाउन खाजेको हो भन्ने प्रश्नमा उनको जवाफ थियो 'यसबारे कुनै छलफल भएको छैन त्यो हल्ला मात्र हो।' राष्ट्रपतिको निर्णयबारे दल र सहयात्री गठबन्धनबीच छलफल गरेर मात्रै मन्त्रिपरिषद्बाट निर्णय गर्ने भण्डारीले जानकरी दिइन् ।

रथी खड्काले भेट्न खोज्दा पनि आफूले इन्कार गरेको मन्त्री भण्डारीले बताइन् । उनले भनिन् 'चेनअफ कमान्डको कुरा हुन्छ तर प्रधानसेनापतिसंग मेरो कुरा भइरहेकोले गर्दा त्यही हैसियतले मैले अरुलाई भेट्न सक्दिन र भेट्न मिल्दैन पनि ।'

source:

http://www.nagariknews.com/politics/defence/1743-2009-06-07-16-26-18.html


Saturday, June 6, 2009

रक्षामन्त्रीको खानपानबारे कटवालको निर्देशन

रक्षामन्त्रीको खानपानबारे कटवालको निर्देशन



मनोज अधिकारी, पोखरा जेठ २३- रक्षामन्त्री विद्या भण्डारी गत बिहीबार पोखरा आउँदा प्रधानसेनापति रुक्मांगत कटवालले चासो दिँदै प्रबन्धका लागि पश्चिम पृतनालाई विशेष निर्देशन दिएका थिए। 'रक्षामन्त्रीको ब्रेकफास्टका लागि मेनु सहितको निर्देशन थियो'- पश्चिम पृतना स्रोतले भन्यो।

खानपानमा विशेष ख्याल दिन र सवारीमा आफैं खटिएर उच्चप्रबन्ध मिलाउन पृतनापति शिवराम प्रधानलाई निर्देशन दिएको स्रोतले बतायो। रक्षामन्त्रीको स्वागत सत्कार र ब्रेकफास्टका लागि चिफसापबाट मेनुअसहितको विशेष निर्देशन आएको थियो' सैनिक स्रोतले भन्यो-'मन्त्रीको सवारीमा समेत आफैं सहभागी हुन पृतनापतिलाई अह्राइएको थियो।'

रक्षामन्त्री भण्डारी एक महायज्ञको समापनका लागि बिहीबार पोखरा आएकी थिइन्। कान्छी छोरी उषाकिरणका साथ सैनिक हेलिकप्टरमा आएकी उनी सिधै पश्चिम पृतना उत्रेकी थिइन्। त्यहाँ उनको कुनै कार्यक्रम नरहे पनि पोखरा आएको मौका पारेर सम्मानसहित ब्रेक फास्ट लिने योजना थियो। यसअघिका रक्षामन्त्री पोखरा आउँदा पृतनामा जाने र 'ब्रेक फास्ट' लिने चलन थिएन।

स्रोतकाअनुसार पृतनापतिले सेनापतिको निर्देशन बेवास्ता गर्दै रक्षामन्त्रीलाई 'नर्मल ट्रिट' गरेका थिए। मन्त्रीको सवारीमा पनि आफू नगई गणपतिलाई खटाए।

रक्षामन्त्री भण्डारीको स्वागत सत्कार र खानपानमा विशेष ध्यान दिन प्रधानसेनापतिले दिएको निर्देशनलाई पृतनापतिले उचित नमानेको स्रोतले बतायो ।

'चिफ सापको निर्देशन आवश्यकभन्दा बढी र केही अस्वभाविक लागेर होला'- पृतना स्रोतले भन्यो-'रक्षामन्त्रीलाई 'नर्मल ट्रिट भयो।'

रक्षामन्त्रीको सेवाका लागि सेनापतिबाट पृतनालाई दिईएको निर्देशन 'बेग्लै र विशेष चासो'युक्त रहेको विषयले अहिले सेनाभित्र चर्चा पाएको छ।

सेनापतिबाट पृतनापतिलाई फोन गरेर रक्षामन्त्री र उनकी छोरीलाई के-के खुवाउनु भन्ने 'मेनुसहितको निर्देशन दिएपछि पृतना कस्तो 'ट्रिट' गर्ने भन्ने अन्यौल छाएको थियो।
'निर्देशन स्वभाविक र आवश्यक नलागेपछि त्यसलाई बेवास्ता गर्ने मनसाय बनेकॊ हो' पश्चिम पृतनाका एक सैनिक अधिकारीले भने।

उनकाअनुसार सेनापतिको निर्देशनमा रक्षामन्त्रीलाई खुवाउनुपर्ने खानासहितको 'मेनु'समेत थियो। कटवालले मन्त्री भण्डारी 'भेजिटेरियन' भएको भन्दै आमा-छोरीलाई जेरी पुरी हलुवा खुवाउन 'मेनुसहित निर्देशन जारी गरेका थिए। तर भण्डारीले ब्रेक फास्टका बेला आफू 'भेजिटेरियन' नभएको बताएकी थिइन्। पृतनाले उनका लागि चिया ब्रेड र तरकारीको ब्रेक फास्ट तयार गरेको थियो।

'सेनापतिबाट रक्षामन्त्रीलाई गर्ने सेवाको यस्तो निर्देशन कहिलै आउने गरेको थिएनु ती सैनिक अधिकारीले भने-'यसपटक आश्चर्य भयो । चिफसापबाट के खुवाउनु के नखुवाउनु भन्ने समेत निर्देशन आयो।'

माओवादी नेतृत्वको सरकार बनेदेखिनै सरकार र सेनाबीचको सम्बन्ध चिसो हुँदै थियो। दुवैले एकअर्कालाई अटेर गर्ने र मान्यता नदिने होडले पछिल्लो समय राष्ट्रिय बहसको रुप मात्र लिएन सेनापति बर्खास्त प्रकरणकै कारण एक महिनाअघि माओवादी नेतृत्वको सरकार ढलेको थियो।

आफूलाई प्रतिशोधका आधारमा बर्खास्त गर्ने सरकार ढलेपछि बनेको नयाँ सरकारका नयाँ रक्षामन्त्री प्रति सेनापति सुरुवातमै नरम देखिएको विश्लेषण गरिएको छ। यसअघिका रक्षामन्त्री रामबहादुर थापा सार्वजनिक कार्यक्रममा पोखरा आउँदा सैनिक मुख्यालयले उक्त कार्यक्रममा नजान पृतनापतिलाई रोक लगाउँदै आएको स्रोतको दावी छ।

'यसअघिका रक्षामन्त्री आउँदा त्यस्तो कार्यक्रममा नजानु भन्ने आदेश आउँथ्यो'- स्रोतले भन्यो- 'यसपटक स्पेशल टेक केयर गर्नु भन्ने आदेश आउँदा आश्चर्य लाग्नु स्वभावित बन्यो।'

रक्षामन्त्री भण्डारीले राष्ट्रिय मुद्दा नपरेको र छोटो दुरीको यात्राका लागि पनि महंगो खर्च गरेर सैनिक हेलिकप्टर प्रयोग गरेको पनि सेनाभित्र चर्चा पाएको छ। छोरी एकजना नीजि सुरक्षागार्ड र राप्रपाका सभासद् सूर्यबहादुर केसीसँगै सैनिक हेलिकप्टरमा पृतना झरेकी रक्षामन्त्री ब्रेक फास्ट पछि सेनाले उपलब्ध गराएको सुरक्षादस्ता सहित पोखरा नयाँबजारस्थित एमाले पार्टी कार्यालय र त्यसपछि महायज्ञको समापनमा सहभागी भएकी थिइन्। महायज्ञमा केहीबेर बसेर उनी पुनः हेलिकप्टरमै राजधानी फर्केकी थिइन्।

स्रोतकाअनुसार कामको आवश्यकता नभए पनि रक्षामन्त्रीलाई खुशी पार्न हेडक्वाटरबाटै हेलिकप्टर उपलब्ध गराईएको थियो। रक्षामन्त्रीलाई आधाघण्टाको हवाई यात्रामा पुगिने पोखरा आउजाउ गर्न हेलिकप्टर प्रयोग गर्दा एक लाखभन्दा बढी खर्च भएको सैनिक स्रोतको भनाई छ।

source:

http://www.nagariknews.com/news-highlights/139-highlights/1701-2009-06-06-12-58-49.html



Friday, June 5, 2009

८ जर्नेल अवकास निर्णय उल्टियो

८ जर्नेल अवकास निर्णय उल्टियो

काठमाडौं, २२ जेठ (नागरिक) - पुष्पकमल दाहाल नेतृत्वको सरकारले गरेको आठ जर्नेललाई अवकास दिने निर्णय मन्त्रिपरिषदले उल्टाइदिएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले ८ जर्नेललाई काममा फर्काउने निर्णय गरेको हो।

अवकास गैरकानूनी भन्दै जर्नेलहरुले सरकारविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा सरकारले निर्णय उल्टाएको हो।

नेपाली सेनाका सहायक रथी प्रदीपविक्रम राणा, पवनबहादुर पाण्डे, कुमार बुढाथोकी, राजुप्रताप केसी, नरेन्द्रबहादुर रावल, रमेश बिष्ट, शिव पौडेल र नरबहादुर कँडेललाई दाहाल नेतृत्वको सरकारले अवकास दिएको थियो।

तत्कालीन सरकारविरुद्ध अदालत पुगेका जर्नेलहरुको पूर्ण फैसला नआउँदै सरकारले काममा फर्काएपछि अब सो रिट खारेज हुने सम्भावना छ।

source:

http://www.nagariknews.com/politics/party-politics/1685-2009-06-05-15-24-20.html



Search and Buy from amazon.com