Showing posts with label Kul Bahadur Khadka. Show all posts
Showing posts with label Kul Bahadur Khadka. Show all posts

Friday, June 19, 2009

नेपाली सेनाबाट खड्काले अवकास पाए

नेपाली सेनाबाट खड्काले अवकास पाए


दीपक भट्टराई, काठमाडौं असार ५-
एकिकृत माओवादी नेतृत्वको सरकारले नेपाली सेनाको कायम मुकायम प्रधान सेनापति बनाएपछि विवादमा फसेका बलाध्यक्ष रथी कुलबहादुर खड्काले शुक्रबार सेनाबाट औपचारिकरुपमा बिदा लिएका छन्। ३९ वर्षसम्म नेपाली सेनामा सेवा गरेका रथी खड्काले बलाधिकृत रथी छत्रमान गुरुङलाई बरबुझारथ गरी सेनाबाट बिदा लिए।
गत वैशाख २० गते पुष्पकमल दाहाल नेतृत्वको सरकारले सत्ता साझेदार सबै दलको असहमतिबीच प्रधान सेनापति रुक्मांगत कटवाललाई अवकास दिई खड्कालाई कायममुकायम प्रधान सेनापतिमा मुकरर गरेको थियो।

"आज बिहान कार्यालय जानासाथ सैनिक सचिव विभागबाट मेरो म्याद सकिएको पत्र आयो", खड्काले नागरिकसँग भने- "सबै बरबुझारथ गुरुङ जर्साबलाई गरें, औपचारिक बिदाईको कार्यक्रम थिएन।" खड्काले तत्काल आफू तीर्थाटनमा जान इच्छुक रहेको बताए। उमेरको हद र नेपाली सेनामा रथीको रुपमा सेवा गर्ने समय उनको शनिबार देखि संकिदै थियो।

खड्‍काको अवकास सँगै उनीमाथि कारबाही गर्ने भन्ने सेनाका उच्च अधिकारीहरुको तयारी पनि टुंगिएको छ। खड्कालाई आफूभन्दा माथिका अधिकृतलाई जानकारी नदिई प्रधानमन्त्रीलाई भेटेको र कायममुकायम सेनापतिको पत्र बुझेको भन्दै सेनाको कानुन विभागले कारबाही गर्ने प्रक्रिया सुरु गरेको थियो। तर, प्रधानमन्त्री माधव नेपालको राजनीतिक हस्तक्षेपपछि उनीमाथिको कारबाही प्रक्रिया सेनाले अगाडि बढाउनबाट रोकेको सैनिक उच्च स्रोतले जानकारी दियो।

खड्का बिदाईका लागि प्रधान सेनापति रुक्मांगत कटवालसमक्ष भने गएनन्। हरेक शुक्रबार बस्ने सेनाका उच्च अधिकारीहरुको पिएस‌ओ बैठक आज पनि थियो। कायममुकायम प्रधान सेनापतिको पद दिएपछि एउटा मात्र पिएसओ बैठकमा सहभागी भएर अन्य सबै साप्ताहिक बैठकमा सहभागी हुन छाडेकाले शुक्रबारको बैठकमा पनि उनी गएनन्।

सेनाका उच्च अधिकारीको बिदाइमा सैनिक मुख्यालयभित्र हुने कार्यक्रम पनि यसपटक भएन। "सेनाका यति ठूला अधिकारीकोले अहिलेसम्म नै यति नराम्रोसँग बिदाइ लिनुपरेको थिएन होला," मुख्यालयका एक अधिकृतले भने।

बलाध्यक्ष रथी खड्काले शनिबारदेखि अनिवार्य अवकास पाउँदै थिए। तर शनिबार बिदा भएकाले शुक्रबार नै उनले बरबुझारथ गरेका हुन्। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले खड्कालाई दिएको कायममुकायम प्रधान सेनापति पदको निर्णय खारेज गरेको थियो।
अवकाश प्राप्त जीवनमा राजनीति गर्ने कुनै सोच नभएको खड्काले नागरिकलाई हिँजै बताएका थिए।

'कृषकको छोरा कृषिमा बढी अभिरुचि छ, कृषिको लाइफ-सर्कल हेर्छु होला। म सिपाही हुँ, त्योभन्दा बढी के गर्न सक्छु र। त्यस बेलामा विगतका तीतामीठा अनुभवचाहिँ सम्झनेछु'- उनले भनेका थिए।

२०२८ सालमा सैनिक सेवा प्रवेश गरी बेलायतको स्यान्डहष्टबाट अधिकृत आधार तालिम लिएका खड्का सेनामा सहायक सेनानी पदमा प्रवेश गरेका हुन्। उनले बेलायतबाट नै स्टाफ कलेज गरी पाकिस्तानबाट सेनाको सर्वोच्च कोर्स नेशनल डिफेन्स कोर्स गरेका हुन्।

सेनाको अधिकृत क्याडेट साथै कम्ब्याट इन्जिनियरसम्बन्धी शिक्षण कार्यसाथै लामो समयसम्म उनी गणपति तालिमको प्रमुख शिक्षक थिए। सेनाका कमाण्ड तथा स्टाफ कलेजका संस्थापक मुख्य शिक्षक भई पछि सोही कलेजमा उनी लामो समयसम्म शिक्षा प्रमुख रहे।

२०४५ सालमा सुनकोशीमा आएको बाढीले अरनिको राजमार्गको लामो साँघु-बाह्रबीसे खण्ड भत्किएपछि उनंको नेतृत्वमा छोटो समयमै उक्त बाटोको पुनर्निर्माण सम्पन्न भएको थियो।

खड्काले संयुक्त राष्ट्र संघको आह्वानमा सेनाको प्रतिनिधित्व गर्दै शान्ति स्थापना कार्यमा दुई पटक भाग लिएका छन्। जंगी अड्डामा युद्धकार्य महानिर्देशक र राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा सहसंयोजक कार्यभार पनि उनले सैनिक जीवनमा सम्हाले। २०६४ असार ७ गते खड्का रथीमा पदोन्नति भएका हुन्।

लमजुङको भलायखर्क गाविस-४ मा भसुकबहादुर तथा भक्तिकुमारीको कोखबाट ५७ वर्षपहिले जन्मिएका खड्काका एक छोरा र एक छोरी छन्। उनका छोरा अहिले सेनाको सेनानी पदमा कार्यरत छन्। गाउँकै ज्ञानोदय प्राथमिक विद्यालयबाट प्रारम्भिक र मिसन स्कुल आँपपीपल गोर्खाबाट माध्यमिक शिक्षा लिएका उनले एसएलसी भने काठमाडौंको जुद्धोदय पब्लिक हाइस्कुलबाट गरेका हुन्। अस्कलबाट आइएससी गरेका उनले त्रिभुवन विश्वविद्यालयबाट एमए र काइदे आजम विश्वविद्यालय इस्लामावादबाट एमएससी गरेका छन्।
source:
http://www.nagariknews.com/politics/defence/2113-2009-06-19-12-33-10.html

Wednesday, June 17, 2009

खड्कालाई कारबाही गर्न कटवाल र गुरुङको दबाब

खड्कालाई कारबाही गर्न कटवाल र गुरुङको दबाब

काठमाडौं, (नेस) प्रधानसेनापति रुक्मांगद कटवाल र रथी छत्रमानसिंह गुरुङले सेनाको ‘चेन अफ कमान्ड’ मा चुनौती दिएकाले कामु प्रधानसेनापति कुलबहादुर खड्कालाई कारबाही गर्न रक्षामन्त्री विद्या भण्डारीलाई आग्रह गर्नुभएको छ।

बुधबार अपराहन रक्षा मन्त्रालय पुगेका प्रधानसेनापति कटवाल र गुरुङले कारबाही गर्न गरेको आग्रहलाई रक्षामन्त्री भण्डारीले अस्वीकार गर्दै राजनीतिक रूपमा भएको निर्णयलाई दबाब नदिन आग्रह गर्नुभएको थियो।
आगामी शनिबारदेखि अनिवार्य अवकाश पाउनुहुने खड्कामाथि कारबाही गर्न सैनिक मुख्यालय कम्मर कसेर लागिपरेको छ।

सेनाको कानुन विभागले खड्कालाई कारबाही गर्न कोट अफ इन्क्वाइरी गठन गरेको भए पनि प्रधानमन्त्री माधवकुमार नेपाल र रक्षामन्त्री भण्डारीले कारबाही अगाडि नबढाउन निर्देशन दिएपछि खड्कामाथिको कारबाही रोकिएको थियो।

प्रधानसेनापति कटवाल र रथी गुरुङले रक्षामन्त्री भण्डारीलाई उक्त आग्रह गरेपछि मन्त्री भण्डारीबाट सकारात्मक निर्देशन पाए बुधबारबाटै कारबाही गर्ने मनस्थिति बनाएको भए पनि मन्त्रीबाट सोचेजस्तो निर्देशन नपाएपछि दुवै जना मुख्यालय फिर्ता हुनुभएको थियो। यता कामु प्रधानसेनापति खड्का अझै पनि आफ्नो थमौतीका लागि माओवादी, एमाले, नेपाली कांग्रेसलगायतका उच्च नेतृत्वसँग भेटघाट र छलफलमा व्यस्त रहनुभएको छ।

source:

www.nepalsamacharpatra.com

Friday, June 12, 2009

खड्काबारे माओवादीभन्दा झलनाथ चिन्तित

खड्काबारे माओवादीभन्दा झलनाथ चिन्तित
२९-जेठ-२०६६,शुक्रवार
Image
प्रधानमन्त्री नियुक्त भएको तीन साता बितिसक्दा समेत सरकारलाई पूर्णता दिन नसक्ने मात्रै होइन नियुक्त गरेका मन्त्रीहरुलाई समेत काम दिन नसक्ने माधवकुमार नेपाल अहिले कथित सहमतिका नाउँमा माओवादीसँग चोचोमोचो जोड्न हतारिएका छन्।

हतारिएका मात्रै होइन माओवादीलाई मनाउने नाममा माधव नेपालले आफू प्रधानमन्त्री बनेको धरातलसमेत बिर्सन थालेका छन्। गत मंगलबार गोदावरी रिसोर्टमा प्रधानमन्त्री नेपालसहितको एमाले जत्थाले जे प्रस्ताव माओवादी जत्था सामु राख्यो संवेदनशील मात्रै होइन आपत्तिजनक समेत छ। अरु जेसुकै भनिए पनि त्यो दिनको वार्तामा माओवादीको प्रमुख जोड नेपाली सेनाका रथी कुलबहादुर खड्कालाई बचाउनु नै थियो। र, माओवादीहरुले संवाद अवधिभर खड्काको नामसँगै कामु प्रसे भनिरहेका थिए। एमाले अध्यक्ष झलनाथ खनालले पनि माओवादीको भनाइमा स्वर मिलाएका मात्रै होइन उनले कुलबहादुरलाई कामु बनाउने माओवादी प्रस्तावलाई स्वीकृति दिएको कुरा स्वीकारेका थिए। त्यसो त कुलबहादुरलाई नेपाली सेनाले कोर्ट मार्शल गर्ने तयारी गरेको खबर बाहिर आएपछि माओवादीहरु अत्तालिएका छन्। त्यसै कारणले माओवादीहरुकै अनुरोधमा झलनाथ र ईश्वर पोखरेलले मंगलबारको वार्ता जुराएका थिए। कुलबहादुरमाथि कोर्ट मार्शल भए उनले माओवादीलाई दिएको सूचनाको फेहरिस्त मात्रै खुल्ने होइन झलनाथ, ईश्वर र वामदेवलाई बुझाएको थैलीको पोल पनि छताछुल्ल हुने डर उनीहरुलाई छ। त्यसैले झलनाथ ईश्वरहरु पनि माओवादीसँगको कथित सहमतिका नाममै कुलबहादुरलाई बचाउने मात्रै होइन कुनै न कुनै रुमपा गुन तिर्ने दाउमा लागेका छन्।
त्यसै कारणले नै नियमित हिसावमा अवकाश पाउन लागेका कुलबहादुरलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाउने षड्यन्त्र गरिँदैछ, त्यसो भयो भने कुलबहादुरको जागिर अर्को तीन वर्ष थपिनेछ। माओवादीले पनि खड्कालाई कुनै न कुनै रुपमा जागिरमा अड्याउन पाए अब फेरि सरकार बनाउँदा उनी मार्फत् नेपाली सेनामा फेरि खेल्ने दाउ हेरिरहेको छ।
अवकास पाउन एक हप्ता पनि बाँकी नरहेका कुलबहादुरलाई सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने र तीन महिना कार्यकाल बाँकी रहेका प्रधान सेनापतिलाई बिदामा बस्न लगाउने झलनाथ, ईश्वरको गोप्य रणनीतिले कुलबहादुरको गुन त तिर्ला अनि माओवादीको उद्देश्य पनि पूरा होला, तर प्रधानमन्त्री माधव नेपालका लागि भने यो योजना आत्मघाती हुने निश्चित छ।
अन्तर्राष्ट्रिय समुदाय, अमेरिका र भारत मंगलबारको गोदावरी बैठकमा एमालेले गरेको प्रस्तावबाट सशंकित बनेका छन्। भारतीयहरुले प्रधानमन्त्री नेपाल आफ्नै पार्टीका अध्यक्ष र महासचिव तथा माओवादीको गोप्य रणनीतिमा फस्न लागको ठहर गरेका छन्। एक प्रभावशाली कुटनीतिज्ञका अनुसार माओवादीको सरकार माधवलाई प्रधानमन्त्री बनाउन ढालिएको होइन बरु माओवादीलाई उसको गोप्य रणनीतिबाट असफल बनाउन प्रचण्डलाई गलहत्याइएको हो। माधवले त्यो मिसन पूरा गर्न नसक्ने छाँट ल्याए उनले पनि कुर्सी छोड्नुको विकल्प छैन।

-- NEPALIPATRA

source:

http://www.weeklynepal.com/index.php?option=com_content&task=view&id=24446


Sunday, June 7, 2009

रथी खड्कासहित तीन जर्नेलको कर्णेल कमान्डेट पद खोसुवा

रथी खड्कासहित तीन जर्नेलको कर्णेल कमान्डेट पद खोसुवा


भोजराज भाट, काठमाडौं जेठ २४
नेपाली सेनाको जंगी अड्डाले सेकेन्डम्यान बलाध्यक्ष रथी कुलबहादुर खड्कासहित तीन जना जर्नेलको कर्णेल कमान्डेट पद खोसेको छ। गत बुधबार बसेको सेनाको प्रिन्सपल स्टाफ अफिसर जनरल (पीएसओज)को बैठकले सैनिक अनुशासन उलंग्घन गरेको अभियोग लगाउँदै त्यस्तो निर्णय गरेको हो। रथी खड्काबाहेक कर्णेल कमान्डेट पद खोसिएकामा सैनिक शिक्षा निर्देशनालयका निर्देशक एवं सहायकरथी दीपक गुरुङ र पूर्व उपरथी राजेन्द्रबहादुर थापा छन्। पीएसओज बैठकको निर्णयलाई उद्धत गर्दै उनीहरुलाई आइतबार जंगी अड्डाले कर्णेल कमान्डेट पद मुक्त गरेको पत्र दिएको छ। 
सेनामा गणपति भएपछि सम्बन्धित गणले बहालवाला वा अवकासप्राप्त जर्नेललाई मानार्थ कर्णेल कमान्डेट पद दिने चलन छ। सामान्यतया १० वर्षका लागि दिइने यस्तो पद ग्रहणवाला जर्नेललाई गणको पस्जा वार्षिकोत्सवलगायत विभिन्न कार्यक्रममा सम्मानस्वरुप बोलाइने गरिन्छ।
कर्णेल कमान्डेटबाट मुक्त गरिएका रथी खड्का र सहायक रथी गुरुङ दुवैको मातृ गण कालीप्रसाद गण हो। यो सेनाको इन्जिनियरिङ गण हो। अवकासप्राप्त थापा भने देवीदल गणका हुन्।
एकीकृत नेकपा माओवादी नेतृत्वको सरकारले रुक्मांगत कटवाललाई हटाई रथी खड्कालाई कायममुकायम प्रधानसेनापति बनाएको थियो। राष्ट्रपति रामवरण यादवले सरकारको निर्णय उल्ट्याई कटवाललाई पुनर्बहाली गरेका थिए।
यादवको निर्देशनबाट पुरानै जिम्मेवारी सम्हाल्दै आइरहेका सेनापति कटवालको अनुमतिबिना विभिन्न साचार माध्यमलाई अन्तर्वार्ता दिएको आरोप खड्कामाथि लगाइएको छ। 
सहायक रथी गुरुङ र पूर्व उपरथी थापालाई पनि रथी खड्का निकट भई सेनाभित्रको गोप्य सूचना चुहावट गरेको अभियोग लगाइएको छ। यसबारे आइतबार बेलुका टेलिफोन सम्पर्क गर्दा सैनिक प्रवक्ता एवं सहायकरथी रमिन्द्र क्षेत्रीले नागरिकसित भने 'मेरो जानकारीमा छैन। भोलि सोमबार कार्यालय समयमा सम्पर्क गर्नुभयो भने केही जानकारी दिउँला।'

पूर्व उपरथी थापाले भने आइतबार जंगी अड्डाबाट कर्णेल कमान्डेटबाट मुक्त गरिएको पत्र बुझेको स्वीकारे। 'मैले सेनामा परिवर्तन हुनुपर्छ भनेर आवाज उठाइरहेकाले यस्तो कारबाही हुनुलाई स्वभाविकरुपमा लिएको छ' थापाले भने 'सेनामा तजविज अधिकारको दुरुपयोग छ भनेर मैले उठाउने गरेको आवाज भनेकै सम्भवत यस्तै हो। होइन भने रिटायर्ड भएको १० महिनापछि कारबाही गर्नुको कुनै अर्थ छैन। यो व्यक्तिवादी निर्णय भयो।'

उनले संकटकालपछि आफूलाई लगातार ३२ महिना लडाइँको मोर्चामा खटाइएको र त्यसपछि प्रधानमन्त्री मातहतको सुरक्षा परिषद्मा बसेकाले पनि जंगी अड्डाका 'गोप्य सूचना' लिक गराएको भनी आफूलाई लगाइएको आरोप निराधार भएको पुष्टि हुने बताए। थापाले भने 'मैले सेनाको तल्लो अफिसर र दर्जाको हितमा साचार माध्यममा लेख लेखेको थिएँ त्यसैमा कसैको चित्त नबुझेको हुन सक्छ। मैले व्यक्तिभन्दा संस्था ठूलो हुन्छ भन्दा कसैले मन नपरेको हुन सक्छ।'

रथी खड्काले भने कमान्डेट पद खोसिएकोबारे विस्तृत प्रतिक्रिया दिन चाहेनन्। उनले यति मात्रै भने 'मैले आइतबार अफिसमा त्यस्तो पत्र आएको सुनेको छु अरु मलाई थाहा छैन।'

गत बिहीबार बसेको पीएसओज बैठकले रथी खड्कालाई कोटमार्शल गर्न सिफारिस गरेको थियो। खड्कालाई कोर्टमार्शल गर्नेबारेमा सेनापति कटवालले रक्षामन्त्री विद्यादेवी भण्डारीसँग छलफल गरेका थिए। प्रधानमन्त्री माधवकुमार नेपाल भने खड्कालाई तत्काल कारबाही गर्ने पक्षमा नभएकाले कारबाहीको प्रक्रिया हालका लागि थाँती रहेको छ। 
प्रधानमन्त्री निकट स्रोतका अनुसार नेपालले खड्कालाई सुरक्षा सल्लाहकारमा पनि ल्याउन नचाहेको र नियमित प्रक्रियाअन्तर्गत उनको अवकास होस् भन्ने चाहेका छन्। खड्काको असार ५ मा अवकास हुँदैछ। जंगीअड्डास्थित एक उपरथीका विश्लेषणमा 'खड्कालाई कारबाही गर्दा परिस्थिति प्रतिकूल देखिने भएकाले उनीमाथि मानसिक दबाब दिन नैतिक कारबाही गरिएको हो। यद्यपि यसले अरुहरुलाई त्यस्तो विभागीय कारबाही भने हुँदैन।'
खड्कामाथि कारबाहीको दबाब आइरहेको छ ः रक्षा मन्त्री
रक्षामन्त्री विद्यादेवी भण्डारीले नेपाली सेनाका 'सेकेन्डम्यान' बलाध्यक्ष रथी कुलबहादुर खड्कामाथि अनुशासनको कारबाही गर्न दबाब आइरहेको खुलासा गरेकी छिन्। तर त्यही आधारमा तत्काल रथी खड्कालाई कारबाही गर्ने पक्षमा सरकार नरहेको उनले बताइन्। 
सुनुवार समाजको २० औं वार्षिक सभालाई सम्बोधन गरेर फर्कने क्रममा साचारकर्मीसँग भण्डारीले भनिन् 'मैले बाहिर पनि यस्तै कुरा सुनेँ' खड्कामाथि जोडदार ढंगले फौजको अनुशासनको कुरा उठिरहेको छ। अनुशासनको कुरालाई कसरी हल गर्ने भन्ने छलफलमा छौं। सकभर राजनीतिक तवरबाटै सुल्झाउने सोचेका छौं।'
माओवादी 'नेतृत्वको सरकारले उक्साएर नेपाली सेनालाई विभाजन ल्याउने कोसिस गरेको' उनको आरोप थियो। 'तत्कालिन प्रधानमन्त्रीले सेनापतिलाई हटाउने आफ्नो निर्णय लागू गराउन नसक्दा राजिनामा गर्नुभयो। त्यसले पनि पुरानो निर्णय स्वतः बदर भएको ठहर्छ' भण्डारीले भनिन् 'अहिलेको हकमा कामु भनेको निष्क्रिय भइसकेको छ। उहाँ खड्का चाँडै रिटायर्ड हुनेछ।'

रथी खड्कालाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाउन खाजेको हो भन्ने प्रश्नमा उनको जवाफ थियो 'यसबारे कुनै छलफल भएको छैन त्यो हल्ला मात्र हो।' राष्ट्रपतिको निर्णयबारे दल र सहयात्री गठबन्धनबीच छलफल गरेर मात्रै मन्त्रिपरिषद्बाट निर्णय गर्ने भण्डारीले जानकरी दिइन् ।

रथी खड्काले भेट्न खोज्दा पनि आफूले इन्कार गरेको मन्त्री भण्डारीले बताइन् । उनले भनिन् 'चेनअफ कमान्डको कुरा हुन्छ तर प्रधानसेनापतिसंग मेरो कुरा भइरहेकोले गर्दा त्यही हैसियतले मैले अरुलाई भेट्न सक्दिन र भेट्न मिल्दैन पनि ।'

source:

http://www.nagariknews.com/politics/defence/1743-2009-06-07-16-26-18.html


Saturday, June 6, 2009

Lt Gen Khadka to be PM's security advisor: Defense Minister Bidya Devi Bhandari

Lt Gen Khadka to be PM's security advisor: Minister
Kantipur Report
KATHMANDU, June 6 - The government is planning to appoint Lt General Kul Bahadur Khadka the advisor of Prime Minister Madhav Kumar Nepal for security, Defense Minister Bidya Devi Bhandari said Saturday.

She added the Maoist-declared Acting Army Chief could be placed in the Prime Minister’s security committee to put an end to the Nepal Army (NA) dispute.

The statement comes a week after Bhandari declared to take action against Khadka.

Earlier this week, Khadka had proposed the Prime Minister to appoint him National Security Advisor or Coordinator of the National Security Council.

Khadka was appointed the Acting Chief of Army Staff (CoAS) by Unified CPN (Maoist)-led government after sacking the then CoAS Rookmangad Katawal.

The decision was later overruled by the President which led the Maoist to step down from the government.


Posted on: 2009-06-06 05:58:52 (Server Time)

source:


Tuesday, June 2, 2009

Khadka eyes new job

Khadka eyes new job
Kantipur Report
KATHMANDU, June 3 - Kul Bahadur Khadka, who was appointed Acting Chief of  Army Staff by the Maoist-led government, met with Prime Minister Madhav Kumar Nepal on Tuesday, and requested  to be appointed National Security Advisor or Coordinator of the National Security Council.

Kul Bahadur Khadka, who was appointed Acting Chief of  Army Staff by the Maoist-led government, met with Prime Minister Madhav Kumar Nepal on Tuesday, and requested  to be appointed National Security Advisor or Coordinator of the National Security Council.

He requested Nepal to give him justice without being vindictive for accepting the position of Acting Chief as decided by the then government.

“I should not be insulted or punished in view of my purported relationship with the Maoists,” a source at the Prime Minister’s Office quoted Khadka as telling the prime minister during the 15-minute meeting.

“The prime minister's opinion is that Khadka should not be court-martialed but he was non-committal to Khadka’s request,” said the source.

“It was a courtesy call,” he told the Post over phone on Tuesday evening. “I had gone to congratulate the newly appointed prime minister. No other issue was discussed with the prime minister, he said of the meeting, also attended by other UML leaders.

UML General Secretary Ishwor Pokharel reportedly arranged the meeting between Lt. Gen. Khadka with and the prime minister after the defence minister turned down his request for a meeting.

The Maoist-led government had appointed Khadka as acting chief after sacking Chief of Army Staff Rookmangud Katawal on May 3. However, Katawal continued in his position after President Dr. Ram Baran Yadav over-ruled the Cabinet decision the same night. He is retiring on

June 19.

The Army Headquarters came to know of the meeting only in the afternoon. “He had not sought permission from Gen. Katawal before meeting the prime minister,” said a senior army official. According to tradition, generals have to seek permission of the Chief of  Army Staff before meeting the prime minister. Nepal Army is investigating Khadka's acceptance of the position after meeting the then prime minister without prior approval of the Army chief.


source:

http://www.ekantipur.com/kolnews.php?&nid=197384


Thursday, May 28, 2009

Army prepares to take action against Khadka

Army prepares to take action against Khadka

Nepal Army is preparing to take action against General Kul Bahadur Khadka for claiming to be the Chief of Army Staff (CoAS) despite the President’s letter to Rookmangud Katawal to remain in position, The Himalayan Times daily reported.

Kul Bahadur Khadka (File Photo)

Law department of the army headquarters has started investigation on Khadka’s speeches and interviews given after the previous government appointed him the acting CoAS.

“We have started investigation into the case,” BA Kumar Sharma, chief of the department said.

Khadka had claimed in some media interviews that, officially he is the army chief, but had not assumed any roles of the chief at the headquarters. I am the acting chief as appointed by the government; I would have complied had the President sent me a letter instructing me to remain in previous position, Khadka had said in an interview with Naya Patrika.

Khadka claims he should not face court martial, as he had to bear the responsibility of acting chief of army staff, as he was second in line for the post. nepalnews.com May 28 09


source:

http://www.nepalnews.com/archive/2009/may/may28/news02.php


Search and Buy from amazon.com