म फेरि आउँछु : भट्टराई
नौ महिना अर्थमन्त्री भएका बाबुराम भट्टराई अर्थ मन्त्रालयका कर्मचाको मन जितेर फर्किका छन्। "सर्वसाधारण जनताको मन जित्ने यस पटक काम गर्न सकिएन फेरि आउँछु," शुक्रबार मन्त्रालयमा आयोजित विदाइ कार्यक्रममा भट्टराईले भने।
उनले अर्थ मन्त्रालयका कर्मचाको खुलेर प्रशंसा गरे। मन्त्रालयका सचिवहरुले पनि भट्टराईको प्रशंसा गरेर विदाई गरे। "हामीलाई कहिले पनि अनुचित काम गर्न दवाव परेन," अर्थसचिव रामेश्वर खनालले भने । गत मंगलबार भट्टराईले अर्थ सचिवलाई निवासमा बोलाएर काम गर्दाको अनुभव सुने र सहयोगका लागि धन्यवाद दिएका थिए।
यसको तीन दिनअघि आयोजित पत्रकार सम्मेलनमा पनि भट्टराईले पस्थितिवश अहिले बाहिरिनु परेको र जाने आउने भइरहने बताएका थिए। भट्टराईले कर्मचालाई सुरु भएका राम्रो कामलाई निरन्तरता दिन आग्रह गरे।
"मैले अर्थ मन्त्रालयमा भष्ट्राचार हुन्छ घुस खान्छन् भन्ने सुनेको थिएँ यसलाई व्यवहारबाट परिवर्तन गर्न चाहन्थे" कर्मचालाई भट्टराईले भने- "यहाँ दक्ष कर्मचारी रहेछन यही 'स्प्रिट'मा काम भए कसैले गलत भने पनि म तपाईको पक्षमा प्रतिरोध गर्छु।"
राजस्व बृद्धि भट्टराईको नौ महिनामा सबैभन्दा ठूलो उपलब्धि हो । केही हदसम्म राजस्व प्रशासन भित्रका विकृती कम गर्न उनी सफल भए । यसले राजस्व बृद्धि उच्च भयो । राजस्व प्रशासनमा भट्राईले कम मात्र हस्तक्षेप गरे । बढी कमाउने ठाउँमा सरुवा माग्ने प्रवृत्तिलाई उनले असफल बनाए । राजस्वमा हुँदा बढी कमाउन पाइन्छ भन्ने धारणा पनि उनको समयमा परिवर्तन भयो । राजस्व अनुसन्धान विभागले ५० जना कर्मचा माग गर्दा आधाले मात्र त्यहाँ जान इच्छा देखाउनु यसको उदाहरण हो ।
राजस्वका कर्मचालाई भट्टराईले कहिले पनि अनुचित कामका लागि दवाव दिएनन् । विभागले खेतान समूहको गोर्खा ब्रुअलाई करिव १० करोड जरिवाना गर्यो । मेरो मोवाइललाई रोयल्टी तिर्न अर्थले कडा पत्र पठायो । पटक पटक ट्रक समातेर विभागले छानविन गर्यो । यी काम गर्दा कर्मचालाई अर्थमन्त्रीबाट कुनै दवाव भएन । यसले राजस्व कर्मचाको मनोवाल उच्च बनायो । त्रिपुरेश्वस्थत कौसी तोषाखानाको जमिन व्यक्तिले दावी गरेका थिए । अर्थमन्त्रीले करोडौको यो जमिन दावी गर्ने ती व्यक्तिलाई दिन पनि कर्मचालाई दवाव दिएनन् ।
मन्त्रालयका कर्मचारीले बजेट र विदेशी सहयोग महाशाखालाई छाडेर भट्टराईको प्रशासन संचालन पक्ष समग्रमा राम्रो भएको टिप्पणी गर्छन् । राजस्व बढी उठाए पछि बढी खर्च गर्न सकिन्छ भन्ने मान्यता भट्राईको थियो । भट्राई अर्थमन्त्री भए लगत्तै राजस्व बृद्धि मुद्दाले बढी प्रथामिकता पाएको थियो । राजस्व सचिवलाई यसका लागि उनले सबै प्रकारबाट उपयोग गरे । बजेट आउँदा राजस्वको लक्ष्य महत्वकांक्षी भनिएको थियो । भट्टराई समूहले यो पुरा हुन्छ भन्ने प्रमाणित गर्यो । राजस्व बढ्नुलाई भट्टराईले पनि "इमान्दार र सदाचार" मुख्य कारण भनेका छन् ।
राजनीतिक नियुक्तीमा भने भट्टराईले दक्षभन्दा 'हाम्रो' लाई बढी प्रथामिकता दिए । अर्थतन्त्रका थुप्रै महत्वपूर्ण स्थान र अर्थ मन्त्रालय मातहतका संस्थानमा दक्षलाई उनले ल्याउन सकेनन् । यसले सबैभन्दा ठूलो नोक्सान भट्टराईलाई नै पर्यो। आर्थिक र वित्तीय क्षेत्र सुधार निजीकरण जस्ता पक्षमा भट्टराई अघि बढ्न सकेनन् । निजीकरणलाई उल्टो फर्काउने काम गरे ।
भट्टराईको मुख्य प्राथामिकता स्वयंकर घोषणा युवा तथा साना स्वरोजगार कोष र सहका विस्तार थियो । यसैबाट देश विकास हुन्छ र जनताको मन जित्न सकिन्छ भन्ने उनको धारणा थियो । ५९ ठूला महत्वकांक्षी योजना बजेटमा राखे । तर यी चार क्षेत्रमा भट्टराई सफल हुन सकेनन् । स्वयंकर घोषणाबाट १ अर्व ५० करोड मात्र राजस्व उठ्यो । यो उनले सोचेअनुसार थिएन । युवा स्वरोजगार कार्यक्रम गलत तरिकाले प्रचार हुँदा समस्यामा पर्यो ।
प्रत्येक गाउँमा एउटा सहका खोल्ने योजना पनि पुरा भएन । एक तिहाइ गाविसमा मात्र सरका पसल खोल्न निवेदन परेको छ। भट्टराईले आफ्नो कामबाट ५० प्रतिशत मात्र सन्तुष्ट हुन सकेको दावी गर्नुमा यी असफलता थिए । विकास खर्च गर्न नसकेको बन्द हड्ताल रोक्न नसक्नु आर्थिक बृद्धि दर कम र उच्च मूल्य बृद्धिलाई रोक्न नसक्नु नौ महिनाको असफलता भएको उनको स्वमूल्यांकन छ ।
नौ महिनामा भट्राईले धेरै क्षेत्रका विज्ञको कुरा सने । उनलाई भेट्ने भन्छन- " मैले आफ्नो कुरा भने उनले सुनीमात्र रहे ।" ठुला उद्योगपति विज्ञ विदेशी दातृ समुदायलगायतभट्टराईलाई भट्ने धेरैको यस्तै प्रतिक्रिया हुन्थ्यो । "अहिले मैले कुरा सुन्नुपर्छं" भट्टराईले प्रतिकि्रया जान्न खोज्दा यस्तो भन्ने गर्थे।
विश्व बैंक अन्तर्राष्ट्रिय मुद्रा कोषलगायत विदेशी दातृ निकायका प्रतिनिधिलाई भेट्ने कमै मात्र मौका पाए । यी भेटमा पनि भट्टराई कम बोल्थे । अरुको विचारलाई स्विकार गर्न नसक्ने भट्टराईको मुख्य कमजोरी हो । राजनीतिक पार्टीका नेताहरुसँगको संवादमा भट्टराई असजिलो महसुस गर्थे । नेपाल विकास मन्चको बैठकमा पुर्व अर्थमन्त्री रामशरण महत र भट्टराईको छलफल यस्तै असहज खालको थियो ।
आर्थिक र रोजगारका अवसर विस्तार हुन विद्युत्मा लगानी आउनु पर्ने बन्द हड्ताल रोकिनु पर्ने र श्रम समस्या समाधान हुनुपर्छं भन्ने निष्कर्षमा भट्राई पुगेका थिए । बन्द हड्ताल विरुद्ध पटक पटक सार्वजनिक अभिव्यक्ति दिए । तर यो रोकिएन । "बन्द हड्ताल बन्द गर्न हामीले प्रस्ताव गर्यौ नेपाली काँग्रेसले मानेन्" भट्टराईले पत्रकारसँग भने -"हाम्रो चाहना अशान्तिको अन्त्य हो सरकारमा नभए पनि यसमा पूर्ण रुपमा हाम्रो तर्फबाट सहयोग रहन्छ ।"
"भट्टराईलाई अझै अर्थमन्त्री बन्ने चाहना छ तर कद बढाएर" अर्थका कर्मचारी भन्छन्, "भविष्यमा थप व्यवहारिक भए अझै राम्रो ।"
source:
http://www.nagariknews.com/economy/consumer/1251-2009-05-23-15-32-35.html