Showing posts with label भारतीय सुरक्षाकर्मीद्वारा नेपालीमाथि दुर्व्यवहार. Show all posts
Showing posts with label भारतीय सुरक्षाकर्मीद्वारा नेपालीमाथि दुर्व्यवहार. Show all posts

Monday, June 1, 2009

भारतीय सुरक्षाकर्मीद्वारा नेपालीमाथि दुर्व्यवहार

भारतीय सुरक्षाकर्मीद्वारा नेपालीमाथि दुर्व्यवहार


विस्थापित हुने क्रम जारी

दिनेश गौतम, सतबरिया दाङ जेठ १९
भारतीय सुरक्षाकर्मीले दुर्व्यवहार गरेको र उपभोग्य वस्तुको आयातमा रोक लगाएको बताउँदै सीमावर्ती क्षेत्रबाट अन्यत्र विस्थापित हुने क्रम जारी छ। भारत सीमावर्ती नेपाली क्षेत्रमा बसोबास गर्दै आएका दाङको राजपुर र बेला गाविसका सयौं बासिन्दा दुई दिन हिँडेर सतवरियास्थित कर्री सामुदायिक वन कब्जा गरी आश्रय लिएका छन्। यो ठाउँमा विस्थापितहरु थपिइरहेका छन्। पूर्व-पश्चिम राजमार्गको सतबरिया-२ वनघुस्रीस्थित कर्री सामुदायिक वन कब्जा गरी ७ सय टहरा बनाएर बसेका छन् । भारतको बलरामपुर र सराबस्तीमा खटिएका सुरक्षाकर्मी (एसएसबी) ले उपभोग्य पदार्थ भारतबाट ल्याउँदा निरन्तर दुव्र्यवहार गरेको उल्लेख गर्दै विस्थापितहरुले दैनिक दुई केजीभन्दा बढी ल्याउन नदिएको बताए। नेपाली सीमा मिचिएको र भारतीय सुरक्षाकर्मीका साथै भारतीय गुण्डाहरुको निरन्तर दुव्र्यवहारका कारण असुरक्षा महसुस गरी महिला र वृद्धहरुले समेत शुक्रबारदेखि घरवास छाडेका छन्। यसरी घरवार छाड्ने क्रम बढिरहेको छ। दैनिक दुई पटकभन्दा बढी जान नदिने केही सामान ल्याउँदा पनि दुव्र्यवहार गरिएको उल्लेख गर्दै नाका सुकुम्वासी व्यवस्थापन संघर्ष समितिका संयोजक रोशन पुनले भने- तिमीहरुलाई सुरक्षा दिने को छ र भन्दै दुर्व्यवहार गर्छन्। भारतीय हुँ भन्न जबरजस्ती दबाब दिन्छन्।
अहिले राजपुर गाविसको वडा नं ७ र ९ बेला गाविस वडा नं. ३ का बासिन्दाहरुले घर छोडेका छन्। सुनपथरी नाकास्थित राम मन्दिर र दुर्गाको मन्दिर नेपालमै भएकोमा सीमाका पिलरहरु मिचेर भारतीय क्षेत्रमा पारिएको उल्लेख गर्दै राजपुर-९ का चन्द्रप्रकाश खड्काले भने- हामीले कुटाई खाने र चेलीवेटीको सुरक्षा नहुने भएपछि यहाँ आइयो। राजपुरमा सीमा प्रहरी चौकी भए पनि सुरक्षाको प्रत्याभूति नभएको विस्थापितहरुले बताए। स्थानीय मनबहादुर खत्रीलाई गोठाला गएका बेला भारतीय गुण्डाको समूहले टाउकोमा बाचरो प्रहार गरी बाख्रा लुटेको बताउँदै यमबहादुर थापाले थपे- कुनै सामान बेच्नुपर्यो भने उनीहरुले भनेकै मोलमा दिनुपर्छ नत्र भने सामानै लुट्छन्।
जेठ ५ गते जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएर सुरक्षाको प्रत्याभूति दिन माग राख्दा पनि सुनुवाई नभएपछि वन कब्जा गर्नुपरेको संघर्ष समितिका संयोजक रोशन पुनले बताए।

विस्थापित नहटे चक्काजाम गरिने
छोराछोरीझैं हुर्काएको वनमा विस्थापितहरुले टहरा निर्माण गरेपछि कर्री सामुदायिक वनका उपभोक्ता आन्दोलित भएका छन्।
वन उपभोक्ता समूहले विस्थापितलाई तत्काल हटाउन माग गर्दै आइतबार जिल्ला वन कार्यालय जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालय र जिल्ला वन महासंघमा ज्ञापनपत्र बुझाएको छ । समूहका अध्यक्ष देवनारायण चौधरीले बिहीबारसम्म विस्थापित नहटे चक्काजामलगायतका अन्य संघर्ष गरिने चेतावनी दिनुभयो।
सामुदायिक वन महासंघको टोलीले पनि वन अतिक्रमित क्षेत्रको निरीक्षण गरी विस्थापितसँग अन्तरकि्रया गरेको छ। महासंघका जिल्ला अध्यक्ष भीमप्रकाश खड्काले विस्थापितहरुले आफ्नो माग पूरा गर्ने नाममा सामुदायिक वनको अतिक्रमण गर्न नहुने बताउनुभयो। प्रमुख जिल्ला अधिकारी ऋषिराम ढकालले यसबारे भने- मंगलबार सर्वपक्षीय बैठक गरी समस्या समाधान गरिनेछ।
source:
http://www.nagariknews.com/society/nation/1541-2009-06-02-05-30-26.html


Search and Buy from amazon.com