Showing posts with label snake bite. Show all posts
Showing posts with label snake bite. Show all posts

Saturday, July 4, 2009

'नेपालमा वर्षेनी २० हजारलाई विषालु सर्पले टोक्छ'

'नेपालमा वर्षेनी २० हजारलाई विषालु सर्पले टोक्छ'


हङकङ, असार २० (एजेन्सी)- नेपालमा वर्षेनी २० हजार जनालाई विषालु सर्पले टोक्ने गरेको छ । अमेरिकामा मुख्यालय रहेको पब्लिक लाइब्रेरी अफ साइन्स मेडिसिनले गरेको अनुसन्धानले यस्तो तथ्यांक निकालेको हो । नेपाल विश्वमा विषालु सर्पले धेरै टोक्ने पाँचौ देश भएको पनि अध्ययनमा उल्लेख छ ।
सो संस्थाले भारतमा ८१ हजार मानिसलाई विषालु सर्पले टोक्ने गरेको र तीमध्ये ११ हजारको मृत्यु हुने गरेको पनि बताएको छ । त्यसपछि श्रीलंकामा ३३ हजार भियतनाममा ३० हजार ब्राजिलमा ३० हजार र मेक्सिकोमा २८ हजारलाई यस्ता सर्पले टोक्ने गरेको छ ।
सो संस्थाले विश्वभर प्रत्येक वर्ष ४ लाख मानिसलाई विषालु सर्पले डस्ने गरेको र तीमध्ये २० हजारको मृत्यु हुने गरेको पनि जनाएको छ । यस्ता घटनामध्ये अधिकांश गरीब देशमा हुने गरेको छ ।
अध्ययनमा दक्षिण तथा दक्षिण-पूर्वी एशिया र अपि्रुकाको सहारा उप-क्षेत्रमा सर्पले टोक्ने घटना बढी हुने गरेको उल्लेख छ ।
अधिकांश घटना कमजोर स्वास्थ्य सेवा भएका र लिखितरुपमा कमै जानकारी राखिने वा त्यस प्रकारको जानकारी राख्दै नराखिने स्थानमा हुने भएकाले यो तथ्यांक अझै बढ्न सक्ने संस्थाले जनाएको छ ।
यसका अनुसन्धानकर्ताले ३ हजार २ सय ५६ वटा समाचार तथा लेख र ६८ वटा देशको अध्यावधिक तथ्यांक अध्ययन गरेका थिए । तर पनि सही तथ्यांक धेरै गुणा बढी हुने सक्ने देखिएको छ ।
अनुसन्धानकर्ताले धेरै देशमा सर्प टोकाइलाई वास्ता नगर्ने र अधिकांश घटनाको जानकारी नआउने बताएका छन् ।
अध्ययन प्रतिवेदनअनुसार टोक्ने प्रत्येक चार सर्पमध्ये एउटा विषालु हुने गरेको छ । धेरैजसो पीडितले अस्पताल जानेभन्दा परम्परागत उपचार गराउने गरेका र केहीको मृत्यु घरमै हुने गरेकाले यस्तो जानकारी पाउन नसकिएको पनि संस्थाले जनाएको छ ।
'नाइजेरिया र केन्याको दुर्गम क्षेत्रमा गरिएको अध्ययनले ती देशमा क्रमशः ८.५ प्रतिशत तथा २७ प्रतिशतले व्यक्तिले मात्रै अस्पतालमा उपचार गराएको देखिन्छ'- एक उदाहरणमा उसले भनेको छ ।
source:
http://www.nagariknews.com/society/nation/2585-2009-07-04-11-24-55.html

Search and Buy from amazon.com