Showing posts with label raute. Show all posts
Showing posts with label raute. Show all posts

Sunday, June 6, 2010

राउटेले मागे प्रधानमन्त्रीसँग खसी

राउटेले मागे प्रधानमन्त्रीसँग खसी (फोटो फिचरसहित)

२३ जेठ, काठमाडौं । राउटेहरुले प्रधानमन्त्री माधवकुमार नेपालसँग दुई वटा खसी मागेका छन् । दैलेखबाट आएका राउटेहरुले आइतबार प्रधानमन्त्री माधवकुमार नेपाललाई भेट गरी प्रधानमन्त्री बन्न सफल भएको उपलक्ष्यमा बधाई दिंदै दुई वटा खसी मागेका हुन् । अघिल्लो वर्ष आउने क्रममा उनीहरुले प्रधानमन्त्री नेपाललाई एमालेका वरिष्ठ नेताका रुपमा भेटेका थिए ।

उनीहरुको मागलाई सकरात्मक रुपमा लिंदै खुसुक्क शाहीलाई बोलाएर दुई वटा खसी खरीदका लागि प्रधानमन्त्री नेपालले रकम उपलब्ध गराउनु भएको थियो ।

खसी खरिदका लागि रकम लिएपछि कति रकम दिनुभयो त प्रधानमन्त्रीले भन्ने प्रश्नमा शाहीले भन्न नमिल्ने प्रतिक्रिया दिनुभएको थियो ।

1

प्रधानमन्त्री नेपाललाई शाही नेतृत्को टोलीले राउटे समुदायका लागि खाद्यन्न र औषधी उपलब्ध गराउन माग गरेका छन् । उनीहरुले बनजंगल मासिएकोप्रति चिन्ता व्यक्त गर्दै वनजंगल नासिंदा आफूहरुको शिकार वांदरको संख्यामा कमी आउने र ठेकी बनाउने काठ पाउन गाह्रो हुने गुनासो प्रधानमन्त्री समक्ष राखेका छन् ।

भेटका क्रममा प्रधानमन्त्री नेपालले राउटे समुदायको कति संख्या छ भनि प्रश्न गर्नुभएको थियो । उत्तरमा शाहीले तीन सयको हाराहारीमा रहेको र त्यसमध्ये ८० जना बुढो उमेरका र ८० जना बालबालिका भएको बताएका छनँ । उनले महिलाको संख्या भने भन्न चाहेनन् ।

सरकारले उपलब्ध गराएको भत्ता लिने गरेको छ कि छैन त भन्ने प्रधानमन्त्री नेपालको प्रश्नमा उनीहरुले अहिलेसम्म चौमासिकका दरले दुई पटक भत्ता बुझेको बताएका छन् । सरकारले उनीहरुलाई मासिक एक हजारका दरले भत्ता उपलब्ध गराउादै आएको छ ।

प्रधानमन्त्री नेपालले वनजंगल चाहार्दै नहिंड्न गरेको आग्रहलाई उनीहरुले ठाडै अस्विकार गरेका छन् । अघिल्लो पटकको भेटमा पनि मैले एकै ठाउामा बस्न आग्रह गरेको थिएं, अहिले पनि आग्रह गर्छु, एकै स्थानमा बस, बालबच्चालाई पढाउ, शिक्षा दिक्षा दिनुपर्छ बालबच्चालाई-प्रधानमन्त्री नेपालले राउटेहरुसंग आग्रह गर्नुभयो ।

राउटेहरुले हाम्रो जंगल चाहार्ने संस्कार भएकाले जंगल नघुमीकन बाँच्न नसक्ने बताएका थिए । जंगल घुम्ने गरेपनि विगतका दिनका तुलानामा अहिले आफूहरुको समुदायमा केही परिवर्तन आएको दावी गरेका छन् ।

2

उनीहरुले अबको निर्वाचनमा आफ्नो समुदायले पनि भोट हाल्न पाउनुपर्ने भन्दै भोटलिस्टमा नाम चढाउने व्यवस्था मिलाउन प्रधानमन्त्रीसंग आग्रह गरेका छनँ । 3

4

Share This Post
source:
http://www.onlinekhabar.com/wp/2010/06/06/69920.html

Search and Buy from amazon.com