चौबीस करोडको जडीबुटी निकासी
नेपालगञ्ज। आर्थिक वर्ष २०६६/६७ को चैत दोस्रो सातासम्म नेपालगञ्ज नाकाभएर नेपालबाट रु. २४ करोड बराबरको जडिबुटी भारत निकासी भएको छ।
साठी प्रकारभन्दा बढी जडिबुटी सङ्कलन हुने मध्यपश्चिमाञ्चलका विभिन्न जिल्लाबाट यो महिनासम्म ४५ लाख किलो जडिबुटी भारत निकासी भएको नेपाल जडिबुटी व्यवसायी सङ्घ, बाँकेका अध्यक्ष मधुकर थापाले बताएका छन्।
नेपालगन्ज भन्सार हुँदै नेपालबाट भारतमा ९४ प्रतिशत र बाँकी पाकिस्तान, बङ्गलादेश, जर्मनी र स्वीटजर्ल्यान्डमा जडीबुटी निकासी हुने गर्दछ।
नेपालकै जडिबुटीको खानी मानिने मध्यश्चिमाञ्चल क्षेत्रको सल्यान, रोल्पा, डोल्पा, जुम्ला, हुम्ला, जाजरकोट, रुकुम, प्युठान, दाङ, सुर्खेतलगयात जिल्लाबाट बर्सेनि करोडौँको जडिबुटी नेपालगन्ज नाकाबाट निकासी हुँदै आएको छ।
यस क्षेत्रबाट यार्सागुम्बा, तेजपात, काउलोका बोक्रा, रिठा, टिमुर, तित्ते चिरौता, सकावरी, अदुवा, कट्की, जटामसी, बोझोलगायत ६० प्रकारभन्दा बढी जडिबुटी सङ्कलन हुने गरेको बताइएको छ।
नेपालमा पाइने ८० प्रकारका जडिबुटीमा धेरै जडिबुटी विदेश निकासी हुने नाका नेपालगन्ज भन्सार कार्यालय रहेको छ।
source:
http://www.weeklynepal.com/newsite2/component/content/article/46-bazar-new-1/4593-2010-04-06-11-37-00.html
Showing posts with label jadibuti. Show all posts
Showing posts with label jadibuti. Show all posts
Tuesday, April 6, 2010
Subscribe to:
Comments (Atom)