Showing posts with label helping animals. Show all posts
Showing posts with label helping animals. Show all posts

Sunday, January 29, 2012

helping animals

बेसहाराकी पालक


जीवनको बृहत् परिभाषा र यसका आयामका बारेमा गोमा लामालाई चिन्ता र चासो दुवै छैन। स्कुलको अनुहारसम्म नदेखेकी गोमाले नुवाकोटको हुमपञ्चायत डाँडाबाट काठमाडौँको खाल्डोसम्म आइपुग्दा जीवनका धेरै गल्छेडाहरू पार गरसिकेकी छन्। पछिल्ला १५ वर्षदेखि काठमाडौँको तीनकुनेमा सानो खुद्रा पसल गदर्ागर्दै यिनले क्रय र विक्रयको परिभाषा जानिसकेकी छन्। तर, जिन्दगीको अर्थशास्त्र र समाजशास्त्रको विषयमा भने यिनलाई जानकारी छैन। नजानेर पनि गोमा खुसीका साथ बाँचेकी छन्।

बाबु-आमाको मृत्युपछि काठमाडौँ छिरेकी गोमा एक्लै बस्छिन्। विवाह गर्नुपर्छ भन्ने ख्याल यिनलाई कहिल्यै भएन। आजसम्म पनि आफ्नो निर्णयप्रति यिनलाई पछुतो छैन। एक्लै भए पनि गोमाको भान्सामा हरेक छाक एक किलो चामलको भात पाक्छ। कायाका हिसाबले मोटी देखिए पनि यिनको खुराक थोरै छ। त्यसो भए एक जना मान्छेले सधँै एक किलो चामलको भात किन पकाउने? यही प्रश्नको उत्तरमा लुकेको छ, गोमाको अर्को व्यक्तित्व। उनी आफूले थोरै खान्छिन् र बाँकी भात टोलभरिका कुकुरलाई ख्वाउँछिन्। पछिल्ला डेढ दशकयता गोमा यही काम गररिहेकी छन्, जसले उनलाई अपार सन्तुष्टि दिलाएको छ।

बिहान १० बज्न नपाउँदै गोमाको पसलबाहिर भात पाइने आशामा कुकुरको लाइन लाग्न सुरु भइसकेको हुन्छ। पुरानो स्टिलको थाल हेरेर बसिरहेका कुकुर ढिलो गर्नेबित्तिकै चर्को स्वरमा भुक्न थाल्छन्। गोमाले तातो भात र मासु ल्याएर थालमा राखेपछि कुकुर शान्त हुन्छन् र अघाएर पुच्छर हल्लाउँदै आफ्नो बाटो लाग्छन्। तिनै कुकुर दिनभर अनेक ठाउँ चहारेर बेलुकी फेर िगोमाकै पसलबाहिर खान पाइने आशमा ढुक्न थाल्छन्। त्यसो त गोमाले आफ्नो सानो कोठामा पनि दुई बिराला र एक कुकुर पालेकी छन्। पछिल्लो डेढ दशकयता गोमा यसैगरी टोल र गल्लीका कुकुरलाई भात खुवाइरहेकी छन्। कुकुरलाई दिने भातमा कहिले मासु त कहिले दूध अनिवार्यजस्तै हुने गर्छ। गोजीमा सुकोदाम नभएका बेला भने गोमाले चिउरा भए पनि खुवाउन छाड्दिनन्। भन्छिन्, "पसलको आम्दानीजति कुकुरलाई खुवाउनै ठीक्क हुन्छ।"

गल्लीका कुकुरको भोक शान्त पारेर के हुन्छ, गोमालाई थाहा छैन। उनलाई थाहा भएको एउटै सत्य भनेको आत्मा सबैको हुन्छ र खान नपाए जो पनि रुन्छ भन्ने मात्रै हो। यही तथ्यले उनलाई कुकुरप्रति दयावान् हुन सिकाएको छ। भन्छिन्, "सन्तुष्टि भनेको ठूलो कुरा रहेछ।"

"गल्लीका कति कुकुर रोगले मर्छन्, भोकले मर्छन्," गोमाले आफूले पालेको भाग्यमानी कुकुर हेर्दै भनिन्, "राम्रोसँग खान मात्रै पाउने हो भने पनि कति कुकुर मृत्युको मुखबाट जोगिन्छन्।" आफूले नियमित भात खुवाएका कति कुकुर मर्दा गोमा शोकाकूल हुन्छिन्। यसरी मरेका कैयन् कुकुरलाई गोमाले आफ्नै पैसा खचर्ेेर कात्रो किनेर ओढाइदिएकी छन्। कतिलाई गाड्नका निम्ति लाग्ने ज्याला खर्चेकी छन्। यसरी अहिलेसम्म गोमाले झन्डै २० वटा कुकुरलाई गाडिसकेकी छन्।

पाँच हजार रुपियाँ भाडाका दुईवटामध्ये एउटा कोठामा उनको पसल छ र अर्कोमा आफू बस्छिन्। तर, उनको खर्च यति मात्रै छैन। कुकुरलाई मासु, दूध र भात खुवाउँदैमा उनको हरेक महिना कम्तीमा तीन हजार रुपियाँ खर्च हुन्छ। भन्छिन्, "खर्च भए के भयो र मैले सन्तुष्टि बटुलेकी छु।" पछिल्ला ११ वर्षदेखि घरमा कुकुर पाल्न थालेकी गोमालाई घरका कुकुर मात्रै माया गर्ने र बाहिरका कुकुरलाई देखिनसहने बानी मन पर्दैन। मन नपरेर के गर्नू, गोमाको कुरा सुन्न र बुभ्fm्न अरू तयार हँुदैनन्। त्यही भएर त उनले आफ्नो पसलअगाडि भुस्याहा कुकुर थुपारेर हरेक बिहान र बेलुकी भात खुवाएको छिमेकीहरूले निको मान्दैनन्। यही निहुँमा कतिले त गोमालाई गालीसमेत गरसिकेका छन्। तर, भाग्यमा विश्वास गर्ने गोमालाई यस्ता कुराले पिरोल्दैन।

आफ्नो घरका कुकुर र बिरालो उनका निम्ति सन्तानजत्तिकै पि्रय छन्। उनी भन्छिन्, "माया गरेपछि जनावरले पनि मानिसको मायाको अर्थ बुभ्fm्दा रहेछन्।" उनको यही मायाले कुकुर र बिरालोले पनि उनलाई हत्तपत्त छाड्दैनन्। कतिसम्म भने सुत्ने बेलामा उनको ओछ्यानको दुईतिर कुकुर र बिरालो हुन्छन्, बीचमा भने गोमा। मायाको यही अर्थ बुझेरै उनले जीवनभर यसैगरी कुकुरलाई खाना खुवाइरहने प्रण गरेकी छन्। भन्छिन्, "सकुन्जेल आफूले जे खान्छु, उनीहरूलाई पनि त्यही खुवाउँछु।"


source:

http://www.ekantipur.com/nepal/article/?id=3296


Search and Buy from amazon.com