Showing posts with label election losers. Show all posts
Showing posts with label election losers. Show all posts

Saturday, June 27, 2009

नजितीकनै मन्त्री

नजितीकनै मन्त्री

दुर्गा खनाल

काठमाडौं, जुम्लाका सभासद नरेश भण्डारीले हीनताबोध गरिरहेका छन् । चुनावपछि जनताको प्रतिनिधिका रूपमा सेवा गर्ने अवसर मिल्छ भन्ने उनको आकांक्षा थियो ।

तर उनको आकांक्षा ठीक उल्टो भएको छ । कारण हो, आफंैले हराएका व्यक्ति मन्त्री । र, तिनै मन्त्रीलाई जनताको गुनासा सुनाउन जानुपर्ने बाध्यता । उनले चुनाव हराएका डिल्ली महत शान्ति तथा पुनर्निर्माण राज्यमन्त्री भएका छन् ।

'आफैंसँग हारेको व्यक्ति मन्त्री हुँदा विधिकै उपहास भएजस्तो लाग्यो,' उनी भन्छन्, 'निराशा र हीनताबोध जगायो ।' महत मन्त्री भएपछि जिल्लावासीका समस्या बोकेर जानुपर्दा भण्डारीलाई अप्ठेरो पनि लाग्यो । 'एउटै जिल्ला भएकाले स्थानीय व्यक्तिसँग म पनि भेट्न गएँ,' माओवादीका सभासद भण्डारीले भने ।

काठमाडौं ४ बाट निर्वाचित कांग्रेसकी सभासद सुप्रभा घिमिरेलाई पनि यस्तै पीडा छ । उनीसँग चुनाव हारेकी एमालेकी उपाध्यक्ष विद्या भण्डारी रक्षामन्त्री बनेकी छन् । 'यस्ता घटनाले जनमतको कदर भएन भन्ने लाग्छ,' घिमिरे भन्छिन् , 'यसले लोकतान्त्रिक व्यवस्थाको उपहास भएको छ ।'

तराई मधेस लोकतान्त्रिक पार्टीका रामचन्द्र कुशवाहा शिक्षामन्त्री बनेपछि पर्सा ३ का कांग्रेस सभासद अजयकुमार चौरसियालाई सयौं जिल्लावासीले टेलिफोन गरे । झन्डै ५ हजार मतको अन्तरमा हराएको व्यक्ति मन्त्री बन्दा उनी आफंै पनि चकित परे । 'अनौठो लाग्नु स्वाभाविक हो, त्योभन्दा बढी जिल्लावासीको धेरै गुनासो मैले सुन्नुपर्‍यो,' उनले भने । चौथो चरणको मन्त्रिपरिषद विस्तारसम्ममा मन्त्री संख्या ३० पुगिसकेको छ । तर तीमध्ये १० जना गैरसभासद छन् । अन्य बाँकीमा पनि प्रत्यक्ष चुनाव जितेका ११ जना मात्र

छन् । समानुपतिक सिटबाट सभासद बनेका ९ जना शक्तिशाली मन्त्री छन् ।

त्यसो त प्रधानमन्त्री माधवकुमार नेपाल आफैं पनि दुई ठाउँबाट चुनाव हारेका व्यक्ति हुन् । तर उनी पछिल्लो समयमा सबै राजनीतिक दलको आग्रहमा मन्त्रिपरिषदबाट मनोनीत सभासद भए ।

छ मन्त्री र तीन राज्यमन्त्री भएको एमालेबाट एकजना गृहराज्यमन्त्री रिजवान अन्सारीमात्र प्रत्यक्ष चुनाव चितेका हुन् । नौमध्ये पाँच गैरसभासद छन् । त्यसभित्र चुनावै नलडेका रवीन्द्र श्रेष्ठ सामान्य प्रशासनमन्त्री र जितबहादुर गौतम सामान्य प्रशासन राज्यमन्त्री भएका छन् । प्रत्यक्ष निर्वाचनमा पराजित तीनजना मन्त्री

छन् । गृहमन्त्री भीम रावल, सूचना तथा सञ्चारमन्त्री शंकर पोखरेल, अर्थमन्त्री सुरेन्द्र पाण्डे पार्टीको समानुपातिक कोटाका सभासद हुन् ।

रक्षामन्त्री विद्या भण्डारी काठमाडौं ४, शान्ति तथा पुनर्निर्माणमन्त्री रकम चेम्जोङ धनकुटा १, राज्यमन्त्री डिल्ली महत जुम्ला निर्वाचन क्षेत्रको प्रत्यक्ष निर्वाचनमा पराजित भएका थिए । उनीहरूले सरकारमा महत्त्वपूर्ण जिम्मेवारी पाएका छन् । सभासद नभएका र निर्वाचन हारेकालाई मन्त्री बनाइएको भन्दै एमाले संसदीय दलको बैठकमा सभासदहरूले अध्यक्ष झलनाथ खनाल र प्रधानमन्त्री नेपालविरुद्ध आक्रोश पोखेका थिए । केही सभासदले जनतामा नराम्रो सन्देश गएको भन्दै त्यसले पार्टीको प्रतिष्ठामा समेत आँच आउने बताएका थिए ।

उत्ता कांग्रेसबाट पनि सरकारको नेतृत्व गर्ने सुजाता कोइराला गैरसांसद हुन् । सुनसरी ५ बाट चुनाव हारेकी उनले अहिले शक्तिशाली परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएकी छन् । कांग्रेसकै कैलाली ३ बाट हारेका चन्द्रसिंह भट्टराई ऊर्जा राज्यमन्त्री छन् । चारजना प्रत्यक्ष चुनाव जितेका छन् भने अन्य तीन जना समानुपातिकबाट सांसद भएका व्यक्ति मन्त्री छन् । मधेसी जनअधिकार फोरमबाट मन्त्री भएका तीनै जना भने प्रत्यक्ष चुनाव चितेका सांसद हुन् । उता तराई मधेस लोकतान्त्रिक पार्टीले पर्साबाट पराजित रामचन्द्र कुशवाहालाई शिक्षामन्त्री बनाएको छ । तीबाहेक अन्य तीन जना भने सभासद छन् ।

मालेबाट मन्त्री बनेका डम्बर श्रेष्ठ र मानबहादुर शाही तथा राप्रपाका दीपक बोहरा पनि गैरसभासद हुन् । उनीहरू संविधानसभा चुनावमा उम्मेदवारसमेत थिएनन् ।

त्यसो त अन्तरिम संविधानले मन्त्री हुन सभासद नै हुनुपर्ने बाध्यात्मक व्यवस्था गरेको छैन । तर पनि जनअनुमोदन नपाएका व्यक्तिहरूकै भीड मन्त्रिमण्डलमा हावी गराउनु ठीक नभएको राजनीतिकशास्त्री र विश्लेषक बताउँछन् ।

'लोकतन्त्रको भावनालाई यसले प्रतिविम्बित गर्दैन,' राजनीतिकशास्त्री प्राध्यापक डा. लोकराज बरालको भनाइ छ, 'सबैलाई निरुत्साहित गर्ने खालको पद्घति विकास गर्न खोजिँदैछ ।'

राजनीतिक विश्लेषक श्याम श्रेष्ठ गैरसभासद मन्त्री बन्ने होडबाजीलाई लोकतान्त्रिक मूल्यमान्यताको क्षयीकरणको रूपमा टिप्पणी गर्छन् । 'लोकतन्त्र र निर्वाचनकै उपहास हो,' उनी भन्छन्, 'अनिर्वाचितहरूले नै शासन गर्ने हो भने त किन त्यति ठूलो आन्दोलन चाहिन्थ्यो र ? राजाकै शासन थिएन र ?'

२०४७ सालको संविधानमा मन्त्री बन्न तत्कालीन प्रतिनिधिसभा वा राष्ट्रिय सभाको सांसद हुनुपर्ने प्रावधान थियो । सांसद नभएको व्यक्ति मन्त्री भए ६ महिनाभित्र कुनै न कुनै रूपले प्रतिनिधिसभा वा राष्ट्रिय सभाको सदस्य हुनुपर्ने व्यवस्था थियो । अन्तरिम संविधान बनाउँदा सांसद हुनैपर्ने बाध्यकारी व्यवस्था हटाइयो । 'अब नयाँ संविधानमा पुनः यस्तो व्यवस्था राख्नु हुँदैन,' कांग्रेस सभासद चौरसिया भन्छन्, 'यसलाई निरन्तरता दिने हो भने जनअनुमोदित व्यक्तिहरू सधैं छायामा पर्छन् ।'

मन्त्रिमण्डलमा गैरसभासद

एमाले

विद्या भण्डारी, रक्षा

रकम चेम्जोङ, शान्ति

रवीन्द्र श्रेष्ठ, सामान्य प्रशासन

डिल्ली महत, शान्ति राज्यमन्त्री

जितबहादुर गौतम, प्रशासन राज्यमन्त्री

कांग्रेस

सुजाता कोइराला, परराष्ट्र

चन्द्रसिंह भट्टराई, ऊर्जा राज्यमन्त्री

माले

डम्बर श्रेष्ठ, भूमिसुधार

मानबहादुर शाही, भूमिसुधार राज्यमन्त्री

तमलोपा

रामचन्द्र कुशवाहा, शिक्षा

Posted on: 2009-06-26 21:22:56

source:

http://www.ekantipur.com/kolnepalinews.php?&nid=201213

Thursday, June 18, 2009

चुनाव हारेर पनि मन्त्री बन्ने भाग्यमानीहरु

चुनाव हारेर पनि मन्त्री बन्ने भाग्यमानीहरु

लोकतन्त्रमा बहुमतको कदर हुने भए हरेक निर्वाचनमा जित्‍नेको भन्दा हार्नेको संख्या बढी हुन्छ। त्यसैले हार्नेहरुको बहुमत साँचो अर्थमा बहुमत हो भन्ने व्यड्ग्यलाई सम्झाउने गरी अहिलेको मन्त्रिमण्डलमा पछिल्लो निर्वाचनमा पराजित र अनिर्वाचितहरुको संख्या निकै छ। आज विस्तार गरिएको मन्त्रिमण्डलका सदस्यहरुमा पनि पराजितहरु रहेका छन्।

पछिल्लो संविधान सभाको चुनाव हारेर पनि मन्त्री बन्न पाउने सौभाग्यशालीहरुको नाम हेर्ने हैन त-

१) माधवकुमार नेपाल - प्रधानमन्त्री (एमाले)
काठमाडौँ र रौतहट दुई ठाउँबाट पराजित

२)सुजाता कोइराला- परराष्ट्र मन्त्री (काँग्रेस)
सुनसरीबाट पराजित

३) विद्या भण्डारी- रक्षामन्त्री (एमाले)
काठमाडौँबाट पराजित

४) रकम चेम्जोङ- शान्ति मन्त्री (एमाले)
धनकुटाबाट पराजित

५) डिल्लीबहादुर महत- शान्ति राज्यमन्त्री (एमाले)
जुम्लाबाट पराजित

यी भए हारेकाहरु। केही मन्त्रीहरु समानुपातिकबाट निर्वाचित भएकाहरु छन्। तर सभासदै नभएकाहरु पनि मन्त्री बनेका छन्। उदाहरणका लागि,

१) रविन्द्र श्रेष्ठ- सामान्य प्रशासन मन्त्री (एमाले)

२)चन्द्रसिंह भट्टराई- ऊर्जा राज्यमन्त्री (काँग्रेस)

३) डम्बरबहादुर श्रेष्ठ- भूमिसुधार मन्त्री (माले)

फोरम, तमलोपा र सदभावनाले कुरा नमिलेर सरकारमा सहभागी नभएकाले मात्रै यति मात्रै संख्या पुगेको हो। नत्र त यो संख्या अझै बढ्ने निश्चित थियो।

संविधानमा त्यसो गर्न पाइन्छ त ?
मज्जाले पाइन्छ किन नपाउनु। दलहरुले संविधान स‍शोधन गर्दै यसको बाटो खोलिसकेका थिए अघि नै। संविधानको धारा ३८ (५) मा प्रधानमन्त्रीले सम्बन्धित दलको सिफारिसमा व्यवस्थापिका संसद्को सदस्यमध्येबाट मन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था छ।

तर धारा ४० ले अन्यत्र जेसुकै लेखिएको भए पनि भन्दै ‘प्रधानमन्त्रीले राजनीतिक सहमतिको आधारमा व्यवस्थापिका संसद्को सदस्य नभएको कुनै व्यक्तिलाई उपप्रधानमन्त्री मन्त्री राज्यमन्त्री वा सहायकमन्त्री पदमा नियुक्त गर्न सक्ने’ भनेको छ। यही अस्त्रलाई प्रयोग गर्दै दलहरुले जथाभावी मन्त्री नियुक्त गरेर मोज गर्न थालेका हुन्।

विज्ञहरु भने बाधा अड्काउ फुकाउन र विशेषज्ञ सेवा आवश्यक पर्दामात्रै गैरसांसद् पनि मन्त्री हुन पाउने संवैधानिक व्यवस्था राखिएको हो कहाँ यसरी जथाभावी जो पायो त्यसलाई मन्त्री बनाउन त्यसो गर्‍या हो र भन्छन्। अन्तरिम संविधान मस्यौदा समिति संयोजक लक्ष्मणप्रसाद अर्यालले एक दैनिकलाई बताएका छन्, ‘अपवादस्वरुप औषधीको रुपमा प्रयोग गर्न राखिएको हो यो प्रावधान। हामीले अहिले पनि संसदीय व्यवस्था अपनाएका छौं त्यसैले बाहिरबाट मनपरी मन्त्री नियुक्त गर्न पाइन्न। यो संसद् र जनताको घोर अपमान हो।

अब भएर के गर्नु त नि, गर्नेले गरिहाले, हुनेले गरिहाले। संविधान बनाउने मुख्य काम दिएकाहरु मन्त्री बन्ने बार्गेनिङको फोहोरी खेलमा लागेका छन्।

तर, चियापसल र सार्वजनिक स्थलहरुमा हुने कुराकानीमा भइरहेका विरोध पार्टीभित्रै पनि देखिन थालेका छन् है। आज संसदीय दलको बैठकमा एमालेका सभासदहरुले प्रधानमन्त्री र पार्टी अध्यक्षको झाँको झारेछन्- सभासद हुँदाहुँदै बाहिरबाट मन्त्री बनाएको, जम्बो मन्त्रिमण्डल बनाएर जनतामाझ बेइज्जत गरेको भन्दै।

source:

http://www.mysansar.com/temp/1730.html


Monday, June 15, 2009

जनताले नचुनेका मन्त्रीहरु नै धेरै

























जनताले नचुनेका मन्त्रीहरु नै धेरै

किरण भण्डारी,काठमाडौं असार २- गठबन्धन दलले संवैधानिक व्यवस्थाको 'गलत प्रयोग' गरेकाले सरकारमा गैरसांसद् मन्त्रीको ताँती नै लाग्ने भएको छ। जनप्रतिनिधिलाई मन्त्री नियुक्त गर्नुपर्ने संसदीय प्रणालीको उपहास गर्दै दलहरुले झन्डै ४० प्रतिशत मन्त्री व्यवस्थापिका संसद् सदस्य नरहेका व्यक्ति नियुक्त गर्ने निश्चित भएको छ।

एमाले कांग्रेस र नेकपा माले ले प्रधानमन्त्री माधवकुमार नेपाललाई दिएको प्रस्तावित सूची तथा दस दिनअघि नियुक्त भइसकेकाको संख्या जोड्ने हो भने गैरसांसद मन्त्री नौ पुग्ने पक्कापक्की छ।

मधेसी जनअधिकार फोरम तराई मधेस लोकतान्त्रिक पार्टी र सद्भावनाको सरकारमा पूर्ण सहभागितापछि गैरसांसद् मन्त्री संख्या दर्जन कट्ने ठोकुवा बालुवाटार स्रोतले गरेको छ।

'पार्टीमा वर्चस्व कायम राख्न सांसद् नरहेका तर केन्द्रीय समितिमा रहेकालाई पनि मन्त्री दिनुपर्ने बाध्यता छ। त्यसैले एउटा बिनाविभागीय पनि चाहियो र हाम्रो भागमा परेको कृषि तथा सहकारी मन्त्रालय फुटाएर दुई मन्त्री नियुक्त गर्न पनि पाउनुपर् यो' सरकार विस्तार सम्बन्धी छलफलमा सहभागी एमालेका एक पदाधिकारीले फोरम नेता तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई उद्धृत गर्दै नागरिकसँग भने।

नियुक्त भइसकेका दस मन्त्रीमा गैरसांसद्को संख्या तीन छ। प्रस्तावित मन्त्री र राज्यमन्त्रीमा गैरसांसद् छ छन्। एमालेबाट वरिष्ठ मन्त्री विद्या भण्डारी र सरकारमा कांग्रेसको नेतृत्व गर्ने सुजाता कोइराला दुवै निर्वाचनमा पराजित उम्मेदवार हुन्। प्रधानमन्त्री नेपालसमक्ष आइसकेको सूचीअनुसार एमालेका दुई मन्त्री तीन राज्यमन्त्री गरी पाँच र कांग्रेसका एक राज्यमन्त्री गैरसांसद् छन्।
नेपाललाई प्रधानमन्त्री बनाउन सहयोग गरेका दलको सांसद् संख्या ३ सय ६० छ। प्रशस्त रोजाइको सम्भावना हुँदाहँ'दै दलको दबाबमा प्रधानमन्त्री बाहिरबाट मन्त्री नियुक्त गरिरहेका छन्।

बाधा अड्काउ फुकाउन र विशेषज्ञ सेवा आवश्यक पर्दा गैरसांसद् पनि मन्त्री हुन पाउने संवैधानिक व्यवस्था राखिएको हो। त्यसको दुरुपयोग गरी मन्त्री नियुक्त गर्न थालिएको र त्यो प्रवृत्ति झन् मौलाएको भन्दै संविधानका ज्ञाताले आपत्ति जनाएका छन्। उनीहरुले यो सिलसिला तत्काल रोक्न मागसमेत गरेका छन्।
अन्तरिम संविधान मस्यौदा समिति संयोजक लक्ष्मणप्रसाद अर्यालका अनुसार 'अपवादस्वरुप औषधीको रुपमा प्रयोग गर्न राखिएको प्रावधान दलहरुले दाल भातु ठानेका छन्। 'हामीले अहिले पनि संसदीय व्यवस्था अपनाएका छौं त्यसैले बाहिरबाट मनपरी मन्त्री नियुक्त गर्न पाइन्नु उनी भन्छन् 'यो संसद् र जनताको घोर अपमान हो।'

संविधानको धारा ३८ ५ प्रधानमन्त्रीले सम्बन्धित दलको सिफारिसमा व्यवस्थापिका संसद्को सदस्यमध्येबाट मन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था छ। धारा ४० ले 'प्रधानमन्त्रीले राजनीतिक सहमतिको आधारमा व्यवस्थापिका संसद्को सदस्य नभएको कुनै व्यक्तिलाई उपप्रधानमन्त्री मन्त्री राज्यमन्त्री वा सहायकमन्त्री पदमा नियुक्त गर्न सक्ने' बाटो खोलिदिएको छ।

'राजनीतिक सहमति' भनेको के हो भन्ने व्याख्या नै नगरी दलका नेताले दिएको सूचीका आधारमा गैरसांसद् मन्त्री नियुक्त भइरहेका छन्। पूर्वसांसद् तथा मस्यौदा समिति सदस्य हरिहर दाहालका अनुसार विभिन्न द्वन्द्वरत समूहलाई संविधान निर्माणका क्रममा सरकारमा सामेल गर्न आवश्यक परे बाटो नछेकियोस् भनी गैरसांसद् मन्त्री वन्न पाउने प्रावधान राखिएको हो।
'ज्यादै जरुरी पर् यो भने प्रयोग गर्ने भनेर इमर्जेन्सी ढोका राखेको हॊ' संवैधानिक कानुनका जानकार दाहालले भने 'संसद सदस्य नभएकालाई ह्वारह्वार्ती सरकारमा प्रवेश गराउने मनशाय हुँदै होइन।' अझ उक्त धाराको आडमा निर्वाचनमा पराजितलाई मन्त्री नियुक्त गर्नु संविधानमाथि बलात्कार भएको आरोप उनले लगाएका छन्।

अन्तरिम संविधान जारी भएपछि तीनवटै सरकारमा गैरसांसद् मन्त्री भएको नजिर पेस गर्दै अवैधानिक नभएको स्पष्टीकरण नेताले दिएका छन्। 'मन्त्री हुन सामान्यतयाः निर्वाचित हुनुपर्छ तर बाहिरियालाई पनि संविधानले अनुमति दिएको छु एमाले महासचिव ईश्वर पोखरेलले भने।
यस्तो नियुक्ति अवैधानिक नभए पनि राजनीतिक र नैतिक रुपमा भने होसियार हुनुपर्ने विषय भएको धारणा उनले व्यक्त गरेका छन्। 'मन्त्री नियुक्ति र सिफारिशको स्थिति हेर्दा त्यसरी नरोजिनुपथ्र्यो भन्ने कुरा जायजै हो' उनले भने 'यस विषयमा छलफल गर्नुपर्ने बेला आएको छ।'

अहिलेको मन्त्रीको सूची हेर्ने हो भने एमाले अत्यधिक संख्यामा गैरसांसद् नियुक्त गर्ने तरखरमा छ। एमालेको रोजाइमा किन गैरसांसद् पर्ने गरेका हुन पोखरेल भन्छन् 'एमालेमा मन्त्री हुन लायक धेरै बाहिरै छुटेकाले त्यसो गर्नुपरेको हो भनेर बुझ्नुपर्ला।'

अहिले र पहिला पनि साना वामले मन्त्रीको कोटामा सतप्रतिशत गैरसांसद्लाई मौका दिने गरेका छन्। नेकपा मालेको उदाहरण लिने हो भने गिरिजाप्रसाद कोइरालाको सरकारमा पनि उसले गैरसांसद् जगतप्रसाद बोगटीलाई पठाएको थियो। अहिलेपनि मालेका सात सांसद्लाई छाडेर मन्त्रीमा पार्टीले डम्मरबहादुर श्रेष्ठलाई सरकारमा पठाएको छ।

अन्तरिम संविधान जारी भएपछि २०६३ चैत १८ मा बनेको कोइराला सरकारले तत्कालीन जनमोर्चालाई मन्त्रीको दुई कोटा दिएको थियो। कोटा अनुसार नियुक्त स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल र राज्यमन्त्री शशि श्रेष्ठ दुवै गैरसांसद् थिए।

source:

http://www.nagariknews.com/politics/party-politics/1975-2009-06-16-00-21-31.html








Search and Buy from amazon.com