Showing posts with label bijaya gachchhedar. Show all posts
Showing posts with label bijaya gachchhedar. Show all posts

Tuesday, June 9, 2009

हाम्रो पक्ष आधिकारीक छः गच्छदार समूह

हाम्रो पक्ष आधिकारीक छः गच्छदार समूह

प्रम कार्यालय र निर्वाचन आयोगमा पत्र दर्ता

काठमाडौं, २६ जेठ(दैनिकी)

पछिल्लो समय निकै विवादमा आएको मधेसी जनाधिकार फोरममा आधिकारिकताको दाबी गर्ने क्रम सुरु भएको छ। 
पार्टी अध्यक्ष उपेन्द्र यादवले बहुमत केन्द्रीय सदस्यहरुको निर्णयबाट संसदीय दलका नेता विजय गच्छदारसहित सात जनालाई निश्कासन गर्ने र तीन नेतालाई सभासद्बाट हटाउने निर्णय गरेपछि आधिकारिकताको दाबी गर्ने क्रम सुरु भएको हो।
मंगलबार अपरान्ह संसदीय दलका नेता तथा पार्टीका वरिष्ठ नेता गच्छदारले केन्द्रीय समितिका १६ सदस्यहरुको हस्ताक्षरसहित संस्थापन पक्ष भएको दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन्। 
३५ सदस्यीय केन्द्रीय समिति रहेको फोरमको सुरुमा ४० प्रतिशत सदस्यहरुको हस्ताक्षरसहित संस्थापन पक्षको अर्थात आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता गरिएको गच्छदारले बताए। गच्छदारका अनुसार आफ्नो पक्षमा बहुमत सदस्य रहेकाले केही दिन भित्रै थप सदस्यहरुको हस्ताक्षर पनि बुझाइने छ। 
कम्तिमा १८ सदस्यले हस्ताक्षर गरेमा बहुमत सावित हुने छ। गच्छदार पक्षले निर्वाचन आयोगमा आधिकारिकताको दाबीसहित निवेदन दर्ता गराए पछि पार्टी विभाजनको औपचारिक संकेत देखिएको छ। निर्वाचन आयोगका अनुसार कम्तिमा चालीस सदस्यहरुको हस्ताक्षर भएमा अर्को पार्टी गठन हुन सक्ने छ। 
प्रमलाई पत्र 
मधेशी जनअधिकार फोरम गच्छदार समूहले प्रधानमन्त्री माधवकुमार नेपाललाई फोरमले दिएको समर्थन यथावत रहेको जनाउँदै २९ जना सभासद्को हस्ताक्षर बुझाएको छ। मंगलबार अपरान्ह फोरमका सचिव मृगेन्द्रकुमार सिंहको नेतृत्वमा रहेको टोलीले प्रधानमन्त्री नेपाललाई २९ सभासद्को हस्ताक्षर बुझाएका हुन्। भेटमा सरकारलाई दिएको समर्थन यथावत रहेको भन्दै मन्त्रिपरिषद् विस्तारमा लाग्नसमेत सुझाव दिएका थिए। 
एमाले पार्टी केन्द्रीय कार्यालय बल्खुमा पुगी गच्छदार समूहका नेताहरुले सरकारलाई दिएको समर्थन र पार्टीबाट सरकारमा नेतृत्व गर्ने सम्बन्धमा बहुमत सदस्यले गरेको हस्ताक्षरित पत्र प्रधानमन्त्री नेपाललाई बुझाएका थिए।


source:

http://www.dainikee.com/newsdetail-7638.html


Wednesday, June 3, 2009

गच्छदारलाई उपप्रधानमन्त्री दिन कोइरालाको दबाब

गच्छदारलाई उपप्रधानमन्त्री दिन कोइरालाको दबाब


बलारामा बानियाँ, काठमाडौं जेठ २१
मधेशी जनअधिकार फोरम संसदीय दलका नेता विजय गच्छदारलाई उप प्रधानमन्त्रीको पद दिन नेपाली कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले प्रधानमन्त्री माधवकुमार नेपाललाई दबाब दिएका छन्।
सभापति कोइरालाले बिहीबार बिहान प्रधानमन्त्री नेपाललाई फोन सम्पर्क गरी गच्छदारलाई उप प्रधानमन्त्री बनाउनु पर्ने बताएका हुन्। कांग्रेस सभापति कोइरालाले मधेशी जनअधिकार फोरमले गठवन्धन निर्माणका लागि गरेको योगदान स्मरण गर्न प्रधानमन्त्री नेपाललाई अनुरोध गरेका थिए।

कांग्रेस नेता खुमबहादुर खड्काले बिहीबार बिहान गच्छदारलाई लिएर सभापति निवास महाराजगन्ज पुगेका थिए। कोइराला र गच्छदारबीच वार्तापछि सभापति कोइरालाले प्रधानमन्त्री नेपाललाई फोन सम्पर्क गरेका थिए।

कोइरालाले गठवन्धनमा फोरमका तर्फबाट गच्छदारको नेतृत्वालाई मान्यता दिनुपर्ने र उनले मन्त्रीका लागि पठाएका नाममा सहमत हुन प्रधानमन्त्री नेपाललाई अनुरोध गरेका थिए।
source:
http://www.nagariknews.com/politics/party-politics/1623-2009-06-04-06-24-11.html

Search and Buy from amazon.com