गायक उदीत नारायण झा भन्छन्- 'म नेपाली होइन'
काठमाडौं/ 'जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी' अर्थात् आफू जन्मेको भूमि स्वर्गभन्दा पनि प्यारो हुन्छ भन्ने मर्मलाई भारतमा रहेका नेपाली गायक उदीतनारायण झाले फेरि एकपटक खिल्ली उडाएका छन् ।
एउटा भारतीय पुरस्कार प्राप्तिका लागि गायक झाले 'आफू नेपाली नभएको' बताउँदै 'आफ्ना विषयमा गलत प्रचारबाजी भएको' जिकिर गरेका छन् । झाले आफू नेपालमा नभएर भारतको बिहारमा जन्मेको बताएका छन् ।
भारतीय नागरिक नभए भारतको प्रतिष्ठित पद्मश्री पुरस्कार नपाउने भएपछि उदीतले आफू बिहारमा जन्मेको बताएका हुन् । इन्डो-एसियन न्युज सर्भिस (आइएएनएस) सँगको कुराकानीमा झाले आफूलाई सरकारले पुरस्कारका लागि उपयुक्त ठाने पनि केही व्यक्तिहरूले आफ्ना विषयमा गलत पहिचान तयार गरिरहेको आरोप लगाए ।
'उनीहरू म नेपालमा जन्मेको भन्छन्, तर यो कुरा एकदमै असत्य हो, म बिहारको सुपल जिल्ला बैसी गाविसमा १९५५ मा जन्मेको हुँ, त्यहाँ मेरो मावली हजुरबुबाको घर थियो,' उदीतले आइएएनएससँग भनेका छन् ।
गायक झा भारतीय नागरिक नभएकाले त्यहाँका नागरिकलाई दिइने उच्च सम्मान पद्मश्री पाउन लायक नरहेको चर्चा चलिरहेको वेला उनले आइएएनएससँग त्यस्तो कुरा बताएका हुन् ।
भारतमा जन्मेकाले आफू पद्मश्री पाउन लायक रहेको उनको दाबी छ । 'म चालीस वर्षदेखि गाइरहेको छु, म हुन सक्ने जति भारतीय भइसकेको छु । म कहिल्यै कुनै विवादमा फसेको छैन, मेरा बिहारी दाजुभाइले गरेको षड्यन्त्रका कारण एकपटकमात्र विवादमा परेको हुँ । तर पनि विवादमा नपरेको म एकमात्र व्यक्ति हुँ,' झाले भने ।
केही वर्षअघि उनकी जेठी श्रीमती रञ्जना झाले न्यायका लागि भारतीय सञ्चारमाध्यम गुहारेकी थिइन् । झा कान्छी श्रीमती दीपासँग लामो समयदेखि मुम्बईमा सँगै बसिरहेका छन् । 'मैले बिहारका लागि केही गरिनँ भनेर उनीहरू मसँग रिसाएका छन् । गत वर्ष बाढीले क्षति पुर्याएपछि मैले पाँच लाख रुपैयाँ दिए पनि उनीहरूको रिस शान्त भएको छैन ।
मलाई थाहा छैन, किन मानिसहरू मेरो रिस गर्छन् ? हुन सक्छ, उनीहरू मेरो डाह गर्छन्,' आफूलाई भारतीय सावित गर्दै झाले भनेका छन्, 'पछिल्लो समय म त्यति धेरै गीत गाउन सकिरहेको छैन, ३० वर्ष गाइसकेपछि गति अवरुद्ध हुनु स्वाभाविक हो, अब म छोरा आदित्यको क्यारियर हेर्न चाहन्छु ।'
पछिल्लो समय बुबाका निम्ति आदित्य केही गीतमा संगीत भर्दै छन् । 'आफ्नै छोराको गीतमा गाउन पाउनुमा म गौरवान्वित छु, कुनै पनि पिताका लागि यो सर्वाधिक गौरवको क्षण हो । हाम्रो सानो परिवार छ, कसैले यसमा हस्तक्षेप गरेको सहन सकिन्न,' उदीतको कथन छ ।
http://74.125.95.132/search?q=cache:qUsONriV-IsJ:www.nayapatrika.com/newsdetail.php%3Fid%3D901171048424419%26n_id%3D23+site:nayapatrika.com+naya+patrika+jhan&cd=1&hl=en&ct=clnk&gl=us
Showing posts with label Udit Narayan says he is completely indian. Show all posts
Showing posts with label Udit Narayan says he is completely indian. Show all posts
Monday, April 6, 2009
Subscribe to:
Posts (Atom)