Showing posts with label Girija Prasad Koirala rishi dhamala. Show all posts
Showing posts with label Girija Prasad Koirala rishi dhamala. Show all posts

Monday, April 6, 2009

धमलालाई रिहा गर्न प्रचण्डलाई गिरिजाको आग्रह

धमलालाई रिहा गर्न प्रचण्डलाई गिरिजाको आग्रह

Filed under: Uncategorized — admin @ 6:38 pm
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबीच आज भएको भेटवार्तामा समेत रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाको कुरा उठेको छ। कोइरालालाई भेट्न प्रधानमन्त्री कोइराला निवास महाराजगञ्जमा पुगेका थिए। सदनको गतिरोध अन्त्य गर्न एवं आफ्नो विदेश भ्रमणका उपलब्धिका बारेमा जानकारी दिन प्रधानमन्त्री त्यहाँ गएका हुन्।

भेटमा सभापति कोइरालाले पत्रकार ऋषि धमलालाई सरकारले गैरकानूनी थुनाममा राखेर प्रेसमाथि आक्रमण गरेकोमा आपत्ति जनाउँदै धमलालाई बिना शर्त तत्काल रिहाई गर्न आग्रह गरेका थिए। रिपोर्टर्स क्लबले पठाएको इमेलमा भनिएको छ-न्यायिक छानबिनका लागि धमलाको केसलाई न्यायालयमा लानुको साटो जिल्ला प्रशासन कार्यलयमा लगेकोमा कोइरालाले आपत्ति जनाएका थिए। उनले धमलालाई नियोजित रुपमा फँसाउन खोजिएको आरोपसमेत लगाए।

धमलामाथिको अभियोग निराधार भएको भन्दै तत्काल रिहा गरेर प्रेस स्वतन्त्रताको सम्मान गर्न कोइरालाले भनेका थिए रे। यसअघि पनि कोइरालाले पटक पटक धमलामाथि नियोजित षड्यन्त्र भएको प्रतिक्रिया दिदै आएका थिए। भेटमा प्रचण्डले धमलाको मुद्दामा आफू गम्भीर भएको र यसलाई तत्काल समाधान गर्न आफू लागि पर्ने बताए रे भनेर इमेलमा लेखिएको छ।

धमलाको मुद्दाको फैसला भोलि मंगलबार हुँदैछ। मंगलबार नै पुनरावेदन अदालतले धमलालाई हातहतियार तथा खरखजाना ऐन अनुसार हिरासतमा राखेर कारबाही गर्नुपर्ने हो कि हैन टुंगो लगाउने छ। तपाईँलाई के लाग्छ, अहिलेको डेभलपमेन्टहरु हेर्दा भोलि कस्तो फैसला होला ?

http://www.mysansar.com/temp/35.html#more-35

Search and Buy from amazon.com