Showing posts with label सुदले के दिए पछिल्लो सल्लाह. Show all posts
Showing posts with label सुदले के दिए पछिल्लो सल्लाह. Show all posts

Wednesday, May 27, 2009

सुदले के दिए पछिल्लो सल्लाह?

सुदले के दिए पछिल्लो सल्लाह?

१३-जेठ-२०६६,बुधवार
Image
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता छाड्दा 'प्रभु' भनी आक्रोश पोखेको छिमेकी मुलुक भारतले नेपाली कांग्रेस र एमालेलाई अघि बढ्न सल्लाह दिएको छ।


प्रधानमन्त्री माधवकुमार नेपालले शपथग्रहण गर्दा नै सबै दलको सहभागिता हुनेगरी सरकारलाई पूर्णता दिन पनि भारतले सल्लाह दिएको थियो। माओवादीपछिका दुई ठूला दललाई अब निरन्तर एकता देखाइराख्न उसले आग्रह गरेको छ। भारत सरकारका तर्फबाट राजदूत राकेश सुदले यस्तो सल्लाह दिएका हुन्। नयाँ सरकार बन्नुअघि र प्रमको निर्वाचनपछि पनि कांग्रेस र एमालेका शीर्षस्थ नेताहरूलाई भेटेका सुदले कमसेकम भारतीय दबाबमा होइन, आफ्नै मिहिनेतमा काम गर्दै छौँ भन्ने सन्देश दुवै देशका जनतामा पुगोस् भन्ने आफ्नो सरकारको चाहना रहेको पनि बताएका थिए। सुदले दिएको सल्लाहको खुलासा गर्दै पूर्वप्रम एवं नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले दुवै दलबीच झगडा बढ्ने काम नगर्न आफूलाई भनिएको बताउनुभएको हो। कोइरालाले आफ्ना पार्टी नेताहरूसामु प्रम निर्वाचनकै भोलिपल्ट सुदको सन्देश पुर्याहइसक्नुभएको उहाँको निजी सचिवालय स्रोतले बताएको छ।  
सर्वदलीय सहमतिको सरकार भने पनि अब तत्काल माओवादीलाई सरकारमा नल्याउन सुदले कोइरालालाई सल्लाह दिएका छन्। 'अब माओवादीलाई सामेल गर्ने प्रयास नगरौँ,' बरु दुई दलको एकता बलियो बनाऊँ– सुदले दिएको सुझाव सुनाउँदै कोइरालाले आफ्ना नेताहरूलाई सरकारमा नजाने कुरामा विवाद नगर्न आग्रह गर्नुभएको थियो। नेपाली जनतामा मात्र होइन दिल्लीमा पनि नेपालको राजनीतिमा भारतले धेरै खेलेको छ भन्ने प्रभाव परेको छ, तर भारत यस्तो प्रभाव नपरोस् भन्ने चाहन्छ– सुदको भनाइ सुनाउँदै कोइरालाले भन्नुभयो– यो सरकारका पालामा भारतले खेलेन, खेल्दोरहेनछ भन्ने प्रभाव दिन सकूँ भन्ने चाहेका छन्। पार्टी नेताहरूमाझ नै उहाँले आफूले भतिजा शेखर कोइरालालाई रक्षामन्त्री बनाउन चाहेको, तर सेनापति कटवालले आनाकानी गरेजस्तो देखाएकाले नबनाउने मुडमा पुगेको भनी सुनाउनुभयो। छोरी सुजाताले पनि आफूसँग मन्त्री बनाइदिन करकर गरेको उहाँको भनाइ थियो। सँगसँगै उहाँले सुजातासँग आक्रोश पोखेको बताएर अरूलाई नतर्सन सन्देश दिनुभयो। 'सुजातालाई भनिदिनू बाबुको निर्णयले मात्र हुन्न, पार्टीले निर्णय गर्नुपर्छ,' कोइरालाले भन्नुभयो। यसो भनेर पार्टीकै तर्फबाट निर्णय गराई सुजातालाई मन्त्री बनाउने चाहना कोइरालाले राखेको अड्कल केही नेताले गरेका छन्।

-- JANAAASTHA

source:

http://www.weeklynepal.com/index.php?option=com_content&task=view&id=23681


Search and Buy from amazon.com