Showing posts with label मूल भट्टको तलब एकाउन्न हजार. Show all posts
Showing posts with label मूल भट्टको तलब एकाउन्न हजार. Show all posts

Tuesday, May 12, 2009

मूल भट्टको तलब एकाउन्न हजार

मूल भट्टको तलब एकाउन्न हजार
 

दैनिकी संवाददाता
काठमाडौं २९ वैशाख-
 संस्कृति तथा पुनसंरचना मन्त्रालयले पशुपतिनाथ मन्दिरका मुल भट्टको मासिक तलब भत्ता एकाउन्न हजार रुपैयाँ तोकेको छ । नियमावली बनाएर पशुपति मन्दिरका मुलु भट्ट भट्ट र भण्डारीको तलबसुविधा पहिलोपटक मन्त्रालयले तोकेको हो । 
मन्त्रालयले यसै साता स्वीकृत गरेको पशुपति क्षेत्र विकास कोष कार्यव्यवस्था नियमावलीमा अनय सुविधाबाहेक मुलभट्टको तलबभत्ता ५१ हजार तोकिएको छ। यसैगरी भट्टहरुको मासिक तलब १९ हजार र दैनिक भत्ता सात सय रुपैयाँ तोकिएको छ । भण्डारीका लागि पालो पर्दा मासिक एक लाख तलब तोकिएको छ । मन्दिरमा पालैपालो गरेर एक सय आठजना भण्डारीले काम गर्दै आएका छन् । हरेक महिना चारजना भण्डारीको पालो पर्छ । सहयोगी भण्डारीका लागि मासिक २५ हजार पारिश्रमिक तोकिएको छ ।


यसअघि मदिरमा चढाइने भेटी मुल भट्ट र भण्डारीले बाँडिचुडि लिने गरेका थिए । पशुपतिनाथ मन्दिरमा पूजा साचालनका लागि एक मूल भट्ट तीन भट्ट तथा बासुकीनाथ मन्दिरमा एक भट्ट रहने व्यवस्था गरिएको छ। कोषका कोषाध्यक्ष गणेशबहादुर अधिकारीले पशुपतिको पूजा साचालन तथा व्यवस्थापन पारदर्शी बनाउन पुजारीको तबलभत्ता र सुविधा नियमावलीमा तोकिएको बताए ।

source:

http://www.dainikee.com/news/index.php?action=news_details&news_id=6731


Search and Buy from amazon.com