| जहाँ कुकुर व्रत बस्छ... हिजोआज मानिसले औँसी तथा एकादशीको ब्रत बस्न छाडेको यो जमानामा पशुले ब्रत बसेको घटनाले सबैलाई चकित तुल्याएको छ। लमजुङको सुन्दरबजार गाउँविकास समिति वडा नं. ८ पाउँदीको एउटा घरमा पालिएको कुकुर हरेक औँसी र एकादशीमा व्रत बस्दै आएको छ। पाउँदीबजारस्थित खुसीराम मिश्रको घरमा पालिएको राजु नाम गरेको कुकुरले हरेक औँसी र एकादशीको दिनमा माछामासु त परै जाओस् खानासमेत खाँदैन। कुकुरले आज मातातीर्थ औँसीको दिन पनि बिहानैदेखि केही नखाई ब्रत बसिरहेको कुकुरका मालिक मिश्रले जानकारी दिनुभएको छ। मानिसलाई एकादशी अथवा औँसी याद नभएको दिन पनि कुकुरलाई थाहा हुने गरेको छ। यतिसम्म कि कुनै बेला औँसी वा एकादशी दुई दिन परेको बेला घरका मान्छे पनि त्यही कुकुरले जुन दिन व्रत बस्छन्, त्यही दिनलाई मानेर व्रत बस्नुका साथै अन्य धर्मकर्मका कार्य गर्दै आएको खुसीरामका ८० वर्षीया आमा विष्णुमाया मिश्रले वताउनुभयो। सात वर्षको उमेर भएको कुकुरले विगत तीन वर्षदेखि औँसी, एकादशीमा ब्रत बस्दै आएको चाल पाएको मिश्र परिवारले बताएका छन्। त्यसअघि पनि एकादशी, औँसीमा बिहान मासुलगायतका खानेकुरा दिँदा कुकरले नखाने गरेका तर, धेरै पटक एकादशी, औँसीमा मात्र नखाएपछि आफूहरूलाई यसबारेमा थाहा भएको खुसीरामका भाइ गणेश मिश्रले बताउनुभयो। घरमा पालिएको कुकुरले देखाएको अचम्मको क्रियाकलापले मिश्र परिवारमात्रै होइन, वरपरका स्थानीयवासिन्दालाई पनि अचम्मित तुल्याएको छ। source: http://www.weeklynepal.com/index.php?option=com_content&task=view&id=22338 |
Showing posts with label जहाँ कुकुर व्रत बस्छ.... Show all posts
Showing posts with label जहाँ कुकुर व्रत बस्छ.... Show all posts
Saturday, April 25, 2009
जहाँ कुकुर व्रत बस्छ...
Labels:
जहाँ कुकुर व्रत बस्छ...
Subscribe to:
Posts (Atom)