Showing posts with label कटवालको मुद्दा फेरि सर्‍यो. Show all posts
Showing posts with label कटवालको मुद्दा फेरि सर्‍यो. Show all posts

Wednesday, May 6, 2009

कटवालको मुद्दा फेरि सर्‍यो

कटवालको मुद्दा फेरि सर्‍यो


एउटा प्रधानसेनापतिको मुद्दाले देशै विभाजित भइरहेको र मुलुकमा संवैधानिक संकट देखापरिरहेको बेला अदालतले अहिले नै विवादमा फँसिरहन उचित ठानेन जस्तो छ। नत्र राष्ट्रपतिद्वारा पदमा बहाल रहन निर्देशन दिइएका प्रधानसेनापति रुकमाङ्गद कटवालको उमेरका हद विवादका सम्बन्धमा आज फैसला हुने भनिएको थियो। तर आज पनि हुन सकेन।

प्रधानसेनापति कटवालको जन्ममिति विसं. २००१ कात्तिक २७ गते रहेकोमा तत्कालीन राजाको ठाडो आदेश हुकुमप्रमाङ्गीबाट २००५ साल कात्तिक २७ गते बनाएको भन्दै मुद्दा परेको थियो। यदि त्यो सही ठहरियो भने कटवाल प्रधानसेनापति हुनुअघि नै अवकाश पाइसकेका हुन्थे। हुकुमप्रमाङ्गी सबै खारेज हुने निर्णय जनआन्दोलन २ पछि भइसकेको छ।

अधिवक्ता दिलहरि शर्माले २०६३ साल भदौ २६ गते नै यो सम्बन्धी रिट दायर गरेका थिए। तर मुद्दा लम्बिँदा लम्बिँदा यहाँसम्म आइपुग्यो। अब लाग्छ कटवालले अवकाश पाउने भएपछि मात्रै अदालतले यो मुद्दामा फैसला गर्नेछ। आखिर जहाँ पनि कुरा ‘मिलाएरै’ हुने रहेछ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय दामोदरप्रसाद शर्मा र राजेन्द्रप्रसाद कोइरालाको संयुक्त इजासले प्रधानसेनापति कटवालको उमेर खुल्ने नोकरी विवरणसहित व्यक्तिगत फाइल महान्यायाधिवक्ताको कार्यालयमार्फत जङ्गी अड्डाबाट झिकाउने आदेश दिएका कारण आज हुने भनिएको सुनुवाइ पर सरेको हो।

सो फाइल पाइएपछि बल्ल अर्को सुनुवाइको मिति तोकिने भएको छ।

source:

http://www.mysansar.com/temp/631.html


Search and Buy from amazon.com