Monday, June 1, 2009

कटवाल र खड्का दुबैलाई अवकास दिउँ भन्दा माओवादी मानेनन् : खनाल

कटवाल र खड्का दुबैलाई अवकास दिउँ भन्दा माओवादी मानेनन् : खनाल


लक्ष्मीप्रसाद सापकोटा, पर्वत १८ जेठ

नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले  विकल्प हुँदाहुँदै माओवादीले स्वेच्छिक रुपमा सरकार छोडेर अरिङ्गाल रोदन देखाउन खोजेको बताएका छन्। प्रधानसेनापतिसँग स्पष्टीकरण लिनॆ कुरामा आफुले सहमति जनाएपनि पार्टीले प्रधान सेनापति रुक्माङ्द कटवाल र वलाध्यक्ष रथी कुलबहादुर खड्का दुवैलाई अनिवार्य अवकास दिएर तेस्रो व्यक्तिलाई प्रधानसेनापति वनाउने प्रस्ताव राखेको खनालले खुलासा गरेका छन्। अध्यक्ष खनालले सोमवार बिहान पर्वत सदरमुकाम कुस्मा बजारमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा माओवादी नेतृत्वको सरकारलाई एमालेले विखण्डन गराएको माओवादीको आरोप आधारहीन भएको बताए।

"माओवादी अझै पनि अपराधिक मनोवृत्तिवाट भिन्न रहन सकेको छैन," उनले भने "माओवादी सामाजिक फासिष्टवादी प्रवृत्तिकै कारण सरकारवाट वाहिरिनु परेको हो।"

एमालेले मुलुकमा देखिएको संकटलाई अवसरमा परिवर्तन गर्न हरेक तिक्ततापूर्ण आरोप प्रत्यारोपभन्दा माथि उठेर मुलुकको हितको लागि दृढतापूर्वक लागेको खनालले वताए।

आम जनताको स्वार्थको निम्ति एमालेले थुप्रै चुनौतीसँगै सरकारले नेतृत्व गरेको वताए।

उनले पार्टीको संगठनात्मक वैचारिक र राजनैतिक सुदृढिकरणका लागि गुठ उपगुठ सिर्जना नगरिकन एकतावद्ध र एकजुट भएर अगाडि वढ्न कार्यकर्ताहरुसँग आग्रह गरे। कम्युनिट आन्दोलनलाई अगाडि वढाउन एमालेको विचार र सिद्धान्तलाई हरेक दलले आत्मसाथ गर्नुपर्ने वताउँदै खनालले मुलुकले 'जोल्टीङ' खानुपर्ने स्थितिमा एमालेले सरकारको नेतृत्व गरेको वताए।

शान्ति प्रकृयालाई तार्किक निष्कर्षमा पुर्‍याउनु समयमै नयाँ संविधान निर्माण गर्नु राज्यको पुर्नसंरचना आर्थिक उन्नती र राष्ट्रिय एकतालाई कायम गर्नु अहिलेको सरकारको प्रमुख दायित्व भएको खनालले वताए। उनले पुरानो सरकारका नविन कार्यहरुलाई अनुसरण गर्दै जनभावना अनुरुप सरकार अगाडि वढ्ने धारणा व्यक्त गरे।

नेता खनालले नेकपा एमाले वाग्लुङको जिल्ला अधिवेशनको उद्‍घाटन गरी फर्कने क्रममा पर्वतका कार्यकर्ताहरुसँग भेटघाट गरेका हुन्। नेता खनाल सोमवार विहान ८ बजे नै काठमाण्डौतर्फ फर्किएका छन्।

खनाल राजधानी बाहिर भएकाले मन्त्रिमन्डल विस्तार र सरकारको साझा कार्यक्रमलाई टुंगोमा पुर्‍याउन अप्ठेरो परिरहेको छ।

source:

http://www.nagariknews.com/citizen-news/1-latest-news/1509-2009-06-01-04-00-23.html


No comments:

Search and Buy from amazon.com