Sunday, May 31, 2009

कटवाल र खड्का दुबैलाई अवकास दिउँ भन्दा माओवादी मानेनन् : खनाल

कटवाल र खड्का दुबैलाई अवकास दिउँ भन्दा माओवादी मानेनन् : खनाल

लक्ष्मीप्रसाद सापकोटा, पर्वत १८ जेठ

नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले विकल्प हुँदाहुँदै माओवादीले स्वेच्छीक रुपमा सरकार छोडेर अरिङ्गाल रोदन देखाउन खोजेको बताएका छन्। प्रधानसेनापतिसँग स्पष्टीकरण लिनॆ कुरामा आफुले सहमति जनाएपनि पार्टीले कटवाल र खड्का दुवैलाई अनिवार्य अवकास दिएर तेस्रो व्यक्तिलाई प्रधानसेनापति वनाउने प्रस्ताव राखेको खनालले खुलासा गरेका छन्। अध्यक्ष खनालले सोमवार बिहान पर्वत सदरमुकाम कुस्मा बजारमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा माओवादी नेतृत्वको सरकारलाई एमालेले विखण्डन गराएको माओवादीको आरोप आधारहीन भएको बताए।

"माओवादी अझै पनि अपराधिक मनोवृत्तिवाट भिन्न रहन सकेको छैन," उनले भने "माओवादी सामाजिक फासिष्टवादी प्रवृत्तिकै कारण सरकारवाट वाहिरिनु परेको हो।"

एमालेले मुलुकमा देखिएको संकटलाई अवसरमा परिवर्तन गर्न हरेक तिक्ततापूर्ण आरोप प्रत्यारोपभन्दा माथि उठेर मुलुकको हितको लागि दृढतापूर्वक लागेको वताउनुभयो । उहाँले पार्टीको संगठनात्मक वैचारीक र राजनैतिक सुदृढिकरणका लागि गुठ उपगुठ सिर्जना नगरीक एकतावद्ध र एकजुट भएर अगाडी वढ्न कार्यकर्ताहरुसँग आग्रह गर्नुभएको थियो ।

आम जनताको स्वार्थको निम्ति एमालेले थुप्रै चुनौतीसँगै सरकारले नेतृत्व गरेको वताउनुभएको छ।

वोल्दै मुलुक महत्वपूर्ण घडीवाट अगाडि वढीरहेको वताउँदै नेकपा एमालेले यतिवेला अभुतपूर्व प्रजातान्त्रिक अभ्यास गरिरहेको वताए। कम्युनिट आन्दोलनलाई अगाडि वढाउन एमालेको विचार र सिद्धान्तलाई हरेक दलले आत्मसाथ गर्नुपर्ने वताउँदै खनालले मुलुकले 'जोल्टीङ' खानुपर्ने स्थितिमा एमालेले सरकारको नेतृत्व गरेको वताए।

मुलुक यतिवेला राजतन्त्रको युग तोडेर संघीय लोकतान्त्रिक गणतन्त्रको युगमा प्रवेश गरिसकेको वताउँदै शान्ति प्रकृयालाई तार्किक निष्कर्षमा पुर्‍याउनु समयमै नयाँ संविधान निर्माण गर्नु राज्यको पुर्नसंरचना आर्थिक उन्नती र राष्ट्रिय एकतालाई कायम गर्नु अहिलेको सरकारको प्रमुख दायित्व भएको वताए। उनले पुरानो सरकारका नविन कार्यहरुलाई अनुसरण गर्दै जनभावना अनुरुप सरकार अगाडि वढ्ने धारणा राख्नुभएको थियो।

नेता खनालले नेकपा एमाले वाग्लुङको जिल्ला अधिवेशनको उद्‍घाटन गरी फर्कने क्रममा पर्वतका कार्यकर्ताहरुसँग भेटघाट गरेका हुन्। नेता खनाल सोमवार विहान ८ बजे नै काठमाण्डौतर्फ फर्किएका छन्।


source:

http://www.nagariknews.com/citizen-news/1-latest-news/1509-2009-06-01-04-00-23.html



No comments:

Search and Buy from amazon.com