दाहालको प्रतिवेदनमा मत विभाजन
काठमाडौँ, जेठ ७ (नागरिक)- एकीकृत नेकपा (माओवादी) केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनमा केन्द्रीय सदस्यहरुको मत विभाजन भएको छ। शुक्रवार पार्टी मुख्यालय पेरिस डाँडा, कोटेश्वरमा सुरु भएको बैठकमा सदस्यहरुको मत विभाजन भएपछि माओवादीको बैठक लम्बिएको छ।शुक्रवा बोल्ने केही केन्द्रीय सदस्यहरु संविधानसभाको म्याद थप्ने दाहालको प्रतिवेदनविरुद्ध खुलेर बोलेपछि बैठक लम्बिएको हो। बैठकले बैठकले संविधानसभाको म्याद थप्ने वा नथप्ने बारे पार्टीको आधिकारिक धारणा तय गर्ने जनाइएको छ।
केन्द्रीय कमिटीको बैठक सुरु हुनुअघि बिहान माओवादी पदाधिकारी बैठक बसेको थियो। सो बैठकका एजेन्डा सहित केन्द्रीय कमिटीको बैठक शुक्रवार दिउसोदेखि सुरु भएको हो।
source:
http://www.nagariknews.com/politics/party-politics/13656-2010-05-21-14-29-00.html
Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook
No comments:
Post a Comment