Thursday, July 2, 2009

भारतीय राजदूतलाई सेना समायोजनको चासो

भारतीय राजदूतलाई सेना समायोजनको चासो


काठमाडौँ, असार १८ (नागरिक)- भारतीय राजदूत राकेश सूदले शान्ति तथा पुनर्निर्माण मन्त्री रकम चेम्जोङसँग भेटीसेना समायोजनबारे चासो राखेका छन्।

बुधबार भएको भेटमा मन्त्री चेम्जोङले प्रधानमन्त्री माधवकुमार नेपालको संयोजकत्वमा सेना समायोजन विशेष समिति पुनर्गठन हुन सक्ने बताए।

पूर्ववर्ती सरकारका पालामा गठित समितिको संयोजकमा पूर्वप्रधानमन्त्री एवं एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल संयोजक छन्।

source:

http://www.nagariknews.com/politics/party-politics/2493-2009-07-02-03-28-11.html



No comments:

Post a Comment