सीमा मिचिएको छैनः सुजाता नेपाल-भारत सम्वन्ध विगार्न दुष्प्रचार : भारतीय राजदूत काठमाडौं, २२ जेठ (नागरिक) - परराष्ट्र मन्त्री सुजाता कोइरालाले दाङमा भारतीय पक्षले नेपाली सीमा मिचेको नपाइएको बताएकी छिन्। भारतीय राजदूत राकेश सूदसँग शुक्रबार आफ्नै निवास महाराजगन्जमा भेटेपछि कोइरालाले सन्चारकर्मीमाझ स्थलगत अवलोकनमा गएका सरकारी अधिकारीहरुबाट सीमा मिचेको तथ्यलाई खन्डन भएको बताइन्। भेटपछि भारतीय राजदूत राकेस सुदले दाङ, बारालगाएतका जिल्लामा भारतीय पक्षबाट नेपाली नागरिकलाई विस्थापित नगरिएको दाबी गरे। सञ्चारकर्मीकझ जिज्ञासामा राजदूत सूदले भारत र नेपालको राम्रो नहोस् भन्ने तत्वले विस्थापितको हल्ला फैलाएको आरोप लगाए। "नेपाली जनता भारतीय पक्षबाट विस्थापित भएका छैनन," राजदूत सूदले भने, "केही राजनीतिक दल र व्यक्ति नेपाल भारत सम्वन्ध बिगार्न दुष्प्रचारमा लागेका छन्।" उनले कसले हल्ला फिजाएको भन्ने जिज्ञासाको भने जवाफ दिन अस्वीकार गरे। परराष्टमन्त्रीको कार्यभार ग्रहण गरेकै दिन राजदूत सूदले मन्त्री कोइरालालाई उनकै निवासमा पुगेर भेट गरेका हुन्। कोइराला मन्त्रिपरिषद्को बैठक छोडेर राजदूत भेट्न निवास मण्डीखाटारमा पुगेकी थिइन्। source: |
http://www.nagariknews.com/politics/international/1682-2009-06-05-14-57-21.html |
No comments:
Post a Comment