Friday, June 19, 2009

जंगी अड्डाद्वारा पूर्वाग्रह राखी सरुवा

जंगी अड्डाद्वारा पूर्वाग्रह राखी सरुवा



काठमाडौं असार ५ (नागरिक) - नेपाली सेनाको जंगी अड्डाले थप एक सैनिक अधिकृतलाई पूर्वाग्रहका आधारमा सरुवा गरेको छ। जंगी अड्डाले शिवपुरीस्थित स्टाफ कलेजका महासेनानी बिजेन्द्र गौतमलाई पूर्वी पृतना इटहरीमा सरुवा गरेको जानकारी स्रोतले दिएको छ।

स्रोतका अनुसार शुक्रबारसम्म सेनाका सेकेन्डम्यान रहेका कुलबहादुर खड्कासित निकट रही काम गरेका कारण उनीमाथि पूर्वाग्रह राखी सरुवा गरिएको हो। जंगी अड्डीले एक महिनायता खड्काका नातेदार उनको निकट रही काम गरेका दर्जनभन्दा बढी सैनिक अधिकारीलाई सरुवा गरिसकेको छ।

source:

http://www.nagariknews.com/politics/defence/2115-2009-06-19-13-17-34.html


No comments:

Post a Comment