भूतघरमा माओवादी मुख्यालय | ![]() | ![]() |
९-असार-२०६६,मंगलवार | |
![]() मुलुकमा राजनीतिक परिवर्तनसँगै माओवादीहरू राजधानी प्रवेश गरेपछि माओवादीसम्बद्ध अखिल नेपाल ट्रेड युनियन महासङ्घको कार्यालय सोही भवनमा राखियो। घरवाला मात्र होइन छिमेकीहरू सबै नै 'कति दिनलाई हो' भनिरहेका थिए। तर अचम्म! माओवादी त्यहाँ पसेपछि एक दिन पनि भूत आएन र तर्साएन। भूतका कारण होटल सञ्चालन गर्न नसकेपछि बैंकबाट लिएको ऋण श्रेष्ठले चुक्ता गर्न सकेनन् र लिलामीमा समेत उनको नाम निस्किएको थियो। माओवादीको प्रवेशपछि एकाएक त्यो घरभित्र शान्ति छाउनुलाई छिमेकीहरूले माओवादीसँग भूत पनि डराउँदो रहेछ भनी टिप्पणी गरे। अहिले सोही घर माओवादीले पार्टी कार्यालयका लागि तीन करोड रुपैयाँमा खरिद गरेको छ। स्मरणीय के छ भने हाल माओवादीका विभिन्न कार्यालयहरू रहेको ललितपुर कोपुण्डोलस्थित बागमती किनारनजिक रहेको घर पनि माओवादी बस्न आउँदा बैंकले लिलाम गर्ने अवस्थामा पुगिसकेको थियो। अहिलेसम्म पनि उक्त घरको ऋण चुक्ता नभइसकेको बताइन्छ। घरका मालिक राधेश्याम श्रेष्ठका एक हितैषी मित्रले २४ लाखमा सो घर धरौटी राखी अमेरिका गएपछि कुनै सम्पर्क नगरेका कारण उनलाई त्यो ऋणको आपत आइलागेको थियो। पछि उक्त घरमा जो–जो बसे उनीहरूको भलो भएन र केही समय बस्दै छोड्दै गरे। केही राजनीतिक पार्टीहरू पनि नबसेका होइनन्, तर उनीहरू पनि त्यहाँ पुगेपछि फुट्नबाहेक जुट्न सकेनन्। राप्रपा त्यही घरमा बसेको बेला फुटेको हो। पछि नेकपा मालेको कार्यालय बस्यो, हाँसिखुसी त्यो घर भित्रिएका नेताहरू वामदेव गौतम र सीपी मैनालीबीच पछि त्यही घरमा बस्दा विभाजन भएको थियो। र, माओवादीलाई पनि त्यो घरमा बसेर खासै राम्रो भएको मान्न सकिन्न। बबिता बस्नेत/घटना र विचार source: http://www.weeklynepal.com/index.php?option=com_content&task=view&id=24980 |
No comments:
Post a Comment