ललितपुर गिर्जाघरमा विष्फोटन, दुईको मृत्यु | |||||
ललितपुर जिल्लाको धोबीघाटस्थित एउटा गिर्जाघरमा शनिवर बिहान भएको विष्फोटनमा परी दुईजनाको मृत्यु भएको प्रहरी अधिकारीहरुले जनाएका छन्। एजम्पसन चर्च नामक सो गिर्जाघरमा सवा नौ बजे अज्ञात समूहद्धारा गराइएको बम विष्फोटनमा परी अन्य बाह्र जना घाइते भएका थिए। मर्नेहरूमा सेन्ट मेरिज स्कूलमा अध्ययनरत एकजना १५ वर्षिया छात्रा र अर्की एक महिला भएको प्रहरीले जनाएको छ। करीब ३०० जना मानिसहरु बिहानको प्रार्थनामा भेला भएको बेला विष्फोट भएको ललितपुर जिल्लाका प्रहरी प्रमुख केदार मानसिंह भण्डारीले जानकारी दिएका छन्। पर्चा उनका अनुसार विष्फोट भएको स्थल वरिपरि नेपाल डिफेन्स आर्मी नामक एउटा हिन्दू अतिवादी संगठनले पर्चा छरेको थियो। प्रहरीले उक्त विष्फोटबारे अनुसन्धान थालिसकेको जनाएको छ। विष्फोटनपछि अधिकारीहरूले राजधानीका गिर्जाघरहरूको सुरक्षामा कडाइ गरेका छन्। संविधानसभाले देशलाई धर्मनिरपेक्ष घोषणा गरेपछि त्यसको विरोधमा सकृय केही समूहले छिटफूट रुपमा अल्पसंख्यक धार्मीक सम्प्रदायहरूलाई लक्षित गरी आक्रमण गर्न थालेका छन्। केही समयअघि पूर्वी तराईमा एउटा मस्जीदमाथी आक्रमण गरिएको थियो। source: http://www.bbc.co.uk/nepali/news/story/2009/05/090523_nepal_explosion.shtml |
No comments:
Post a Comment