Wednesday, April 8, 2009

तरकारीमा नेपाल आत्म निर्भर

तरकारीमा नेपाल आत्म निर्भर


काठमाडौं चैत २६ (दैनिकी)- देशमा चाहिने ताजा तरकारीमध्ये ९८ प्रतिशत नेपालमै उत्पादन हुन थालेको छ। पाँच वर्षअघि मागको ७० प्रतिशत तरकारीमात्रै यही उत्पादन हुन्थ्यो।
कृषि मन्त्रालयका प्रवक्ता हरि दाहालले नपुगेको २ प्रतिशत तरकारी भारतबाट आउने जानकारी दिए। गत वर्ष भारतबाट १ अर्ब २१ करोड रुपैयाँको ताजा तरकारी भित्रिएको थियो। त्यसमध्ये २६ हजार ७ सय टन कालीमाटी तरकारी बजारमा ल्याइएको थियो।
गत बर्ष नेपालमा उत्पादित तरकारी ११ प्रतिशतले बढेको थियो। देशमा २५ लाख ३८ हजार टन तरकारी उत्पादन हुन्छ। कृषि मन्त्रालयको तथ्यांकअनुसार प्रति हेक्टर १२ हजार २ सय किलो तरकारी उत्पादन हुन्छ। यसको मूल्य सरदर एक खर्ब रुपैयाँ हो।
´सिंचाई सुविधा बढेकाले तरकारी खेतीमा उल्लेख्य बढेको हो´- दाहालले भने। दश वर्ष अघिको तुलनामा तरकारी खेती गर्ने जमीन ४० प्रतिशतले बढेको छ। उत्पादन ७० प्रतिशतले वृद्धि भएको जनाइएको छ। एक दशक पहिले एक हेक्टर जमीनमा झण्डै १० हजार किलो तरकारी उत्पादन हुने गरेकोमा अहिले १२ हजार २ सय किलो उत्पादन हुन्छ।
रसायनिक मल र किटनाशक विषाधीको बढ्दो प्रयोगले पनि तरकारीको उत्पादन बढाएको छ। ´मलले उत्पादकत्व बढाएको छ भने विषाधीले रोग किराबाट बचाएर उत्पादन बृद्धिमा सहयोग गरेको छ´- दाहालले भने ।
हाइब्रीड बीउको प्रयोगले पनि तरकारीको उत्पादन बढाएको हो। गत वर्ष मात्र ६ करोड १७ लाख रुपैयाँको बीउ विदेशबाट आयात भएको थियो। नेपालमा वार्षिक १ हजार ५ सय टन तरकारीको बीउ आवश्यक पर्छ ।
´मिसन प्याज´ कार्यक्रमजस्ता तरकारी उत्पादनका कार्यक्रम सरकारले अघि सारेकाले पनि तरकारी खेती बढ्दै गएको हो । तरकारीमा आत्मनिर्भर बनाउन यस्ता कार्यक्रमलाई मन्त्रालयले निरन्तरता दिने बताएको छ ।
विश्वव्यापी रुपमा ताजा तरकारीको खपत प्रतिव्यक्ति १ सय दुई किलो छ। नेपालमा भने यस्तो खपत प्रतिव्यक्ति ९५ किलो मात्र छ। विश्व स्वास्थ्य संगठनका अनुसार मानिसलाई स्वस्थ रहन दैनिक ४ सय ग्राम ताजा तरकारीको आवश्यक पर्छ ।

http://www.dainikee.com/news/index.php?action=news_details&news_id=5974

1 comment:

  1. flulseplecy
    http://highstandard.nl/wordpress/?attachment_id=522
    http://www.spywaresremoval.com/spoolsv-exe.html
    http://www.spywaresremoval.com/amdpt-exe.html
    http://www.infolusion.com/digital-signature-by-microsoft
    http://www.idiaocha.com/2010/11/know-your-robots
    http://www.poselikeamodel.com/?p=193
    http://totalwar.org.pl/news/shogun-2-total-war-tlumaczenie-zapowiedzi-z-przecieku/7944
    http://momon.muse-lab.net/archives/71
    http://www.sierra.jp/otb/blog/20109.html
    http://madanya.net/?p=1532
    http://hobbynet.yukapiyon.com/blog/saki/?p=2544
    http://www.upperclassmagazine.com/?attachment_id=63
    http://it360.sakura.ne.jp/bwp034/archives/1846
    http://hulkur.pri.ee/wiimaneweerg/?p=523
    http://livheye.com/html/y2010/515.html
    http://www.5oundation.com/?p=1159
    http://www.actufoot06.com/morlino/index.php?blog=5&title=title_114&more=1&c=1&tb=1&pb=1
    http://mundocinema.com/noticias/adam/2668
    http://www.spywaresremoval.com/winuptdate-exe.html
    http://madanya.net/?p=2377
    http://www.thecedic2007.altervista.org/?p=408
    http://www.be8boss.info/23.html
    http://www.latrinitaria.chiapas.gob.mx/portal/?p=902
    http://www.lulucarter.se/post/2010/04/04/Tre-magiska.aspx
    http://www.presellpages.yoyo.pl/?p=2306

    illelekex

    ReplyDelete