Saturday, June 27, 2009

दर्जनौं कलाकार माओवादी प्रवेश

दर्जनौं कलाकार माओवादी प्रवेश

काठमाडौं १३ असार (दैनिकी)

नेपाली सिने उद्योगमा पनि औपचारिक रुपमा राजनीतिक रंग लागेको छ । नेपाल सिने उद्योगका दर्जनौं कलाकारहरु शनिबार एकै पटक माओवादीमा प्रवेश गरेपछि रंगीन संसार राजनीतिबाट रंगिएको हो ।
माओवादीमा चर्चित निर्माता निर्देशक युवराज लामासहित यसअघिनै 'माओवादी' को ट्याग लागि सकेका निर्देशक केपी पाठकको नेतृत्वमा करिब सय जना कलाकार माओवादी प्रवेश गरेका हुन ।
माओवादी प्रवेश गर्र्ने कलाकारहरुमा मौसमी मल्ल, राजेन्द्र खड्गी, शिव रेग्मी, केपी पाठक, दिपक श्रेष्ठ, सुभाष गजुरेल, अन्जु पन्त, सृजना बस्नेत, सुरज सुब्बा, कल्याण घिमिरे, मौनता श्रेष्ठ, छवि ओझा, उदय सुब्बा, बसन्तकुमार श्रेष्ठ, हिमाल केसीलगायतका कलाकारहरु रहेका छन ।
माओवादीमा प्रवेश गर्ने अन्य सिनेकर्मीहरुमा दीप तुलाधर, जयनन्द लामा, भुवन श्रेष्ठ, सुनीलदत्त पाण्डे, रोशन श्रेष्ठ, योगेश घिमिरे, गोपाय कायस्थ, सुरज चन्द, सुन्दर श्रेष्ठ, कल्याण घिमिरे, सुलेमान शङकर ९इकु०, शम्भु सापकोटालगायतका छन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीहरुलाई रातो टीका र अवीर माला लगाएर स्वागत गरे ।

source:

http://www.dainikee.com/newsdetail-8284.html



Friday, June 26, 2009

कोइराला यति टिपटप देखिन्छन् कसरी ?

कोइराला यति टिपटप देखिन्छन् कसरी ?
अन्य समाचार
पुरानो अंक

बालकृष्ण अधिकारी /नयाँ पत्रिका
काठमाडौं, ११ असार
2009-06-26,Friday


८७ वर्षको उमेरमा पनि कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको 'गेटअप' लोभलाग्दो छ । कोइराला आफ्नो निवासमा अक्सिजन लिएर सुतेका छन् भनेर बारम्बार खबर आउँछ, तर जब उनी बाहिर निस्कन्छन्, मुहारमा चमक हुन्छ, खुट्टामा तीव्र चाल ।

कोइरालाका सहयोगी उनको फुर्तीको मुख्य कारण अनुशासित दैनिकी हो भन्छन् । उनीहरूका अनुसार कोइराला बिहान उठेर नियमित आयुर्वेदिक साबुनले नुहाउँछन्, आराम गर्छन्, सन्तुलित खाना खान्छन् । उनी आफ्नो स्वास्थ्यको ख्याल आफैं गर्छन्, थोरै तलमाथि परे सचेत गराउन डाक्टरको समूह छँदै छ ।

निकटवर्तीहरूका अनुसार २०६३ सालसम्म कोइराला नियमित रूपमा बियर सेवन गर्थे । तर, 'ब्रोङकाइटिस'ले च्यापेपछि उनले बियर खान छाडेका हुन् । अहिले सबैखाले मदिरा र चुरोट पनि त्यागेका छन् ।
विशेष काम नपरेसम्म उनी बाहिर निस्कँदैनन्, कतिसम्म भने विशेष नठाने पार्टी केन्द्रीय समितिको बैठकमा पनि जाँदैनन् । संविधानसभा चुनावपछि संसद्मा पनि उनी तीनपटक मात्र गएका छन् ।

'सभापतिज्यूको अनुशासित टाइमिङ छ, त्यसैले उहाँलाई स्वस्थ राखेको हो,' कोइरालाका निजी सचिव शेखर थापा भन्छन्, 'त्यसले नै उहाँलाई तन्दुरुस्त र आकर्षक बनाएको छ ।' थापाका अनुसार मीठो-नमिठो जे पाए पनि कोइरालाको खाना तलमाथि हुँदैन । खाना खाने समयमा त उनी कहिल्यै सम्झौता गर्दैनन् ।

कोइरालाको उचाइको अनुपातमा तौल भने कम छ । तर, दुब्लोपनलाई छोपेको छ उनको 'टिपटप' पोसाकले । पहिले पहिले उनी पाइन्ट लगाउँथे । तर, पहिलोपटक प्रधानमन्त्री भएदेखि नै उनी बाहिर हिँड्दा दौरासुरुवाल, कोट, कालो जुत्ता र कालो टोपी लगाउँछन् ।
कांग्रेस सभापति कोइरालाको दौरासुरुवाल डिल्लीबजारमा रहेको रामकृष्णको नेपाली पोसाक टेलर्समा सिलाउने गरिएको छ । नापो लिन रामकृष्ण कोइरालानिवासमै जान्छन् । 'दौरासुरुवाल त अरूको पनि सिउँछु, तर गिरिजाबाबुको चाहिँ म घरमै गएर नापो लिन्छु,' रामकृष्णले नयाँ पत्रिकासित भने । कोइरालाका सहयोगीले ठमेलस्थित क्याप हाउसबाट कालो टोपी किन्ने गरेका छन् ।

नेपाली पोसाक टेलर्सका प्रमुख रामकृष्ण कोइरालाको गोरो र अग्लो अनुहारले पनि उनलाई आकर्षक देखाएको बताउँछन् । उनी भन्छन्, 'अग्लो शरीर र गोरो अनुहारले गर्दा उहाँलाई जे लगाए पनि सुहाउँछ, त्यसमा पनि उहाँ हक्की हुनुहुन्छ । हक्की मान्छेको कुरै बेग्लै ।'
कोइरालासँग अहिले २० जोरभन्दा बढी दौरासुरुवाल छन् । नयाँ-नयाँ जुत्ताको निकै सौखिन कोइरालाका लागि घडीको भने खासै महत्त्व छैन । उनी साधारण घडी लगाउँछन् । तर, जुत्ता भने भारतको प्रख्यात कम्पनी लिबर्टीकै चाहिन्छ ।
बिरामी भएकै वेला पनि उनी बिहान ३ बजे उठ्छन् । उनका सेवकहरू भन्छन्, 'उहाँ ३ बज्न पाँच मिनेट बाँकीदेखि तीन बजेर पाँच मिनेट जाँदासम्ममा ब्युँझनुहुन्छ ।'

बिरामी भएकै वेला पनि बिहान ३ बजे उठेर नियमित आयुर्वेदिक साबुनले नुहाउँछन् ।

०६३ सालसम्म नियमित बियर सेवन गर्थे । तर, 'ब्रोङकाइटिस'ले च्यापेपछि मदिरा र चुरोट पनि त्यागेका छन् ।

बिहान चिया खान उनलाई ४५ मिनेट लाग्छ, शौचालयमा एक घन्टा बिताउँछन् ।

बिहान अलिकति भात र बेलुका पातलो एउटा रोटी, एउटा मिठाई, एक टुक्रा कुखुराको मासु र सुप खान्छन् ।

भोजभतेरमा कहिल्यै खाँदैनन् । ८:४५ मा सुतिसक्छन् ।
उनको दैनिकी चियाबाट सुरु हुन्छ । ओछ्यान छाडेपछि रात्रिपोसाक परिवर्तन गर्छन् । रात्रिपोसाकमा कमिज र सुरुवाल हुन्छ ।
उनी ओछ्यानमै चिया पिउन रुचाउँछन् । चिया खान उनलाई ४५ मिनेट लाग्छ । यो समयमा उनी कालो दुई र दूध हालेको पाँच कप चिया खान भ्याउँछन् । सिसाको लामो गिलासभरि चिया खाने उनको युवाकालदेखिकै सोख हो जो अहिले पनि कायम छ । चियापत्ति उनी इलामको र रसियन प्रयोग गर्छन् ।

बिहान ३:४५ बजे ओछ्यान छोडेर उनी लाग्छन् शौचालयतिर जहाँ उनी एक घन्टा बिताउँछन् । शौचालयमा लामो समय बिताउने उनको पुरानो बानी हो ।
रोचक पक्ष के भने उनी यो उमेरमा पनि आफैं दाह्री काट्छन् । उनका एक सहयोगीले भने, 'प्रधानमन्त्री रहेकै वेला बिरामी भएर गंगालालमा भर्ना हुँदा दुई दिन दाह्री काट्न सक्नुभएन । नत्र उहाँ सधैं आफैं दाह्री काट्नुहुन्छ ।' कोइराला जिलेट टर्बो रेजर प्रयोग गर्दछन् ।

सभापति कोइरालाको कपाल काट्ने पुरानै हजाम छन् विराटगरमा । उनी गृहनगर विराटनगर पुगेको वेला मात्र कपाल काट्छन् । निजी सचिव थापाले भने, 'सभापतिज्यूको कपाल काट्ने विराटनगरमा एकजना पुरानो ठाकुरदाइ हुनुहुन्छ, उहाँसँग मात्र कपाल काट्ने गर्नुभएको छ ।'
उनलाई दैनिक नुहाउनैपर्छ । त्यो पनि सावरमा होइन, बाल्टीमा पानी थापेर जगले हाल्दै । उनका सहयोगीका अनुसार उनी विदेश गएको वेलासमेत नुहाउन बाल्टी र जग नै खोज्छन् ।

अस्पतालको बेडमा रहेको वेलामा समेत उनलाई नुहाउनैपर्छ । नुहाउन नमिल्ने अवस्थामा उनका सहयोगीले तौलिया भिजाएर जीउ पुछिदिन्छन् । उनी नेपालमा नै बनेको आयुर्वेदिक साबुन प्रयोग गर्दछन् ।
नुहाएपछि ४:४५ बजे दौरासुरुवाल, कोट, टोपीका साथ चिटिक्क परेर उनी आफ्नो कोठाबाट बाहिरिन्छन् । कुनै भेटघाट नभए उनी कुर्थापाइजामा लगाएर बस्छन् । साढे पाँच बजेको समय हो, बिहानी खाजाको । उनको बिहानीको खाजामा दुई पिस पाउरोटीको साथमा एक कोसा केरा, स्याउका केही टुक्रा, एउटा अन्डा, च्यबनप्रास र एक गिलास मत्था खाएपछि उनी अघाउँछन् । अनि लाग्छन् शयनकक्षतिर आराम गर्न ।

उनी ओछ्यानमा आराम गरेरै दैनिक पत्रिकाहरू सुन्छन् । पत्रिका सुनाउने जिम्मा छ उनको स्वकीय सचिव शेखर थापाको । थापाले कोइरालालाई प्रायः सबै दैनिक पत्रिकाको हेडिङ पढेर सुनाउँछन् । कुनै समाचारमा कोइरालाले चाख देखाए भने उनी पूरै पढेर सुनाइदिन्छन् । करिब आधा घन्टा पत्रिका सुन्ने काममा खर्चिन्छन् कोइराला । त्यसअघि कोइराला ६:१५ सम्म क्यासेटबाट आफूलाई मनपर्ने विभिन्न भजन सुन्छन् ।
आँखामा समस्या नआउँदासम्म भजनका किताब र पत्रिकाहरू आफैं पढ्थे उनी । अहिले भने भजन क्यासेटबाट र पत्रिका सहयोगीबाट सुन्छन् ।

६:४५ देखि ७ बजेसम्ममा कोइरालाको राजनीतिक भेटघाट सुरु हुन्छ । यो भेटघाट बढीमा ११ बजेसम्म कायम हुन्छ ।
बिरामी भएको वेलामा समेत नियमित भेटघाट गर्न रुचाउने कोइराला आफूलाई भेट्न को आए को आएनन् भन्ने कुरामा समेत निकै चासो राख्छन् । स्वास्थ्यमा पटक-पटक समस्या देखिएपछि उनलाई डाक्टरहरूले आराम गर्न सल्लाह दिएका छन् तर पनि उनी पार्टीका पदाधिकारीहरूसँगको छलफलमा दुई घन्टा बिताउँछन् ।

साढे ११ देखि १२ बजेसम्मको उनको समय हो खाना खाने । खानामा थोरै भात हुन्छ । उनलाई खानामा रोटी, एक टुक्रा कुखुराको मासु र मिठाई अनिवार्य चाहिन्छ । त्यसमा मिसिन्छ सुप । स्वकीय सचिव थापा भन्छन्, 'प्रायः साधारण खानामै उहाँको रुचि छ ।'
बाहिर कुनै कार्यक्रम नभए कोइराला लाग्छन् पुनः ओछ्यानतिर । उनी खाना खाएपछि प्रायः डेढ घन्टा सुत्छन् ।

मध्याह्न २ बजे उनी उठ्छन् । काम भए विदेशीलाई भेट्छन्, नभए स्वदेशीलाई । ५ देखि ६ बजेसम्म पारिवारिक भेटघाटमा व्यस्त हुन्छन् उनी । पारिवारिक भेटघाटमा छोरी सुजाता नै हुन्छिन् आजभोलि । उनी कुनै कार्यक्रममा सहभागी भए पनि साढे ६ बजे आफ्नो निवासमा फर्किसक्छन् । साढे ६ बजे दिउँसोको कपडा फेर्छन् र रात्रिपोसाक लगाउँछन् । उनी कोठामा छिर्छन् र लाग्छन् टेलिभिजन हेर्न । उनी टेलिभिजनको च्यानल घुमाइघुमाई आफैं हेर्छन् ।

उनी बेलुकाको समय प्रायः एक्लै हुन्छन् । बेलुकाको खाना उनी आफ्नै कोठामा खान्छन् । खाना खाने समय हो सवा आठदेखि साढे आठ । बेलुका सानो र पातलो एउटा रोटी, एउटा गुलियो मिठाई, एक टुक्रा कुखुराको मासु र सुप खान्छन् । अत्यन्त कम खाना खाने कोइराला बढी मात्रामा सुप रुचाउँछन् । कोइराला वेलावेला परेवाको मासु खान पनि रुचि राख्छन् ।

कोइराला पारिवारिक जमघटमा त सहभागी हुन्छन् नै पार्टीका नेता तथा कार्यकर्ताको विवाह, व्रतबन्धमा समयले भ्याएसम्म पुगेकै हुन्छन् । तर, उनी सार्वजनिक समारोह र भोजभतेरमा खाना कहिल्यै पनि खाँदैनन् । ८:४५ मा कोइराला सुतिसक्छन् ।
धर्मकर्ममा विश्वास राख्दैनन् कोइराला । त्यसैले उनको दैनिकीमा कहिल्यै मन्दिर जाने समय पर्दैन । जन्मदिनसमेत मनाउँदैनन् उनी । दसैं-तिहारसमेत सामान्य रूपमा मनाउँछन् ।

michael jackson jams internet

ज्याक्सनको मृत्युले इन्टरनेट जाम

smaller text tool iconmedium text tool iconlarger text tool icon
काठमाडौँ, असार १२ (एजेन्सी)- प्रख्यात पप गायक माइकल ज्याक्सनको शुक्रबार बिहान मृत्यु भएको खबर फैलिए लगत्तै इन्टरनेटमा यति ट्राफिक बढ्यो कि केही चर्चित साइटहरु बन्द हुन पुगे। इन्टरनेट सर्च इन्जिन गुगलले त ह्याकरहरुबाट आक्रमण भएको होला भन्ने ठानेर आधा घण्टा सर्भरै बन्द गर्‍यो। शोक सन्देश अपडेट गर्ने फ्यानहरुको भीड थाम्न नसकेर माइक्रोब्लगिङ साइट ट्विटर पनि क्र्यास हुनपुग्यो।
ट्विटरका २२ प्रतिशतभन्दा बढी सन्देश ज्याक्सनका विषयमा थिए। अमेरिकी राष्ट्रपतिको निर्वाचनपछि ट्विटरमा चाप बढेको यो पहिलो घटना थियो।

सोसल मिडिया साइटको निगरानी गर्ने ट्रेन्डरको प्रारम्भिक तथ्याङ्क अनुसार माइकल ज्याक्सन शब्द भएका सन्देश प्रति घण्टा १ लाखको संख्यामा अपडेट भएका थिए।

बीबीसी न्युजको वेबसाइटको ट्राफिक पनि सामान्य अवस्थामा भन्दा ४८ प्रतिशतले वृद्धि भएको थियो।

अधिकांश नेपालीले पनि आफ्नो फेसबुकमा माइकल ज्याक्सनको मृत्युको विषयलाई अपडेट गरेका छन्। नागरिकन्युजको यही समाचारमा पनि सामान्य समाचारमा भन्दा निकै बढी पाठकको कमेन्ट देखिएको छ।

कीनोट सिस्टमका अनुसार विश्वका प्रख्यात वेबसाइटहरु एओएल. सीबीएस, सीएनन, एमएसएनबीसी र याहूका साइट खोल्नमा समस्या देखिएको थियो।

ज्याक्सनको मृत्युको पहिलो समाचार सेलिब्रिटी गसिपका लागि प्रख्यात साइट टीएमजेले ब्रेक गरेको थियो। यस लगत्तै इन्टरनेटका दर्शकहरु समाचारको पुष्टिका लागि अन्य साइटहरुमा जान थालेका थिए।

रहेनन् माइकल ज्याक्सन
लस एन्जलसस्थित आफ्नै निवासमा ह्रदयाघात भएका ज्याक्सनलाई अस्पतालमा लग्ने क्रममा मृत्यु भएको थियो। उनी ५० वर्षका थिए। अंग्रेजी पप गायनलाई विश्वभर लोकप्रिय बनाएका कारण उनलाई 'पप सम्राट' पनि भन्ने गरिन्थ्यो। छालाको क्यान्सरसित जुध्दै गरेका ज्याक्सनले अर्को महिना लन्डनमा कन्सर्ट गर्ने तयारी गरिरहेका थिए। कन्सर्टका लागि साढे सात लाख टिकट बिकिसकेका थिए।

ह्रदयाघात हुनुको कारण सार्वजनिक गरिएको छैन। तर लागू औषधका दुर्व्यसनी ज्याक्सनले बढी मात्रामा औषधि खाँदा ह्रदयाघात भएको हुनसक्ने पश्चिमी सञ्चार माध्यमहरुले बताएका छन्।
अहिले जस्तो स्याटेलाइट टेलिभिजनहरुको उपस्थिति बिनै पनि नेपाल जस्तो देशमा समेत असीको दशकमा माइकल ज्याक्सनको प्रभाव गहिरै थियो। नेपाल मात्र हैन, विश्वभर अ‌ग्रेजी पप गीतलाई लोकप्रिय बनाउनमा उनको ठूलो योगदान छ।
ज्याक्सन परिवारका सातौँ सन्तानका रुपमा सन् १९५८ मा जन्मिएका माइकल जोसेफ ज्याक्सनले ११ वर्षको कलिलो उमेर मै आफ्नो व्यावसायिक करिअर सुरु गरेका थिए। सुरुमा उनी ज्याक्सन फाइभ ब्यान्डका सदस्य थिए। सन् १९७१ देखि उनले एक्लो सा‌गीतिक यात्रा सुरु गरे जुन निकै सफल हुन पुग्यो। उनका एल्बमहरु विश्व कै बेस्ट सेलिङ हुन पुगे।

१३ ग्रायमी अवार्ड र १३ नम्बर वन सि‌गल्स जित्ने उनको कीर्तिमान अहिलेसम्म कसैले तोड्न सकेका छैनन्। चार दशकसम्म उनी विश्वभरका मिडियामा छाइरहे। पछिल्लो पटक भने विभिन्न स्क्याण्डलमा जोडिएर उनको नाम आउने गर्थे। बाल यौन दुर्व्यवहारको आरोपमा उनीमाथि छानबिन समेत भयो। तर आरोप प्रमाणित हुन सकेन।
लस एन्जलसस्थित आफ्नै निवासमा ज्याक्सनलाई ह्रदयाघात भएको थियो। आपतकालीन उपचारका लागि चिकित्सकहरु स्थानीय समय अनुसार मध्याह्न साढे १२ बजे पुग्दा ज्याक्सनको श्वास रोकिसकेको थियो। युसीएलए मेडिकल सेन्टरतर्फ उनलाई लगिएको थियो। त्यहीँ उनको मृत्यु भयो। स्थानीय समय अनुसार दिउँसो २ बजेर २६ मिनेट जाँदा उनलाई मृत घोषित गरियो।

आपराधिक घटनाको कुनै संभावना नदेखिए पनि लस एन्जलस प्रहरीले मृत्युको कारण पत्ता लगाउन अनुसन्धान गर्ने भएको छ। शुक्रबार पोस्टमार्टमपछि मात्रै उनको अन्तिम संस्कारको घोषणा गरिनेछ। विश्वभरका फ्यानहरु अहिले उनको शोक मनाइरहेका छन्।
source:
http://www.nagariknews.com/news-highlights/139-highlights/2296-2009-06-26-01-43-38.html

michael jackson best songs

.





http://www.huffingtonpost.com/david-wild/forever-came-today-ten-so_b_221124.html

Internet Crash:

श्रीमान श्रीमती झगडामा चक्काजाम

श्रीमान श्रीमती झगडामा चक्काजाम


रुद्र खड्का, नेपालगन्ज असार ११
श्रीमान र श्रीमतीको झगडाका कारण नेपालगन्जमा एक घन्टा चक्काजाम भएको छ। श्रीमतीले अपहेलना गरेको उजुरी दर्ता गरेपछि प्रहरीले श्रीमानलाई पक्राउ गर्न खोज्दा बिहीबार दिउसो श्रीमान् समर्थकले पक्राउविरुद्ध चक्काजाम गरेका हुन ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार वैदवारका अनुसार नेपालगन्ज-५ गणेशपुर निवासी साविरा वान हल्वाईले श्रीमान इम्तियाज हलुवाई र उनको घरपरिवारले अपहेलना गरेको उजुरी प्रहरीमा दिएपछि इम्तियाजसँग बुझ्न खोज्दा चक्काजाम गरिएको थियो । प्रहरीले उनलाई पक्राउ गरी कार्यालयमा लगेपछि इम्तियाज पक्षधरले चक्काजाम गरी यातायात अस्तव्यस्त पारे ।

चक्काजामले सर्वसाधारणलाई अप्ठ्यारो भएपछि श्रीमान र श्रीमतीलाई प्रशासनमा लगेर छलफल गर्ने सहमतिमा एक घण्टापछि चक्काजाम खुलेको थियो । पछि जिल्ला प्रशासन कार्यालयमा २५ वर्षीय इम्तियाजले श्रीमतीलाई अपहेलना नगर्ने कबोल गरेपछि कुरा मिलेको थियो ।

सोही विषयलाई लिएर भएको चक्काजाम र तनावले सर्वसाधारण र प्रहरीलाई तनाव मात्र दियो । डिएसपी वैदवारका अनुसार पछिल्ला दिनमा राजनीतिक दलहरुले दिने दबाबका साथै विभिन्न समुदायले पनि प्रहरीलाई अनुसन्धान गरी काम गर्न समस्या पारिरहेका छन् ।

एक महिनाको बीचमा अपराधको आरोपमा पक्राउ परेका तीन घटनामा गाउँलेद्धारा प्रहरी कार्यालय घेराउ गर्ने काम पनि भए । राजनीतिक दलका स्थानीय तथा केन्द्रीय नेताहरुले कोही मान्छे पक्राउ पर्यो कि आफ्नो पार्टीको भएको भन्दै कारबाही नगर्न धम्की दिएका घटना प्रहरी सम्झनै सक्दैन ।

प्रहरीका अनुसार कुनै कुनै बेला एउटै मान्छेलाई धेरै पार्टीले आफनो भन्दै छुटाउन दबाब दिन्छन् । तर पक्राउ परेका व्यक्ति कुन पार्टीको हो भन्ने कुरा पक्राउ गर्ने प्रहरीलाई मात्र नभई स्वयम् राजनीतिक दललाई पनि थाहा हुँदैन ।
source:http://www.nagariknews.com/society/nation/2288-2009-06-25-12-29-57.html

Thursday, June 25, 2009

पाल्पा बन्द फिर्ता

पाल्पा बन्द फिर्ता

कास

पाल्पा , जिल्ला उद्योग वाणिज्य संघले बुधबार गर्ने भनेको अनिश्चितकालीन 'पाल्पा बन्द' फिर्ता लिएको छ । संघले प्रहरीले व्यापारीलाई पक्राउ गरी थुनामा राखेको भन्दै बन्द घोषणा गरेको थियो ।

मंगलबार प्रहरीले तानसेन लहरेपीपलस्थित बाम्बे फोटो स्टुडियोको क्यामरा चोरीको अभियोगमा बसपार्क कलरल्याब व्यवसायी दुर्गा कापmलेलाई पक्राउ गरेको थियो । सात दिनको म्याद थप गर्न अदालतमा लगेपछि विरोध गर्दै थुनामुक्त गर्न अनिश्चितकालीन पाल्पा बन्दको घोषणा गरिएको हो ।

सर्वदलीय बैठकले कापmलेलाई निर्दाेष सावित गर्दै प्रहरीले रिहा गरेपछि बन्द फिर्ता लिइएको हो ।

Posted on: 2009-06-24 20:40:50

source:

http://www.ekantipur.com/kolnepalinews.php?&nid=200880


Search and Buy from amazon.com