Tuesday, October 12, 2010

एमाले नेता ओलीले बेइज्जत गरे फ्रान्समा

एमाले नेता ओलीले बेइज्जत गरे फ्रान्समा

समाचार नलेख्न राजदूतको धम्की

(पेरिस सुन्दरी २००२ सित फोटो खिचाउँदै एमाले नेता केपी ओली)

देशमा संविधान बनाउनुपर्नेबेला नेकपा एमालेका शक्तिशाली नेता केपी ओलीले भने फ्रान्सको राजधानी पेरिस आएर फ्रान्सेली कूटनीतिज्ञका अगाडि नेपालीकै बेइज्जत गरेका छन् । आल साल्भाडोर भन्ने मुलुकमा जान हिँडेका भनिएका ओली आफ्नी पत्नी सहित पेरिस आएका बेला विदेशी कूटनीतिज्ञका सामु हुने नहुने बोलेर नेपालको बेइज्जत गरेका हुन् ।

(प्रथम अन्नपूर्ण आरोही मोरिस हेर्जोगलाई हलमा लान सहारा दिँदै दूतावासका दुई कर्मचारी)

सन् १९५० को जून ३ तारिखका दिन पहिलो पटक विश्वका ८००० मिटर अग्ला हिमाल मध्ये पहिलो पटक अन्नपूर्ण जेठोको आरोहण गरेका ९२ वर्षीय मोरिस हेर्जोकलाई अभिनन्दन गर्ने कार्यक्रममा सहभागी फ्रान्सेली कूटनीतिज्ञका सामु ओली आफ्नी पत्नीसहित सहभागी थिए । पेरिस स्थित नेपाली दूतावासमा भएको कार्यकममा मोरिस हेर्जोकलाई बुद्दको मूर्ती राखिएको पोको उपहारका रुपमा दिएको केहिबेरपछि उनलाई केहि शब्द बोल्न राजदूत मोहन क्रिष्ण श्रेष्ठले आग्रह गरेका थिए ।

त्यसपछि उनले अंग्रेजी भाषामा अन्कनाउँदै लामो भाषण दिए । हेर्जोगले अन्नपूर्ण हिमाल चढेको आफुले सुनेको, हेर्जोगले लेखेको पुस्तक धेरै भाषामा निस्किएको कुरा आफुले सुनेको तर अहिलेसम्म आफुले देख्न नपाएको भनेर फितलो भाषण दिएका थिए । विश्व भरि प्रसिद्द उनको नेपालमै भएको आरोहण बारे पूर्व परराष्ट्त्रमन्त्री भनेर प्रस्तुत गरिएका ओलीको फितलो भाषण सुनेका बिदेशी कूटनितिज्ञहरु मुसु मुसु हाँसेका थिए । त्यतिनै बेला एक जना फ्रान्सेली कूटनितिज्ञले “नेपालमा यस्ता मानिसहरु रहेसम्म नेपालले कहिल्यै गतिलो बाटो समात्न नसक्ने प्रतिक्रिया दिए । नेपालमा पहिलो पटक भएको अन्नपूर्ण आरोहण बारे खासै जानकारी छैन भन्न भ्याएका उनले नेपालको हिमालबारे भने बताउन खोज्दै थिए ।

कार्यक्रममा उपस्थित कुनैपनि कूटनितिज्ञहरुले क्यामरा लिंदै नचाएर फोटो खिच्ने र फोटो खिचिदिन आग्रह नगरेपनि हाम्रा नेता ओली भने कुनै फोटो ग्राफर झैं क्यामरा नचाउँदै मान्छे फेरी फेरी फोटो खिचिदिन आग्रह गरेका थिए । कार्यक्रममा उपस्थित सन् २००२ कि पेरिस सुन्दरी ईसाबेल लामलाई बोलाएर उनले सँगै फोटो खिच्न आग्रह गरेको देखेर फ्रान्सेली कूटनितिज्ञहरु अचम्मित भएका थिए । उनको क्यामरा मोहले फ्रान्सेलीहरुलाई अचम्म पारेको थियो ।

ओलीका नाममा राजदूतसित बिवाद

(ओली समक्ष बिरोध पत्र दिनकालागि सामूहिक तर्क राख्दै बिनोद ओझा र उनका कुरा सुन्दै राजदूत मोहनक्रिष्ण श्रेष्ठ)

मोरिस हेर्जोगको सम्मान कार्यक्रम सकिएपछि नेपालीहरु एकातिर बसेर खान पिन गर्दै थिए । त्यतिनै बेला पेरिसका ब्यापारी बिनोद ओझाको नेत्रित्वमा केहि नेपाली केपी ओलीको भ्रमणको बिरोध गर्न राजदूत मोहन क्रिष्ण श्रेष्ठको अनुमती र सल्लाह माग्न गए । नेपालमा संबिधान नबनेसम्म बिदेश भ्रमणमा हतोत्साहित गर्न पेरिस आउने सबै सभासद र प्रमुख राजनीतिक दलका नेतालाई नेपालीले यहाँ अस्विकार गर्ने निर्णय गत मे महिनामा गरेका थिए । त्यसको ज्ञापनपत्र गत मे ८ तारिखकै दिन दुतावासमा केहि नेपाली गएर बुझाएका थिए (तस्बिर साथैमा छ)।

त्यहि निर्णयको स्मरण गराउँदै ओली यो समयमा देशमै बसेर संबिधान निर्माणमा लाग्नु पर्ने हुनाले आफुहरुले उनको भ्रमणको बिरोध गर्न चाहेको र त्यसको लागि बिरोध पत्र उनलाई दिने वा त्यहिँ भेटेने बारे सल्लाह हुँदै थियो । केहिबेर ध्यानपूर्वक कुरा सुनेका श्रेष्ठ नेपाली एकता समाजका अध्यक्ष तप्त भण्डारी लगायत केहि नेपालीको ओलीलाई बिरोध गर्न नहुने कुरा सुनेपछि जंगिन थालेका थिए । आफ्नो घरमा आएका पाहुनाहरुलाई आफुले कूटनितिक मर्यादा अनुसारपनि राख्नु पर्ने उनले तर्क गरेका थिए । मेरो घरमा आएका पाहुनामाथि तपाईको के आपत्ती भन्ने उनले तर्क गरेपछि बिरोधपत्र दिन चाहेका नेपालीले पनि उनी सरकार सञ्चालन पार्टीको प्रमुख नेता भएको तर्क गरे । यदि उनी सामान्य पाहुनाका रुपमा आएका हुन् भने मोरिस हेर्जोकलाई सम्मान गर्ने औपचारिक कार्यक्रममा सरिक भएर किन पुरस्कार बाँडे त भन्ने प्रश्न गरेपछि विवाद भएको थियो । आरोहीलाई सम्मान गर्न राखिएको यो कार्यक्रमका दिन् ओलीलाई बिरोध गर्नु अनुपयुक्त भएको भनाई राख्दा बिरोध गर्न चाहेकाहरुले त्यसो भए आफ्नो बिरोध पत्र दिन वा अर्को भेटघाटकालागि आग्रह गरेका थिए ।

(ज्ञापनपत्र दिएको थाह छैन भनेको होइन ? ल हेर्नुस यहि हो । दूतावासभित्रै गएर नेपालीका तर्फबाट पुस्तक घिमिरे र रेभा उपाध्यायले बुझाएको यो ज्ञापनपत्र (अघिल्ला चार मध्ये पहिलो तस्बिर) र साथमा को को थिए)

नेपाली दुतावासमै गएर हस्ताक्षर सहित बुझाएको उक्त बिरोधपत्र आफुले नपाएको र कसैलेपनि नदिएको श्रेष्ठले बताउँदा औपचारिक रुपमा बुझाए को पत्र नपाउनु दिनेको गल्ति नभएर दुतावासकै रहेको तर्क गरे । बरु पत्र नदिने दुतावासकै कर्मचारीलाई कारवाही गर्न सुझाव दिएका थिए । राजदूतले ‘तपाईको र मेरो चार पटक सम्म भेट भैसक्यो म आएपछि । तर खोइ त तपाईले मलाई एक पटक पनि भन्नु भएन त” बिनोद ओझालाई राजदूतले भने ।

त्यसपछि राजदूत श्रेष्ठले आफु आएको दुई महिनापनि नहुँदै अभिनन्दनको यत्रो ठुलो कार्यक्रम गरेको र यति ठुलो कार्यक्रम यस अघिका दश जना नेपाली राजदूत मध्ये कुनैले पनि गर्न नसकेको बताउँदै भने “ल भन्नुस, यस अघि कुनै माइकलालले गर्न सक्यो यत्रो कार्यक्रम ? मैले गरेर देखाएँ”।

उनले आफुलाई कसैले तिन महिनामै लखेटेर देखाउँछु भनेकोले त्यसो गरेर देखाउन चुनौति दिँदै भने “मलाई तिन महिनामा राजदूतबाट लखेट्छु भनेको छ कसैले । ल लखेटेर देखाओस । म च्यालेन्ज गर्छु” । तर उनले त्यो को कर्मचारी हो भन्ने चाहिँ उल्लेख गरेनन् । त्यसपछि उनी निकटका केहि ब्यक्ति सहित बिहान तिन बजेसम्म उनीहरु कार्यक्रम हलमै बसेको स्रोतले उल्लेख गरेको छ । राजदूत पत्नी भने विवादलाई सकभर साम्य पार्न खोज्दै थिईन ।

समाचार नलेख्न धम्की

विवाद भैसकेपछि उनले पंक्तिकारलाई जे पायो त्यहि समाचार नलेख्न औंलो ठड्याउँदै धम्की दिएका थिए । बिहानसम्म पंक्तिकारको लेखनशैली, लेखेका सामग्रि र नेपालप्लस डट कमको प्रशंसा गर्दै म हरेक दिन तपाईले लेखेको पढ्छु भनेका उनले साँझ एक्कासी त्यस्तो आरोप लगाएका थिए । उनीसित आफ्ना बिचार राख्दा एभरेस्ट नेपालका पूर्व अध्यक्ष पेम्बा शेर्पाले पटक पटक हस्तक्षेप गर्दै तिमीहरु कस्ता पत्रकार हौ चिनेको छु भनेर अपमान गर्न खोजेका थिए । उनले पारश शाह पेरिस आएका बेला बिरोध गर्ने नेपालीलाई औंलो ठड्याउँदै ‘यो पनि हो बिरीन्द्र सरकार पेरिस आको बेला बिरोध गर्ने” भन्दै राजदूतका अगाडि अपमान गर्न खोजेका थिए । पारश शाहको पेरिस भ्रमण बारे पेम्बा शेर्पाले प्रसंग उप्काउनासाथ राजदूत श्रेष्ठले चुप चुप नबोल्नुस् नबोल्नुस् भन्दै रोकेका थिए । त्यस कार्यक्रममा राजदुतावासका काउन्सिलर (यस अघिका कार्यवाहक राजदूत) जिवनप्रकाश श्रेष्ठ पनि प्रत्यक्षदर्शी थिए ।

(यो सम्मानकालागि कसले सुझाव र सल्लाह दिएको थियो ? यो घटना किनभयो ? ककसका के के रहे कमजोरी ? सबै बिबेचनात्मक जनकारीका लागि नेपालप्लस हेर्दै गर्नुहोला । पाठक प्रतिक्रिया वास्तबिक नाममा लेख्नुहोला बिना पूर्वाग्रह । काल्पनिक नाममा, पटक पटक एकै आइपी र आलेख भन्दा बाहिरका आरोप प्रत्यारोप, सन्दर्भहिन अनि अशभ्य प्रतिक्रियाहरु प्रकाशित गरिने छैन-नेपालप्लस) ।

  • badaka tharu

    ओली ले बोल्न जाने कै त्यति हो ,,,गाली गर्ने ,छुतो शब्द प्रयोग गर्ने ,,हसाउने ,,,त्यति हो ,,,त्यही बिषय मा जानेको हुनाले उसले बिद्या पारिधि को उपाधि पनि पाएको छ ,,,अमेरिका को बिश्व बिध्यालय बाट ;;;
    बड़का थारू

    [Reply]

  • Prem Thapa

    वडाका थारु जी को कुरा एकदम सहि छ/ ओली नेपाल को राजनीतिमा गालिगरेरा मात्र टिकेकोहो! उसंग नत बौद्धिकता छ नत राजनीतिक ज्ञान नै/ उ केवल सोझासाझा गाउँले हँसाउने नाटवारलाल हो/ त्यस को सम्मान गर्न जाने कस्ता मान्छे होलान/ मत आजित भएँ/

    [Reply]

  • thapa rajbarsingha / canada

    हाम्रो महामहिम राजदुत कुन पार्टीले नियुक्ति गरेको भन्ने त हामी सबै लाई प्रस्ट नै छ .तेस्मथी पास्स्पोर्ट काण्ड मा उनको कर्तुत र उनि कति सम्म दलाली गर्न सक्ने भन्ने सबैले अरु पत्र पत्रिका मार्फत पढ्नु नै भयको होला…जब सम्म यस्ता हरु लाई राजनीतिक पार्टीले हैसियत र छेमता नभई नभई पनि कुटनीतिक जस्तो क्षेत्र मा नियुक्ति दिए पछि परिणाम कस्तो आउछ त …अनि तेस्माथी नेपाली को बानी जता पनि खुट्टा तान्ने …हाना हान ताना तान..बस ..के चाहियो अरु….

    [Reply]

  • Ekalavya sharma

    Paris hos ya London, New York hos ya Tokya Nepali politician, diplomat, journalist ra sampurna layperson kahilyay wuvo lagenan.

    [Reply]

  • जिवेश

    पागल हो यो ददी मुला
    पागल जस्तो मुला
    राम्रो लेख्छु भनेर सन् देखाउछा
    अस्ति सम्म राम्रो भन्थ्यो अहिले जिल्ल पर्‍यो । हाहा !

    [Reply]

  • aasha giri

    HE jibes ji koments garn pay bhner je pani garne?kosle diyako chh u lai yesto lekhan ?ke sochya chh ptrkarlai ,yuta patrkarle kalm kai bhrma uthibas lagaun sakhch khyal garnu .yhi commetnska bhrma bholi dekhi site nkulne hola khya garnu .

    [Reply]

  • laxman

    can u please tell all the ministers of nepal to increase their knowledge in every field.due to their activities we r facing obstacles in foreign land.thanks

    [Reply]

  • sunil

    u did a good job Dadi. keep on writing never get afraid with barking dogs .hav a good day

    [Reply]

  • राम गुरुङ

    तपाइहरु नामर्द रैछ। त्यो भारतिय राजदुत राकेस् सुद्लाई जस्तै जुत्ता हान्नु पर्थ्यो नी ओलीलाईपनि। राजदूत निवासमा न पाए त्यो निवासको ढोकामा बसेर अहनेको भए भैहाल्ने नी । बग बग गरेर बस्नु भन्दा त्यसरि हानेको भए कति जाती हुने ?

    [Reply]

  • एक कर्मचारी

    म परराष्ट्र मन्त्रालयको एक कर्मचारी हुँ । हाम्रो महामहिम ज्यु कसरि राजदूत हुनु भयो? पहिले उहाँ कुन कुन देश्मा जाँदा के भयो ? उहाँ कस्तो मान्छे हो । परराष्ट्र मन्त्रालयमा उहाँलाई अक्सरि चिन्छन् भन्ने सबै डिटेलमा लेखेर पठायो भने छाप्नुहुन्छ ? मैले आफ्नो नाम दिन मिल्दैन । अनि अरु पत्र पत्रिकामा पनि पठाइदिन सक्नुहुन्छ ? मेरो नाम नछापी प्रकाशित गर्ने भए म दशैं बिदापछि पठाउन सक्छु ।

    [Reply]

    rocikc Reply:

    ईक कर्मचारी जी, मा एउटा पत्रिका चलौचू ,मलाई पठाउनु होला, मा चापी दिन्चू.

    [Reply]

    karuana Reply:

    खुट्टा तान्ने कर्मचारीले गर्दा नेपाल देश बिग्रेको हो l
    क्रिषण अर्याल राजदुतको पालामा चम्चे नेपालीको राजनैतिक कारणले गर्दा प्रथम सेक्रेटरी नारायण श्रेष्ठलाइ पेरिसवाट नेपाल फिर्ता पठाए l त्यो सहन नसकी नारायण श्रेष्ठले जागिर छोडेर travel agency चलाएर बसे l
    राजदुत उप्रेती र प्रथम सेक्रेटरी biswakarma बीच मनमुटाब गरि tesro secretary र aru नेपालीले चौइकामा मौइका गरे l यह्हा बस्ने चाकडीबाज चम्चे नेपालीले राजदुताबास भित्र कै कर्मचारी बीच झगडा गराई मौकामा चौका फाइदा गरेको धेरै कहानी हल्ला छन् l kutnaitik कर्मचारीहरुको srimati बीच पनि dahaa को bhavana पनि छ कि ?
    राजदुत केशबराज झा र chargé d’affaire सुमन बीच पनि मनमुटाब थिए l केशबराज झा र chargé d’affaire सिंह बीचमा telephone को बिल सम्बन्ध झगडा भएर सिंह केहि महिनामा नै नेपाल फर्के l पछी उहा थाईलण्डको राजदुत bannu भयो l
    पररास्त मन्त्रालयवाट नेपाली दुताबासको घर सफा गर्न परिचारिकाको लागि प्रतेक महिना ४ हजार दरले फ्रेन्च फ्रान्क बजेट हुन्थ्यो l यहाँ सम्म कि बुहारीलाई परचारिका बनाई राजदुतले पैसा झावुम परेको mahaa लेखावाट हल्ला समेत rahechha l
    १० वटा राजदुत आएपनि नेपाली राजदुताबास पेरिसले कुनै उन्नति गर्न नसक्नुको मुख्य कारण यह्ह्ह आउने कुटनीतिकहरु यह्ह नेपालीहरुको चम्चा दलाली माः जालमा फसेर जाल भित्र पर्नु नै मुक्हे कारण हो l राजदुताबास कमजोर hunu को कारण kahi राजदुताबासको कर्मचारी bahir नेपालीको घर घरमा gayer khayer
    दुताबास कै कुरा kater हो,,? म france nayaa aayeko suneko lekhe.

    [Reply]

  • gita khatri

    धम्कि दिनु कायरको कम हो तेसैले पत्रकार को काम त सतेत्त्थे बाहिर लाउनु हो. तेओ उसको कर्त्बे पनि हो. धम्कि नदेउ यो दुनिया मा कोहि पनि अजम्मरी छैन. जन्म पछाडी मित्रु सुनिस्चित छ तेसैले धम्कि देखि डराउनु कायरता हो. जोकोही अजम्मरी छऊ भने डराउ होइन भने सोसन दमन अन्याय अत्तेचार संग लड्न सिक. जो फरान्सेली बुद्धि जीबी ले जसरि केपी जस्ता नेता नेपालमा रहन्छन नेपाल मा कहिलै परिवर्तन हुदैन भनेर नेपाली ले भनुन त यी नेपाली नेता सुर्धीन बिबस हुने छन्. हामी त जता जता बाहुन बाजे उतै तिर स्वाहा भयर यो हालत भयको हो. अब हामी आफैले सोच्न पर्नी समय आयको छ

    [Reply]

  • thapa rajbarsingha / canada

    ददी सर यी झारपात हरुको कुरा ले केहि फरक पर्दैन …सत्य तथ्य को उजागर गरिदिनु भो धेरै धेरै धन्याँबाद………लेख्दै जानुस ,,,लेख्दै जानुस यत्सै सत्य तथ्य्या ,,,लेख्दै जानुस,,,एस्त हरुको काम नै तेस्तै हो..सत्य कुरा लेखि रहनुस है,,,,,,.

    [Reply]

    राम गुरुङ Reply:

    मपनि सहमत छु राजबरसिंसित । ददिजी यस्ता झारपात सित कहिल्यै डराउनु पर्दैन । तपाई जस्तो निडर मान्छे डराउनुपनि पर्दैन । जाबो कमेन्ट त वास्तबिक नामामा हाल्न डराएर अर्कै नाममा हाल्ने छेरुवासित के डराउनु ? केपी ओलीलैऐ त सके जुत्ताले हान्नु पर्ने त्यो दुतावास निवास अगाडि बसेर भएपनि ।

    [Reply]

  • Rajendra lamsal

    ददी जी को लेखाई राम्रो नै जस्तो लग्यो ओली हरु कुर्ची मा छन् राजदुत एक कर्मचारी भए को नाता ले ओली हरु जस्ता मान्छे आउदा लै rastta प्रमुख कै रुप मा हेर्न बाधे हुनु स्वाभाविक नै हो राजदुत लै दोस लगुना मिलादैना होला जस्तो लाग्छ तर ओली को बारे मा लेखे को लेख राम्रै जस्तो लाग्यो किन कि नेपाल आमा रोइ रहे कि छिन् हामी जनता लै बोका बनाए का छन् उनि हरु जनता को रगत र पसिना को कमाई मा होलि खेली रहे का छन् होइन र ददी जी

    [Reply]

  • Devendra Shrestha

    It’s really good , you are doing wonderful job for the nation , your some words helps to understand what are doing the leaders of nepal.

    [Reply]

  • उमेश मैनाली / बार्सेलोना

    ददीजी हाम्ले नेपाप्लुस् पढ्न लाएको धेरै भयो। राजदूतले के गरेका त्यस्तो ? ओहो आज्काल् पनि झन् यूरोप मा बसेर तय्स्तो राजाको पालमा जस्तो गरेर चल्छ र , ? को झुक्छ आज्काल्को जमनामा धाकधम्किमा ? हामीलाईपनि दुख दिने भए जस्तो छ अब। बिदेसमा दुख तछ नै झन आफ्नै देशको राजदूतले नि सम्झाउने बुझाउने नगरेर उल्तो दुख गरि कहने नेपालीलाई धम्काउने के हो त्य्स्तो ? तपाई दराउनु हुन्न है ? हामी सबै यहाँको पछे मा हुन्छौ।

    [Reply]

  • ramesh

    K.P. Oli is bullshit leader in nepal. As long as he is there, nepal cant get relief. We all should avoid KP in every function everywhere around the world.

    [Reply]

  • सुरेश लामा ,पेरिस

    हैन ददि जि त्यो कार्यक्रम त राजदुत को निजी खर्च मा भएको सुनेको थिए ।त्यो कुरा सही हो भने त उन लाई स्याबासी नै दिनु पर्छ हामी ले ।ति प्रथम अन्नपूर्ण आरोही लाई सम्मान गरेको मा ।हैन भने उहिले २७ साल को झापा आन्दोलन को ब्याज मा जिवन भरी फोहरी राजनिति गर्ने त्यो ओलि को हात बाट सम्मान दिन लाउनु को कुनै तुक छैन ।साथै राजदुत ले के बिर्सनु भएन भने उन को निजी पाहुना भए पनि भवन त सरकारी नै हो नि उन को आवस भए पनि ।तसर्थ केहि मतभेद भयो भन्दै मा कसै लाई पनि तल माथि को ब्यबहार गर्नु हुँदैन उन ले उन को पद अनुसार ।अब आउने दिन मा कुनै पनि यि फोहरी राजनिति गर्ने भ्रस्ट नेताहरु लाई जुत्ता हान्न सकेन भने नेपाल आमा को आँशु लाग्छ हामीहरु लाई अगाडी साथीभाइहरु को बिचार

    [Reply]

    admin Reply:

    सुरेश, त्यो साँझ हामीसित झर्किँदा राजदूत ले मैले बजेट नहुँदापनि ऋणमा यत्रो कार्यक्रम गरें भन्नु भएको थियो । त्यसैले आफ्नो पैसामा त पक्कै होइन होला । र त्यो उहाँको नीजि भन्दापनि राष्ट्रले सम्मान गरेको कार्यक्रम हो मोरिस हेर्जोगलाई । सरकारी घर भएपनि उहाँका नीजि पाहुना आएर बस्न पाउँदैनन् भन्न त अलि नमिल्ला । किनभने त्यो स्तरको ब्यक्ति र त्यो ओहदाको मानिसलाई त्यस्ता सुविधा त राजले दिएको हुन्छ होला सायद र दिनुपनि पर्छ । बसाईनै सरकारी भवनमा भएपछि उनको नीजि जिवनपनि त हुन्छ र आफ्ना पाहुना त राख्न पाइन्छ नी होइन र ?

    [Reply]

  • tapta

    नमस्ते सबै पढे कमेन्ट भोलि लेख्ने छु दधि जी को ईक्छा हरु news forward को लागि धन्यवाद दधि जी बास्तबिक सत्य तथ्य म संग छ कमेन्ट भोलि लेख्दा छापिदिनु होला………….नि है धेरै छ

    [Reply]

    admin Reply:

    हस तप्तजी ब्यक्ति विशेष माथि गाली गलौज र आरोप मा नउत्री लेख्नुहोला । लेख नै लेख्न पनि सक्नुहुन्छ । आपत्ती छैन ।

    [Reply]


  • KP OLILAI kina ho tyaso vanne ? kp bina nepal chhaldaina tapailai thaha 6 ta?

    [Reply]

  • rudra tamang

    oli ji ta makune nepal mara hoina bhidya vandari pani chaldaina ok

    [Reply]

  • कबिन्द्र कायस्थ , पेरिस

    त्यो रात सम्मान कार्यक्रम को कुरा गर्दा यि नेपाल बिगार्ने भ्रष्ट नेता लाई बिरोध गरुँ भन्दा चाहिँ राजनिति गरेको ठहर हुने ।तर ति राजनिति गर्न देश नै जानु पर्छ भन्ने हरु नै बिगत मा पारस पेरिस आउँदा स्वागत गर्न जाने हरु चाहिँ राजनिति गरेको न ठहर्ने रे । तर त्यही बेलामा आफ्नो र परिवार को ज्यानको ख्याल नगरि देश मा स्वतन्त्रता को लागी कालो झन्डा देखाउने हरु लाई चाहिँ राजनिती गरेको ठान्ने हरु लाई कुन भाषा मा बुझाउने कि बिरेन्द्र को बंश नै नाश गर्न भूमिका निभाएका सेनापती लाई ज्यु ,हजुर गरेर देशको सेवा गरेको ठान्छन भने । हैन त ददी जि

    [Reply]


  • ओली patru नेता bhanne थाहा त थियो तर aja प्रमाणित नै भयो

    [Reply]



http://www.nepalplus.com/archives/9644

Sunday, October 3, 2010

Nepali Deported




Hey guys!! one of my friend is going through very difficult situation right now. Any helpful information could be a great help.
What happened is, my friend was busted while selling cigarette to a minor. He was given a ticket and later he paid off that ticket and the matter was solved. Nothing really happened after that. But due to some unfortunate circumstance, he had to travel back Nepal. While returning back, an immigration officer discovered about his violation and told him that he was not suppose to work since he was on F1 status. Then on the spot he canceled his visa and handed him the doportation notice. They arranged him to send him back to Nepal within 48 hr. But my friend then filed an asylum on the same port of entry. He didn't had any other choice. Then according to the latest information, he is behind the bar in some county of Chicago for further investigation. We somehow established a way to communicate with him. Its been there days and we are like sitting ducks right now. We been talking with him for couple of time in a day. Even he doesn't have any clue whats going to happen with him.
What can we do in this situation to get him out of this mess? Do we have to hire a lawyer? What can happen to him? Does anybody heard about such situation happening to anybody? We are very confused and worried right now. Please someone share some information regarding this. Right now every second counts.



boulevard dreams
[Subscribe]
Posted on 10-03-10 1:11 AM [Snapshot: 9] Reply
Login in to Rate this Post: 0 0 Fix Unicode
Haven't been through this situation and haven't heard about situation either. In a city where i live, i have heard about Ken Boyer Bail Bonds a lot. Don't know much about this guy named Ken Boyer but have seen lots of Ads, also i guess this is nationwide. So google Ken Boyer in your city and ask them if they can help. Sorry for your friend. Good luck..


terobaaje
[Subscribe]
Posted on 10-03-10 1:17 AM [Snapshot: 37] Reply
Login in to Rate this Post: 0 0 Fix Unicode
Get your friend a good Immigration lawyer QUICK.



black_panther
[Subscribe]
Posted on 10-03-10 1:38 AM [Snapshot: 62] Reply
Login in to Rate this Post: 0 0 Fix Unicode

- Get an attorney - ASAP


- Following is what I could quickly scrap from the web.

"""""""
- Please remember that it is important that you are barred from accepting any off-campus or practical training employment unless and until you receive authorization by the designated school official on your I-201D or a Form I-688B from INS. If you are found working without permission, you are subject to deportation.

Source:
http://immigration-usa.com/students.html#School%20Transfers%20for%20F-1%20Students
""""""""


""""""""
- Customs & Border Patrol (CBP) can bar someone to enter US without allowing Judicial Review.
- Could result in 5 year deportation order on record.
- In such cases USCIS can grant special wavier.


Source:

"US immigration made easy"

By Ilona M. Bray, Jeptha Evans, Ruby Lieberman
Page 503

http://books.google.com/books?id=8vNnXnJChsoC&lpg=PA503&ots=bEKKd6lEq3&dq=deportation%20notice%20F1%20student&pg=PA503#v=onepage&q&f=false


""""""""

Another option:

- Contact his/her University's International Student's Office (they should help in emergencies)





Last edited: 03-Oct-10 01:44 AM



furke
[Subscribe]
Posted on 10-03-10 1:47 AM [Snapshot: 72] Reply
Login in to Rate this Post: 0 0 Fix Unicode
Tell your friend not to sign any papers. If the officials try to force, tell them you will talk to your lawyer first. Once you sign, they will deport you immediately. Hire a deportation defense lawyer asap. A minor fault will determine whether he will walk in ktm streets or US street tomorrow.
Your friend should have told the officer he worked under CPT or after dso approval for economic hardship and these officials at POE let go many times. I would say it was mere bad luck of your friend that day at POE. Many who sell beer to minor are coming with no hassles. Anyway, good luck to your fren.



furke
[Subscribe]
Posted on 10-03-10 1:48 AM [Snapshot: 104] Reply
Login in to Rate this Post: 0 0 Fix Unicode
Did they set any bond for your friends release? If so, get a money order and release him before the immigration police reach the jail.


furke
[Subscribe]
Posted on 10-03-10 1:59 AM [Snapshot: 126] Reply
Login in to Rate this Post: 0 0 Fix Unicode
What was his port of entry so that we can avoid that?


rockey07
[Subscribe]
Posted on 10-03-10 2:29 AM [Snapshot: 171] Reply
Login in to Rate this Post: 0 0 Fix Unicode
Thanks guys for the quick response.
@furke- Right now we are in complete dark. No one is saying any thing. May be we will know something by Monday. Any way the POE was Chicago Airport.



rockey07
[Subscribe]
Posted on 10-03-10 2:34 AM [Snapshot: 177] Reply
Login in to Rate this Post: 0 0 Fix Unicode
We tried to hire some nepali lawyer but his rate was pretty scary. He said that his charge is 7k. I know that no one works for free but isnt that too much to ask from a nepali student being himself a nepali?


furke
[Subscribe]
Posted on 10-03-10 3:07 AM [Snapshot: 214] Reply
Login in to Rate this Post: 0 0 Fix Unicode
There is no difference between that lawyer and the Indian doctor who cut a nepali man's stomach and took out the intestine just because he couldn't pay the medical bills. How can a student afford 7k? Keep looking for some other affordable lawyers. Pay on installments, first one not to exceed $500 and pay by check or credit card coz a lot of them are crooks. Keep us updated.


furke
[Subscribe]
Posted on 10-03-10 3:19 AM [Snapshot: 223] Reply
Login in to Rate this Post: 0 0 Fix Unicode
They cannot keep anybody in county jail for more than 48 hours without any offense. Either they have to release him or file charges. And again file charges for what? A consolidated offense? If they have filed charges they you should be release him on bail. This case is so vague. I he does not match the description of a suspect from another crime.
That's why I don't like the us laws and penal system. A normal law abiding citizen may be violating law and himself unknown about it. And it is only a nick of time that he is behind the bars forever. Where is santosh giri? Sir, we need you now. Please make us understand what's going on?



kailo
[Subscribe]
Posted on 10-03-10 9:50 AM [Snapshot: 452] Reply
Login in to Rate this Post: 0 0 Fix Unicode
hi rockey07,

as far as i know, not all of what is being said by folks above is true. but lot of it, is.

what is not true:
- in matters of asylum claims at POE, there is no such thing as 48 hours or 48 months. they can be detained indefinitely.

-- the only agency you can rely on at this time is http://www.humanrightsfirst.org/index.aspx. they normally do it for free but because your friend is in deep shit for breaking the law, i am not sure how they will take this particular case

-- although i hate to say this, any and all asylum claims at POE in the US are automatically sent to a detention center as it is treated as an "illegal entry."

best line of action:
-- have a lawyer (let this be from human rights first....they have pro bono lawyers (for free) as i told u above)
-- have the lawyer talk to the authorities that your friend will apologize, that it was a mistake, that he did work in CPT/OPT that he be given a chance to complete studies, and that he will not commit that kind of mistake again. remember only the lawyer should say this on your friend's behalf, not your friend as whatever he says will be used against him! have the lawyer work in collaboration with your friend's school authorities!

good luck!










Bhojpure01
[Subscribe]
Posted on 10-03-10 10:04 AM [Snapshot: 612] Reply
Login in to Rate this Post: 0 0 Fix Unicode
Sorry to hear, many of us think as long as we are in F1 status we are fine.
Please; look your work and situation, do not visit home unless real emergency.


source:

Search and Buy from amazon.com