Thursday, November 3, 2011

'लेनिनजस्तै प्रचण्ड'

'लेनिनजस्तै प्रचण्ड'

Font size: Decrease font Enlarge font
image

माओवादी पार्टी-इतिहासमा चुनवाङ बैठक निकै महफ्वपूर्ण र चर्चित रह्यो । त्यही बैठक हो जहाँ माओवादी नेताहरू सँगै हाँसे र सँगै रोए । एक-अर्काको खरो आलोचना र प्रशंसा पनि गरे नेताहरूले । बैठकमा बाबुराम भट्टराई पनि पटक-पटक बोलेका थिए । पत्रकार नेत्र पन्थीले बहुचर्चित चुनवाङ बैठकका सबै पाटाहरू खोतल्ने प्रयत्न गरेका छन् । पन्थीको प्रकाशोउन्मुख पुस्तक 'माओवादीभित्र अन्तरसंघर्ष'बाट लिइएको सामग्रीको सम्पादित अंश :

क्रान्तिकारी अभिवादन !

कमरेडहरू सायद कवि गोपालप्रसाद रिमालले भनेका थिए, पूरै कविता मलाई आउँदैन

एक जुगमा एक दिन एकचोटि आउँछ,

त्यसले विभिन्न उथलपुथल हेरफेर ल्याउँछ

भन्ने एउटा कविता थियो । सायद हामी आज यसरी जुन उथलपुथलको बीचबाट यहाँ भेट भइरहेका छौँ । हामी धैरैले यो अपेक्षा गरेकै थिएनौँ यसरी यहाँ भेटघाट गर्छौं, बहस छलफल गर्छौं र नयाँ आधारमा नयाँ ढंगले एकीकृत हुन्छौँ भन्ने कल्पना सायद धेरै कमलाई थियो । त्यस्तो उथलपुथलको स्थिति पार गर्दै आज हामी यहाँ जम्मा भएका छौँ । यो दिन भनेको कमरेड अध्यक्षले हिजो आपनो सुन्दर उद्घाटन भाषणमा भन्नुभएजस्तै पार्टी इतिहासको मात्रै नभएर नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासकै र विश्व कम्युनिस्ट आन्दोलनकै इतिहासकै महत्त्वपूर्ण मोडमा हामी उभिएका छौँ । त्यसैले यो अवसरलाई हामीले असाध्यै गम्भीरतापूर्वक लिन जरुरी छ । निश्चित रूपमा यो उथलपुथलका क्रममा उभिएको एउटा महत्त्वपूर्ण पात्रको नाताले मेरा आप\mनै अनुभूति के छन् भन्ने कमरेडहरूलाई जिज्ञासा हुन सक्छ । मलाई पनि थुपै्र जिज्ञासा छ । जुन कमरेडहरूले फूलका माला लगाइदिनुभयो, तिनै कमरेडहरूले जुत्ताका माला पनि लगाइदिनुभयो । ती सबै कमरेडसँग फेरि म एकचोटि हार्दिकतापूर्वक उभिएर आपना अनुभूति साट्न मलाई पनि मन लागेको छ । त्यसैले म अलिकति सुरुमा केही आप\mना अनुभूतिका कुरा राख्न चाहन्छु । त्यसपछि विचार, विज्ञान र क्रान्तिका कुरापट्ट िहामी आउँला ।

यसक्रममा कमरेडहरूलाई निश्चित रूपमै जिज्ञासा होला । यसले यत्रो बबन्डरको केन्द्रमा पर्‍यो र त्यसले के सोचिराख्या छ ? साँच्चै नै यो रूपान्तरित भयो कि भएन ? भन्ने जिज्ञासा निश्चित रूपमा कमरेडहरूमा छ । मैले कमरेडहरूका अनुहारबाटै त्यो कुरा बुझेको छु । त्यसलाई मैले राम्रोसँग आत्मसात् पनि गरेको छु । त्यसैले म आफँैले पनि यसबीचमा के अनुभूति गरँ अलिकति मलाई राख्न मन लाग्छ । कमरेड अध्यक्षले हिजो असाध्यै सुन्दर ढंगले राख्नुभयो । प्रचण्डपथीय द्वन्द्ववादको उद्घोष त्यहाँ भएको थियो । हामी लड्दालड्दै मिल्ने र मिल्दामिल्दै लड्ने त्यस्तो अभ्यास गर्ने क्रममा यहाँ उभिएका छौँ । हामी लड्दालड्दै मिल्न जान्दछौँ र मिल्दामिल्दै पनि हामी लड्छौँ । रूपान्तरणको जुन द्वन्द्ववाद हो त्यसको प्रयोग गरेर हामी यहाँ उभिएका छौँ । त्यसो भएको हुनाले त्यसमा मुख्य कुरा विज्ञानको हुँदाहुँदै पनि केही भावनाका कुरा हुँदारहेछन् । म आफैँँलाई के अनुभूति हुन्छ भन्दा मैले अस्ति पिबी बैठकमा राखेको थिएँ, 'ठूलो एउटा प्रसव वेदनापछि सुन्दर शिशुको जन्म भएपछि आमालाई जुन सुखानुभूति अनुभव हुन्छ त्यस्तै मलाई पनि ।' जुन अन्तर्संघर्षको अवधि रह्यो त्यसको प्रसव वेदनापछि अहिले फेरि पार्टी नयाँ आधारमा नयाँ एकीकृत भएर जाने नयाँ विचारले आन्दोलनलाई नयाँ उचाइमा उठाउने विचार, नेतृत्व लाइनलाई नयाँ ढंगले फेरि स्थापित गर्ने मोडमा जुन पार्टी पुगेको छ, त्यसले मलाई सुखानुभूति भएको छ । यसैमा मलाई अस्तिभन्दा के थप्न मन लागेको छ भने अब यो हाम्रो शिशु एउटा मात्रै शिशु होइन, त्यो त जुम्ल्याहा, तिम्ल्याहा, चम्ल्याहा हुन् जस्तो लागिरहेको छ । किनकि यो त महान्् प्रक्रियाको सुरुवातमात्र हामीले गरेका छौँ । सुन्दर शिशु त जन्मिसक्यो । हामीले एउटा पस्टेसन त गरिसक्यौँ ।

नयाँ सुरुवात त गर्‍यौँ । जुन विचारमा हामीले एकता गरेका छौँ, त्यसलाई फेरि नयाँ ढंगले संगठनात्मक एकता, रूपान्तरण गर्नुपर्छ । त्यहाँ एउटा नयाँ ढंगको क्रान्ति ल्याउनु छ । त्यसपछि हामी फेरि व्यवहारमा जानु छ । त्यहाँ अर्को फड्को हामीले हान्नु छ । त्यसपछि मात्रै सायद यिनी दुई/तीनवटा शिशु, जुम्ल्याहा, तिम्ल्याहा, चम्ल्याहा के-के जन्मिसकेपछि मात्रै हाम्रो त्यो क्रम पूरा हुन्छ । त्यसैले फेरि पनि मलाई यो पहिलो शिशु नै महत्त्वपूर्ण शिशु जन्मिसक्यो विचारको शिशु यहाँ जन्मिसक्यो भन्ने लागेको छ । नेतृत्वको शिशु जन्मिसक्यो । विचार र नेतृत्व सही ढंगले जन्मिसकेपछि त्यहाँभन्दा अगाडि बढ्नका निम्ति महत्त्वपूर्ण आधार त्यही नै हो । त्यसमा प्राप्त भएको हाम्रो एकता, त्यो नै सबैभन्दा महत्त्वपूर्ण एकता हो । लाइन र लिडरसिपको एकता नै सबैभन्दा महत्त्वपूर्ण एकता हो । त्यो यहाँ प्राप्त भइसकेको छ ।

त्यसो भएको हुनाले अब आगामी अरू जुन हाम्रा छलाङ छन्, अरू छलाङहरू छन् ती सहज रूपमा प्राप्त हुन्छन् भन्ने मलाई विश्वास लागेको छ । म आफँैलाई व्यक्तिगत रूपमा त्योभन्दा अर्को अनुभूति के हुने भने ठट्टा-मजाकजस्तो नहोस् । हामी कम्युनिस्ट भनेका एक ढंगका गोरु पनि रहेछौँ । गोरु भन्नाले मैले विवेकहीन गोरु भन्न खोजेको होइन, परिश्रमी गोरु । जनताका निम्ति परिश्रम गर्ने गोरु रहेछौँ हामी । हल बाँधेका गोरु हामीले हेर्छौं भने वेला-वेलामा लडिराख्छन् । लड्यो, लड्यो लड्यो सिङ फुकाल्यो । ठुटे भइसक्यो । बाध्यता र जनताका निम्ति त जोत्नुपर्छ त्यसले । भोलि सँगै जोत्छ, अलिकति फुकाल्द्यो फेरि लड्छ । मलाई कहिलेकाहीँ त्यस्तै अनुभूति हुन्छ । वेलाबखत हामी लड्छौँ । चौथो विस्तारित बैठकताका हामी लड्यौँ । बीचबीचमा पनि हामी लड्यौँ । अहिले आएर भीषण रूपमा लड्यौँ । सिङै फुकाल्यौँ र ठुटै भयौँ । फेरि पनि जनता, क्रान्तिप्रतिको दायित्वबोधले हामी फेरि सँगै नारियौँ । हामी अगाडि बढ्न तयार भएका छौँ । त्यो अनुभूति मलाई भएको छ । सिङ कति फुक्ल्यो, कति टुट्यो कति पलाउँछ, पलाउँदैन त्यो कमरेडहरूले मूल्यांकन गर्ने कुरा हो । तर, मलाई के विश्वास लागेको छ भनेे हामी इमानदारीपूर्वक जनताको सेवामा क्रान्तिको मार्गमा लागिरह्यौँ भने फुक्लेको सिङ बाहिर खोल फुत्किन्छ बाहिर त हुन्छ नि त्यहाँ । त्यो पनि सुन्दर देखिन्छ फेरि ।

त्यसैले यी इतिहासका कालखण्डमा गएर जुन तरिकाले हामी गुज्य्रौँ । तीता-मीठा हिलो छ्यापाछ्याप पनि भए । थुपै्र हामीले गर्‍यौँ एक-अर्काप्रति । केही पनि बाँकी राखेनौँ । डकुमेन्टमा खुलस्तै भनिएको छ, कसैले धेरै गर्‍यो, कसैले थोरै, कसैले भित्र गर्‍यो, कसैले बाहिर गर्‍यो, तर जानेबुझे भ्याएसम्म सबैले गर्‍यो । त्यसैले सबैको संश्लेषण हुन यहाँ बाँकी नै छ । फेरि पनि के भने हामी यसको बीचबाट पनि एकताबद्ध भएर जानुपर्छ । नेपाली क्रान्ति २१औँ शताब्दीमा महान्् पेरिस कम्युन, अक्टोबर क्रान्ति र सांस्कृतिक क्रान्तिपछिको चौथो कोसेढुंगाका रूपमा फेरि विश्व सर्वहारा क्रान्ति इतिहासमा अगाडि आइरहेको छ त्यो दश वर्षमा यति धेरै उपलब्धि हासिल गर्नु भनेको चानचुने विषय होइन । हाम्रो यो उपलब्धि, गौरव, सफलताको अगाडि तपाईंं हाम्रा कमी-कमजोरी धेरै गौण महत्त्वका कुरा हुन् । तपाईंं-हाम्रा भूमिका धेरै गौण महत्त्वका कुरा हुन् । फेरि त्यसमा गर्व गर्ने कुरा, त्यसनिम्ति लागिपर्ने कुरा नै सबैभन्दा महत्त्वपूर्ण हो । यसैले हामी फेरि जनताको गोरु हुने प्रतिबद्धतासहित यसरी जम्मा भएका छौँ त्यो नै एउटा महान्् छलाङ र फड्को हो । यो महान्् सुरुवात हो । विगतबाट ठूलो क्रमभंगता हो ।

यसले फेरि एउटा महान्् रूपान्तरणमा लैजान्छ । नयाँ आधारमा नयाँ एकतासहित फेरि क्रान्तिको महान्् अभिभारा वहन गर्न योग्य बनाउँछ भन्ने विश्वास मलाई लागेको छ । हामीले यहाँ यसको थुपै्र कुराकानी गर्नु छ । मैले कमरेडहरूका अगाडि धेरै कुरा राख्ने हुन सक्छ, थुपै्र जिज्ञासा हुन सक्छन् । थुपै्र भ्रम, शंका, बहसहरू यहाँ छन् । त्यसैले धेरै कुरा त कमरेडहरूले राखेपछि नै हामी राख्दै जाउँला । तैपनि मलाई सुरुमै अर्को अनुभूति हुने कुरा के हो भने यो महान्् सुरुवात भएको छ त्यसमा हामी विनम्रपूर्वक यसमा प्रवेश गरिनैपर्छ । हाम्रो बहसको एउटा क्रम यहाँ भंग भएको छ । तर, यो यहीँ अन्त्य भएको छैन । अर्को महान्् बहस त अब सुरु हुँदै छ । त्यसले मात्रै एउटा महान्् छलाङ र रूपान्तरणमा लैजाँदै छ । एउटा प्रक्रिया मात्रै सुरु भएको छ । महान्् प्रक्रिया । गौरव गर्नलायक प्रक्रिया सुरु भएको छ भनेर मात्रै हामीले बुभ\mनुपर्छ भन्ने लाग्छ ।

हामी यहाँ जुन प्रक्रियामा प्रवेश गरिरहेका छौँ, यहाँ विज्ञानको प्रवेश हो यो । विज्ञानमा तथ्य र सत्यलाई विश्वास गर्नैपर्छ । त्यहाँ अविश्वास, कुतर्क गरेर अर्थ रहँदैन । त्यसैले हामीले मनस्थिति के बनाउनुपर्छ भने हामीले विज्ञानको सत्य र तथ्यलाई मान्नैपर्छ । त्यसकारण त्यो कुरा आत्मसात् गर्नुपर्छ सबैले । र, मैले बढी गर्नुपर्‍यो । किनभने अब हामी विज्ञानमा प्रवेश गर्न ढाँट र कुतर्क केही पनि चल्दैन । तथ्यमै आधारित हुनुपर्छ र त्यसलाई हामीले मान्नुपर्छ । दोस्रो कुरो यो क्रान्ति भनेको नरक । नरक त असाध्यै अपि्रय पनि हुन्छ नि, बडो डरलाग्दो चिज हो । यो क्रान्ति जुन नयाँ संघर्षमा प्रवेश गरिन्छ यो भयंकर हुनेवाला छ फेरि । हामीले कायरतालाई पनि यहीँ छाडेर प्रवेश गर्नुपर्छ । यो सायद अब हामी जुन प्रक्रियामा प्रवेश गर्दै छौँ, यसमा हामीले विज्ञान, सत्य-तथ्यमाथि विश्वास गर्ने, कायरता कुनै पनि परिणामलाई भोग्न हामी तत्परता त्यो साहससहित हामी प्रवेश गर्नुपर्छ । र, सकेसम्म म प्रवेश गर्नेछु । कति सक्छु, त्यो त भोलिको क्रमले मात्र देखाउनेछ ।

अब प्रश्न के आउँछ भने बीचमा आखिर भयो के त ? हामी यत्रो प्रक्रियामा कसरी आइपुग्यौँ ? भन्ने जहाँसम्म लाग्छ । कमरेडले हिजो राख्नुभएजस्तै यो माक्र्सर्वाद, द्वन्द्ववादकै प्रयोग थियो । मिल्दामिल्दै लड्ने र लड्दालड्दै मिल्ने । एकता संघर्ष र रूपान्तरण । यो त्यसैको एउटा अभिव्यक्ति थियो । जुन हामीबीचमा लड्यौँ, हाम्रो इच्छा, आकांक्षा कसैकोभन्दा बाहिरको कुरा थियो । ठीक छ, हामी धेरै थोरै गल्ती गर्‍यौँ कसैले । कसैले बढी गर्‍यौँ, कसैले कम गर्‍यौँ । सायद मैले सबैभन्दा बढी गरँे । त्यसैले म त्यो केन्द्रमा भुमरीमा परँे । तर, के थियो भने हाम्रो कसैको इच्छा-आकांक्षामा थिएन । लेनिनले भनेझैँ कसैको सनक र पापले हुने कुरा होइनन् यिनीहरू । वस्तुगत अवस्थाले पार्ने वस्तुगत जगत् र हाम्रो चेतनाको जुन अन्तरविरोध हुन्छ, त्यसले पैदा गर्ने समस्याहरू ।

क्रान्तिसँगसँगै र ध्वंसको प्रक्रिया करिब-करिब समाप्त भएर निर्माण प्रक्रिया सुरु हुँदाका समस्या त्यहाँ पैदा हुने आवश्यकता र क्षमताका अन्तरविरोध र हामी आफ्नैका रूपान्तरण, नेतृत्वपंक्तिका विगत १४/१५ वर्षदेखि भएका एकताका पुराना आधार ती अपर्याप्त हुनु । तिनलाई नयाँ ढंगले परिभाषित गर्नर्ु । यी सबै कारणले यस्ता वस्तुगत अन्तरविरोधका जगमा उभिएर हाम्रो अन्तरविरोध पैदा भएको थियो । त्यसैले त्यो एकता संघर्ष र रूपान्तरणबाट हामी आएका हौँ । यसलाई बुभ\mन अग्रगामी चेतनालाई नपक्रीकन पछाडिको चेतनाबाट हामीले यसलाई बुभ\mन सक्दैनौँ । जस्तो आइन्सटाइनले एकचोटि भनेका थिए, 'कुनै पनि समस्यालाई त्यो समस्या सिर्जना गर्ने चेतनाबाट मात्रै कहिल्यै पनि समाधान गर्न सकिँदैन ।' जुन समस्या पैदा हुन्छ त्यसलाई त्यही समस्यामा बसेर हल हुँदैन । हिजो हामीले जुन समस्या पैदा गर्‍यौँ अब त्यही समस्यामा गएर हल गर्न खोज्यौँ भने त्यो हल हुँदैन । त्योभन्दा माथि उठ्नुपर्छ । हाम्रो चेतना त्योभन्दा माथि उठायौँ भने बल्ल त्यो समस्या हल हुन्छ । त्यसैले यो जुन समस्या हामीमा पैदा भयो र अहिले हामी त्योभन्दा माथिको चेतना, मलाई लाग्छ कमरेड अध्यक्षको नेतृत्वमा हाम्रो पार्टीले आप\mनो चेतनालाई माथि उठायो र त्यसको बलमा यसलाई हल गर्‍यो । यो एउटा गौरव गर्नलायक विषय हो । यो प्रक्रियाबाट नगुजि्रएको भए, यस्तो झगडा गर्न नपाएको भए, राम्रै राम्रो भइदिएको भए हुन्थ्यो भन्ने त्यो असाध्यै राम्रो हुन्थ्यो । तर, वास्तविक संसार त हाम्रो इच्छाअनुसार त चल्दैन । भइदिएको भए सुन्दर हुन्थ्यो । माक्र्सर्वादले भनेको के हो भने सत्यहरू सापेक्ष असत्यहरू, गल्तीहरूको क्रममा मात्रै सत्य स्थापित हुन्छ । थुपै्र-थुपै्र गल्ती गरेपछि अन्त्यमा सत्य ।

सापेक्ष सत्यहरू जोडिएर मात्रै निरपेक्ष सत्य बन्छ । त्यो भनेको जोडघटाउको अर्थमा नभएर गुणात्मक अर्थमा । थुपै्र गल्ती गरिसकेपछि अनि यस्तो झिल्को पैदा हुन्छ, त्यसले सत्य बोध गराउँछ भन्ने पनि माक्र्सर्वादी मान्यता हो । माओले भन्नुभएको छ, 'अचाक्ली धेरै गल्ती गरिसकेपछि ती विपरीत मोडमा मोडिन्छन् ।' गल्तीहरूको चाङ लागेपछि बल्ल उज्यालो देख्न थालिन्छ । एउटा चरम सीमामा पुगेपछि वस्तु त विपरीतमा बदलिन्छन् । निषेधको निषेध हुन्छ भन्ने जुन द्वन्द्ववादको प्रयोग हो हाम्रोसामु भएको त्यही हो ।

त्यसैले यसबाट हामी आत्तिनुपर्ने, खिन्न हुनुपर्ने, हारजितको मानसिकता लिनुपर्ने भन्ने पटक्कै लागेको छैन । मुख्य कुरो क्रान्तिलाई फाइदा भयो कि भएन । जुन प्रक्रियाबाट हामी गुजि्रयौँ, हामीले यसलाई व्यक्ति इच्छा, आकांक्षा कसको कति गाली खायो कसले, कसले कसको छाला काडियो भन्ने रूपमा भन्नुभन्दा पनि हाम्रो समग्र अन्तर्संघर्ष, अन्तरविरोधले समग्र विचार, आन्दोलनलाई माथि उठाउन एउटा आधार तयार गर्‍यो कि गरेन ? भन्दा निश्चित रूपमा गर्‍यो । यसैको परिणाम आज हामी यहाँ छौँ । यदि नयाँ क्रमभंगता हुँदैनथ्यो, नयाँ छलाङ मार्दैनथ्यो भने हामी यहाँ हुदैनथ्यौँ । जेसुकै भए पनि परिणाम रामै्र भएको छ । पार्टीले यही ढंगले बुभ\mनुपर्छ र मलाई जतिसुकै कमीकमजोरी भए पनि यहाँ भएका मेरा हुन् आप\mनो ठाउँमा अवश्य स्वीकार गर्नुपर्छ । फेरि पनि हामी सबैले आ-आप\mनो ठाउँबाट बुभ\mने कुरा हुन्छ । जुनखालको यहाँ दस्ताबेज प्रस्तुत भएको छ, त्योभन्दा पहिले यसलाई हल गर्ने जुन नयाँ विधिको यहाँ विकास भएको छ, त्यसले साँच्चै नै मदेखि लिएर हामी सबैलाई रूपान्तरित हुन मद्दत गरेको छ ।

यसैक्रममा विचारको विकास र नेतृत्वको प्रश्न जुन हो, त्यो अति अभिन्न अंगले जोडिँदोरहेछ भन्ने बोध विगतमा नभएको होइन, तर यस्तै हन्डर, ठक्कर खाएर बुद्धि पलाउँछ भन्ने उखान छ । त्यसले यो बीचबाट आउने क्रममा थुपै्र नयाँ अनुभूति, नयाँ चेतना ममा पनि पैदा भएको छ । खासगरी विगतमा नेतृत्वको प्रसंगलाई लिएर संघर्ष केन्दि्रत हुँदै गर्‍यो ।

त्यसमा थुपै्र घटना भएका कुरा र नभएका कुरा ज्ाोडिएर ठूलो भ्रम सिर्जना पनि भयो । यसक्रममा मलाई सुरुमै मैले मन खोलेर भन्नुपर्छ भने यो अन्तरविरोधबाट गुज्रने क्रममा र यसलाई ठीक ढंगले हल गरेर ल्यान्डिङ गराउने क्रममा र नितान्त नयाँ ढंगले सायद लेनिनपछि अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा पार्टीभित्रका अन्तरविरोधलाई हल गर्ने क्रममा जुनखालका त्रुटि भएका थिए जस्तो माओ, स्टालिनका केही कुराहरू रहे । ठीक ढंगले हल गर्न सक्नुभएन भन्नुभयो र उहाँ आफँैले कोसिस गर्दै जानुभो, तर सांस्कृतिक क्रान्ति भो त्यहाँ पनि फेरि केही प्रक्रिया पूरा हुन सकेनन् । त्यसले हामीलाई अन्तरविरोध, पार्टीभित्र पैदा हुने अन्तरविरोध हुन् त्यसलाई ठीक ढंगले हामीले कसरी हल गर्छौं भन्ने विषयमा क्रान्तिकारी पार्टीहरूले हल गर्न सकिरहेका छैनन् । अहिले अन्तर्राष्ट्रिय कम्युनिस्टहरू आत्मगत रूपमा मुख्य समस्या भन्नुहुन्छ भने यसलाई ठीक ढंगले हल गर्न नसक्नुले नै हाम्रा थुपै्र क्रान्तिकारी पार्टीहरू आखिर हाम्रा रिममा आबद्ध भएका पार्टीहरू र अरू थुपै्र कम्युनिस्ट पार्टी अगाडि बढ्न सकिरहेका छैनन् । पोहोर भेट्दा तीनजना थिए, अहिले भेट्दा दुईजना भइरा'छन् । अर्को वर्ष झन्डै एकमात्रै हुनेछ । यस्तै अनगिन्ती चिरा भएको जुन अनुभव हामीसँग छ । त्यो उनीहरू ठीक ढंगले हल गर्न नजानेर, असाध्यै मनोगत ढंगले चिजलाई हल गर्छु भन्ने ढंगले जान खोजे ।

वर्गसंघर्षसँग नजोडिईकन असाध्यै मनोगत, आत्मकेन्दि्रत ढंगले हल गर्न खोज्दा कहीँ पनि हल भएको छैन, धेरैजस्तो ठाउँमा हामी हल भएको देख्न सकेका छैनौँ । त्यो थुपै्र पार्टीहरू दुश्मनको कारणले भन्दा पनि आफ्नै आन्तरिक कारणले विसर्जित भएका अहिले विश्वमा थुपै्र देखिरहेका छौँ । माओपछि हामीले देखिरहेका छौँ । यो स्थितिमा हाम्रो यो अन्तरविरोधलाई यस ढंगले हल गरेर यहाँ ल्याउने क्रममा कमरेड अध्यक्षको नेतृत्वमा हाम्रो पार्टीले जुनखालको भूमिका निर्वाह गर्‍यो त्यो चानचुने विषय होइन । त्यसैले मलाई के अनुभूति भइरहेको छ भने लेनिनपछि ठूलो सांस्कृतिक क्रान्तिपछि कम्युनिस्ट आन्दोलनको विकासमा जुन मौलिकता प्रयोग र विचारको विकासले जुन माग गरिरहेथ्यो हामी प्रचण्डपथ जुन गर्दै आइरहेका छौँ ठूलो आयाम यहाँ थपिन पुगेको छ । यस क्रममा कमरेड अध्यक्षको जुन कुशलता यहाँ देखापर्‍यो त्यसले साँच्चै नै हामीलाई प्रभावित पारेको छ । मलाई साँच्चै नै उहाँप्रति, -यो अति भन्ने भो भने मलाई अलि असच्चोकजस्तो लाग्छ बढी हुन्छ कि घटी हुन्छ भन्ने ढंगले) विगत १५ वर्षसम्म सहकार्य गर्दै आयाँै र उहाँका गुणहरूले असाध्यै प्रभावित पारेको थियो र यसरी उहाँ स्थापित भएर आउनुभएको थियो ।

यसैक्रममा हामीले आपनो ठाउँमा सहयोग गर्ने कोसिस गरिरहेका थियौँ तैपनि वेलाबखतमा हामीमा केही शंका हुने गर्थे । यहाँसम्म आइपुग्दा मलाई अहिले अनुभूति के हुन्छ भने यो अन्तरविरोध यसरी पार्टी एकताबद्ध गरेर लिएर जान सिद्धान्तनिष्ठ र विचारका आधारमा कुनै लेनदेनका आधारमा होइन बिल्कुल नयाँ ढंगले एकजुट भएर सम्पूर्ण रूपले एकढिक्का गरेर विचार र क्रान्तिमा दृढ हुँदै यहाँसम्म लिएर जानेमा यो कुशलताको प्रयोग कमरेड अध्यक्षबाट यसक्रममा भयो । त्यसबाट उहाँप्रतिको सम्मानभाव बढेको छ र सबैले यो क्रेडिट उहाँलाई दिनुपर्छ ।

यो नै मैले अनुभूति गरेको सबैभन्दा महत्त्वपूर्ण अनुभूति हो । केही भूमिका हामी सबैको होलान्, तर जुन डाइनामिजम थियो भीषण ढंगले लड्ने पूरै साथीले गल्ती गर्‍यो भने ठोक्ने फेरि त्योसँग मिलेर पनि जान सक्ने जुन कलाको प्रदर्शन लेनिनले गर्नुभएको थियो, विज्ञान र कलाको ठीक संयोजन उहाँले गर्नुभएको थियो । पछिल्ला चरणमा यसो गर्न नसक्दा जुन नराम्रो हामीले धक्का खानुपरिरहेको थियो, यसको राम्रो नमुना यही हो ।

source:

http://www.nayapatrika.com/last-page/14714-%26%23039%3B%E0%A4%B2%E0%A5%87%E0%A4%A8%E0%A4%BF%E0%A4%A8%E0%A4%9C%E0%A4%B8%E0%A5%8D%E0%A4%A4%E0%A5%88-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%9A%E0%A4%A3%E0%A5%8D%E0%A4%A1%26%23039%3B.html


प्रचण्डले टुंग्याए क्रान्तिप्रक्रिया

प्रचण्डले टुंग्याए क्रान्तिप्रक्रिया

Font size: Decrease font Enlarge font
image

माओवादी, कांग्रेस, एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच सातबुँदे सहमति

६ हजार ५ सयसम्म लडाकुलाई समायोजन गर्ने तथा सेनामातहतको महानिर्देशनालयमा ६५ प्रतिशत सुरक्षा निकायबाट र ३५ प्रतिशत लडाकु रहने

पुनस्र्थापनामा जाने सबैभन्दा माथिल्लो तहका लडाकुलाई ८ लाख, त्यसपछिका तहकालाई क्रमशः ७, ६ र ५ लाख दिइने

बुधबार विशेष समितिको बैठक बसेर पुनर्वर्गीकरण लगायतका कामको कार्यतालिका बनाउने, समायोजन र पुनस्र्थापनामा जाने लडाकुको विभाजन सात दिनभित्र सुरु गरी ७ मंसिरभित्र सम्पन्न गरिने

सुरक्षा निकायको प्रचलित व्यवस्था र हालका अधिकृत र अन्य दर्जाका व्यक्तिहरूको वृत्तिविकासमा नकारात्मक असर नपर्ने गरी दर्जा

निर्धारण गरिने

प्रचण्डको नेतृत्वमा प्रमुख राजनीतिक दलका शीर्ष नेता रहने उच्चस्तरीय राजनीतिक संयन्त्र बन्ने, संयन्त्रले शान्तिप्रक्रिया अनुगमनको विधि बनाउने, संविधान निर्माणमा सहजीकरण गर्ने र राष्ट्रिय सहमतिको सरकारका लागि पहल गर्ने

द्वन्द्वका कारण मारिएका व्यक्तिका परिवार, अपांग र अंगभंग भएका व्यक्तिहरू, बेपत्ताका परिवार, विस्थापित व्यक्ति र परिवार एवं सम्पत्ति नष्ट भएका परिवारलाई न्यायोचित राहत उपलब्ध गराइने, कब्जा सम्पत्ति ७ मंसिरभित्र फिर्ता गरिने

सहमतिप्रति किरणको असहमति

नयाँ पत्रिका

काठमाडौं, १५ कात्तिक

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अनेक जोखिम र अवरोधका बीच पाँच वर्षदेखि थाती रहेको शान्तिप्रक्रियालाई टुंग्याएका छन् । लडाकु समायोजन र पुनस्र्थापनका साथै शान्तिप्रक्रियाका बाँकी काम पूरा गर्न प्रमुख तीन दल माओवादी, कांग्रेस, एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच मंगलबार साँझ सातबुँदे सहमति भएको हो ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार बसेको प्रमुख तीन दलको बैठकले शान्तिप्रक्रियाका बाँकी काम पूरा गर्ने गरी सातबुँदे ऐतिहासिक सहमति गरेका हुन् । मंगलबार बेलुका आठ बजेर ४३ मिनेटमा माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र मधेसी मोर्चाका तर्फबाट फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले सातबुँदे सहमतिमा हस्ताक्षर गरेका थिए । तर, माओवादी उपाध्यक्ष मोहन वैद्य किरणले भने सहमतिप्रति असहमति जनाएका छन् ।

राजनीतिक दलहरूबीच भएको सहमतिले साढे तीन वर्षदेखि जारी संविधान निर्माण प्रक्रियाले समेत गति लिने भएको छ । शान्तिप्रक्रियाका विषयमा आ-आफ्ना अडानमा लचक हुँदै प्रमुख दलहरू व्यक्तिगत आधारमा ६ हजार पाँच सय माओवादी लडाकुलाई सेनामा समायोजन गर्न सहमत भएका छन् ।

सहमतिमा समायोजन हुने लडाकु नेपाली सेनाको महानिर्देशनालयअन्तर्गत रहने उल्लेख छ । साथै, महानिर्देशनालयमा ६५ प्रतिशत सुरक्षा निकायबाट र ३५ प्रतिशत माओवादी रहने उल्लेख छ । महानिर्देशनालयको काम विकास-निर्माण, वन सुरक्षा, औद्योगिक सुरक्षा र विपद् व्यवस्थापन हुने पनि सहमतिपत्रमा उल्लेख छ ।

पुनस्र्थापनामा जाने लडाकुका लागि शिक्षा, तालिम एवं व्यावसायिक अवसरको प्याकेजको विकल्प उपलब्ध गराइने पनि सहमतिमा जनाइएको छ । प्याकेजको स्वरूप भने समयावधि हेरेर ६ देखि नौ लाखसम्म हुने सहमतिपत्रमा उल्लेख छ । तर, नगद रकम लिई स्वेच्छिक अवकाशमा जाने लडाकुका लागि तीन तह निर्धारण गरी पाँचदेखि आठ लाख दिइने भनिएको छ ।

सहमतिपत्रमा भनिएको छ, 'सबैभन्दा माथिल्लो तहका लडाकुलाई आठ लाख एवं त्यसपछिका तहमा रहेकाहरूलाई क्रमशः सात लाख, ६ लाख र पाँच लाख दिइनेछ ।' सो रकम दुई किस्तामा दुई आर्थिक वर्षमा दिइनेछ ।

समायोजन र पुनस्र्थापनामा जाने माओवादी लडाकुको विभाजन सात दिनभित्र सुरु गरी ७ मंसिरभित्र सम्पन्न गरिने दलहरूबीच सहमति भएको छ । समायोजनको प्रक्रिया सुरु भएपछि शिविरमा रहेका सबै हतियार नेपाल सरकारको मातहतमा आउने सहमतिमा उल्लेख छ ।

समायोजनमा जाने माओवादी लडाकुले सम्बन्धित सुरक्षा निकायको मापदण्ड व्यक्तिगत आधारमा पूरा गर्नुपर्ने भनिएको छ । उमेर, शिक्षा र वैवाहिक स्थितिको मापदण्डमा लचकता अपनाउन भने दलहरू सहमत भएका छन् । सहमतिमा भनिएको छ, 'माओवादी सेनाका लडाकुमा भर्ना हुँदाको मितिमा तोकिएको दर्जाका लागि शिक्षामा एक तहसम्म र उमेरमा तीन वर्षसम्मको बढी उमेरमा लचकता अपनाइनेछ ।'

समायोजनमा सामेल लडाकुको दर्जा निर्धारण भने सुरक्षा निकायको मापदण्डअनुसार हुने भएको छ । 'सुरक्षा अंगमा अधिकृत र अन्य दर्जामा समायोजन गर्दा सुरक्षा निकायको प्रचलित व्यवस्था र हालका अधिकृत र अन्य दर्जाका व्यक्तिहरूको वृत्तिविकासमा नकारात्मक असर नपर्ने गरी दर्जा निर्धारण गरिनेछ,' सहमतिपत्रमा उल्लेख छ । तर, सुरक्षा निकायको बि्रजिङ कोर्स र तालिम पूरा गरेपछि मात्र लडाकुले सुरक्षा निकायको तोकिएको जिम्मेवारी पाउनेछन् । बि्रजिङ कोर्स र तालिम सम्बन्धित सुरक्षा निकायले दिने सहमति भएको छ । अनमिनले लडाकु प्रमाणीकरण गरेको मितिलाई आधार मानेर समय निर्धारण गरिने पनि सहमतिमा उल्लेख छ ।

दलहरूबीच द्वन्द्वका कारण मारिएका व्यक्तिका परिवार, अपांग र अंगभंग भएका व्यक्तिहरू, बेपत्ता व्यक्तिका परिवार, विस्थापित व्यक्ति र परिवार एवं सम्पत्ति नष्ट भएका परिवारलाई न्यायोचित राहत उपलब्ध गराइने पनि सहमति भएको छ । राहत-सहयोग वितरणमा कसैलाई भेदभाव नगरी समानताका आधारमा उपलब्ध गराइने प्रतिबद्धता उनीहरूले गरेका छन् ।

विश्वासको वातावरण बनाउन माओवादीको कब्जामा रहेका निजी तथा सार्वजनिक घर, जग्गा सम्बन्धित व्यक्ति र संस्थालाई ७ मंसिरभित्र फिर्ता गराउने सहमति दलहरूबीच भएको छ । कब्जा भएको अवधिको जग्गाको आयस्ताबापत सम्बन्धित व्यक्तिलाई उपयुक्त क्षतिपूर्ति दिइनेमा पनि दलहरू सहमत भएका छन् । कब्जा सम्पत्ति फिर्ताका लागि माओवादीले संस्थागत निर्णयसमेत गर्ने सहमतिमा उल्लेख छ । साथै, कब्जा घरजग्गा फिर्ता भए-नभएकोे अनुगमन स्थानीय प्रशासनले गर्ने भएको छ । तर, विस्तृत शान्तिसम्झौता, अन्तरिम संविधान र वैज्ञानिक भूमिसुधारको मर्म र भावनाअनुसार किसानहरूको अधिकार भने सुरक्षित गरिने सहमतिमा उल्लेख छ ।

त्यस्तै, माओवादीको योङ कम्युनिस्ट लिग (वाइसिएल)को अर्धफौजी संरचना र गतिविधिको अन्त्य गर्ने सहमति भएको छ । वाइसिएलको नियन्त्रणमा रहेका सबै निजी र सार्वजनिक एवं सरकारी भवन तथा जग्गा ७ मंसिरभित्र खाली गर्ने, माओवादीको प्रयोगमा रहेका गाडीहरू पनि ७ मंसिरभित्र नियमित गरिने र नियमित नभएका गाडीहरू सरकारले जफत गर्ने सहमति भएको छ । शिविरमा रहेका गाडीहरू भने नेपाल सरकारको मातहतमा आउने सहमतिपत्रमा उल्लेख छ ।

उच्चस्तरीय राजनीतिक संयन्त्र गठन

शान्तिप्रक्रिया र संविधान निर्माणको कामलाई सार्थक निष्कर्षमा पुर्‍याउन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने र संयन्त्रले शान्तिप्रक्रिया अनुगमनको विधि बनाउने, संविधान निर्माणमा सहजीकरण गर्ने तथा राष्ट्रिय सहमतिको सरकारका लागि पहल गर्नेमा पनि दलहरूबीच सहमति भएको छ । त्यस्तै, संविधान निर्माणको कार्यलाई तीव्रता दिन दलहरूबीच निरन्तर संवादलाई जारी राख्ने पनि उनीहरूले सहमति गरेका छन् ।

राज्यको पुनर्संरचनाका लागि सुझाब लिन विज्ञहरूको टोली गठन गर्ने, एक महिनाभित्र नयाँ संविधानको मस्यौदा निर्माणको काम आरम्भ गर्ने विषयमा पनि दलहरूबीच सहमति भएको छ । माओवादी नेतृत्वको सरकारले नै नयाँ संविधान जारी गर्ने र कांग्रेसको नेतृत्वमा चुनावी सरकार गठन गर्नेमा पनि दलहरूबीच अनौपचारिक सहमति भएको स्रोतको दाबी छ । त्यस्तै, दलहरूबीच सत्यनिरुपण तथा मेलमिलाप आयोग तथा बेपत्ताहरूको छानबिन आयोग सहमतिको आधारमा एक महिनाभित्र गठन गरिने सहमतिमा उल्लेख छ ।

बालुवाटारमा बैठक हुनुअघि दिउँसो होटल र्‍याडिसनमा माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति कोइराला, एमाले अध्यक्ष खनालसहित सहमति जुटाउन गठित कार्यदलका सदस्यहरू वर्षमान पुन, कृष्णप्रसाद सिटौला र भीम रावलसमेतको बैठक बसेको थियो । बैठकले शान्तिप्रक्रियाका बाँकी काम पूरा गर्नेगरी सहमति जुटाएका थियो । सोही सहमतिलाई प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको शीर्ष नेताको बैठकले अन्तिम रूप दिएको हो ।

ऐतिहासिक सहमति

नयाँ पत्रिका

काठमाडौं, १५ कात्तिक

शान्तिप्रक्रियालाई टुंगोमा पुर्‍याउन सातबुँदे सहमति गरेका प्रमुख दलका शीर्ष नेताहरूले जनताको चाहना र भावनाअनुसार ऐतिहासिक सहमति गर्न सफल भएको बताएका छन् । उनीहरूले शान्ति र संविधान निर्माणको काम पूरा गर्न भने अझै धेरै चुनौती रहेको र एकताबद्ध भएर त्यसलाई जनताको चाहनाअनुसार नै पूरा गर्ने प्रतिबद्धता गरेका छन् ।

माओवादी अध्यक्ष प्रचण्डले २ असार ०६३ मा गिरिजाप्रसाद कोइराला र आफूबीच भएको अनौपचारिक सहमतिले मंगलबार सार्थकता पाएको बताए । उनले शान्ति र संविधानप्रतिको जनताको चाहनालाई पछिल्लो सहमतिले साकार पार्ने दाबीसमेत गरे । सहमतिप्रति पार्टीभित्र असहमति भए पनि सहमति कार्यान्वयन हुने बताएका थिए ।

कांग्रेस सभापति सुशील कोइरालाले दलहरूबीचको सहमति ऐतिहासिक भएको उल्लेख गर्दै तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले थालनी गरेको शान्तिप्रक्रियाले सार्थकता पाउन लागेको बताए । मुलुकमा अब अमनचयन कायम हुने दाबी गर्दै उनले भने, 'सहमति कार्यान्वयनको विकल्पै छैन ।'

एमाले अध्यक्ष खनालले पनि सातबुँदे सहमतिलाई ऐतिहासिक सहमतिको संज्ञा दिँदै यसले दूरगामी महत्त्व राख्ने बताए । उनले शान्ति र संविधान निर्माणको प्रक्रिया टुंगो लगाउँदै संवृद्ध नेपाल बनाउने महत्त्वपूर्ण भूमिका सहमतिले खेल्ने धारणा राखे ।

फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदारले मधेसी मोर्चाको सुझबुझपूर्ण कार्यको नतिजास्वरूप वर्तमान सरकार बनेको र सातबुँदे सहमति भएको दाबी गरे । यसबाट संविधान लेखनको ढोका खुलेको पनि बताए । जनताको आशाअनुसार शान्ति र संविधान निर्माण पूरा हुने अवस्थामा पुगेको पनि उनको भनाइ थियो ।


source:

http://www.nayapatrika.com/coverstory/14690-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%9A%E0%A4%A3%E0%A5%8D%E0%A4%A1%E0%A4%B2%E0%A5%87-%E0%A4%9F%E0%A5%81%E0%A4%82%E0%A4%97%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%8F-%E0%A4%95%E0%A5%8D%E0%A4%B0%E0%A4%BE%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%E0%A4%BF%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%95%E0%A5%8D%E0%A4%B0%E0%A4%BF%E0%A4%AF%E0%A4%BE.html


Search and Buy from amazon.com